Skip to content

जुठे माझी


यो खोलासँग जुठे माझीको बर्षौं पुरानो घनिष्ठ नाता छ। शायद यही खोलाको किनारामा उसले ताते-ताते पाइला चाल्न सिकेको होला | आफ्नो जीवनको आधाभन्दा बढी समय यही खोला ओहोर दोहोर मै बितायो। यस बिचमा जुठेले हजारौ लाखौं यात्रीहरूलाई वारीबाट पारी, पारीबाट वारी तारिसकेको छ |

बृद्ध, बिरामी र ठुला धनीमानी मान्छेको आसिसले उसको मन खुसी गदगद हुन्छ र अफ्नु कामप्रति गर्व लाग्छ उसलाई। त्यसो त जुठेको श्रीमती भने पनि यही उसको बाबु बाजेको पालाको जताततै टालेको सिमलको डुंगा मात्र हो। र पनि यसै डुंगाको कमाईले नै आज जुठेले आफ्नी स्वास्नी र छोराछोरी पाल्दै आएको छ। बिहानैको झिसमिसमा आउनु, दिनभरि यही खोलाको वारी-पारी, अनि झमक्क साँझ पारी २/४ वटा माछा लिई घर जानु नै जुठे माझीको दिन चर्या हुने गर्छ। आफ्नी प्यारी स्वास्नीको मयालु र सुशील ब्यवहार अनि प्यारा छोराछोरीको मायाले जुठे माझीलाई आनन्द मिल्छ। साँझ स्वस्नी र छोराछोरीको हँसिलो मुहारले दिनभरिको सारा थकान सबै हराउछ । प्यारी श्रीमतीको न्यानो अंगालोमा बित्ने हरेक रातले अर्को दिनलाई उर्जा दिने गर्छ। यसरी जुठे मझीको जिन्दगी चलिरहेको छ।

सधैं नेताको फुस्रो आस्वासनले वाक दिक्क भएका गाउँले यसपाली भने मख्ख भएका छन्। छिट्टै धमाधम कामहरू सुरु भए र पुलहरू तयार भयो। तर जुठे माझीको मन भने दुखी। सबै मान्छे पुलबाट वारीपारी गर्न थाले। जुठे माझी आफ्नो त्यो पुरानो डुंगालाई किनारमा बाँधेर आफ्नो परिवार सहित कतै टाढा जान्छ। शायद अर्को खोलाको खोजीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *