Skip to content


हाँस्न नसकेको तिम्रो मन
रुन नसकेको तिम्रो मन
पिडाले भरिएको तिम्रो मन
प्रफुल्ल हुन नसकेको तिम्रो मन

आशाबादी हुन नसकेको तिम्रो मन
निराशाबादी भएको मन
बेदनामा छटपटीएको मन
तापमा पिल्सिएको मन

स्वच्छताले आसन जमाउन नसकेको मन
मनबता अटाउन नसकेकाहरुको मन
दानबताले भरीएकाहरुको मन
लुटेराहरुको पापी र कपटी मन

रास्ट्रलाइ घाट गर्नेहरुको मन
जनतालाइ लात हान्नेहरुको मन
बिदेशीको इशारामा नाच्न खोज्नेहरुको मन
पापैपापले भरिएकाहरुको मन

अशान्तिले उज्यालिन नसकेको मन
बिपत्तिले चम्किन नसकेको सन्ततिको मन
एकिकृत हुन खोज्ने निस्वार्थी हरुको मन
केहिगर भन्छ दीन दुखीहरुको मन

सिताराम राई
हेटौडा ६ चौघडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *