Skip to content

तिमी, म अनि हाम्री आमा


म पनि त्यही सामान्य मानिस हुँ
चोट पर्दा आँसु बग्छ आँखाबाट
पीडाले मुटु दुख्छ आनयास
खुशीको अनुभूति पनि गरेको छ यो मनले
आफ्नो देशको गौरब गाथाको बखान सुन्दा
प्रसन्नता छाएको छ मुहारमा
आमाको आँखा टिलपिल गर्दा
म डाँको छोडी रोएको छु
धर्तीको माटो रंगिन हुँदा
शान्तिको कारुणिक चित्कार सुनेको छु
तमासेको भीडबाट आफ्नो जातिको खिल्ली उँड्दा
जलन भएको छ भित्रभित्रै
मलाई लाग्छ,
तिमीले पनि यो जलनको महसुस गरेको हुनुपर्छ
आमाको छातीमाथि बज्रपात हुँदा
तिमी पनि भकानिएर रोएको हुनुपर्छ
आफ्नो परिवारबिच नै फाटो पर्दा
घरभित्र नै असुरक्षित महसुस गरेको हुनुपर्दछ
आफन्तहरू नै बेवारिसे लाश भएको देख्दा
तिमी पनि निस्कृय भै लडेको हुनुपर्दछ
हो,
म पनि त्यही सोचिरहेछु
जो तिमीले भोगिरहेछौ
म पनि निस्कृय भएको छु
उज्यालो पछ्याउँदै पछ्याउँदै
अन्धकारमय खाडलमा पुर्दैछन् हाम्री आमालाई
आफ्ना भन्नेहरूले नै धोका दिई
बेच्दै छन् हाम्री आमालाई
अनि, आ-आफ्नो स्वार्थको लागि
लडाउन खोज्दै छन् हामीलाई
त्यसैले हामी चनाखो हुनुपर्दछ
लाचार भई बस्नु हुदैन अब
तिमी उठ म पनि उठाउछु आफन्तलाई
एकजुट भै बचाउनु छ हाम्री आमालाई
निकाल्नु छ त्यो आन्धकारमय खाडलबाट
अनि मुक्ति दिलाउनु छ,
यो कोलाहलमय बातावरणबाट
निकास पहिलाउनु छ अनन्त सम्मको

तपाइको आफ्नै
भावना

5 thoughts on “तिमी, म अनि हाम्री आमा”

  1. भवानी जी नमस्कार, मैले तपाइको
    भवानी जी नमस्कार, मैले तपाइको कविता पढे र केहि सब्दहरु नलेखी बस्नै सकिन

    म पनि तिमि जस्तै गरिब मानिस हु
    त्यसैले म आफनो भोख मेट्न
    म मेरी आमालाई भोकै राखन सक्दिन
    अरुका सामु सम्पन्न छु भनेर देखाउनका लागि
    म मेरी आमालाई बेच्न सक्दिन

    भोक भोकै मर्न सक्छु
    नाङ्गो रहेर बाच्न सक्छु
    खुला आकाश मुनि निदाउन सक्छु
    बिपन्न जिन्दगि जिउन सक्छु
    म मेरी आमालाई बेच्न सक्दिन………………………………………..
    सिताराम राई

  2. भवानी जी नमस्कार, मैले तपाइको
    भवानी जी नमस्कार, मैले तपाइको कविता पढे र केहि सब्दहरु नलेखी बस्नै सकिन

    म पनि तिमि जस्तै गरिब मानिस हु
    त्यसैले म आफनो भोख मेट्न
    म मेरी आमालाई भोकै राखन सक्दिन
    अरुका सामु सम्पन्न छु भनेर देखाउनका लागि
    म मेरी आमालाई बेच्न सक्दिन

    भोक भोकै मर्न सक्छु
    नाङ्गो रहेर बाच्न सक्छु
    खुला आकाश मुनि निदाउन सक्छु
    बिपन्न जिन्दगि जिउन सक्छु
    म मेरी आमालाई बेच्न सक्दिन
    सिताराम राई

    1. नाता जान्नेहरु
      देश भुजने

      नाता जान्नेहरु
      देश भुजने हरु
      आकाश ओदेर निदाउन सक्छन
      भोकै पनी बाँचन सक्छन
      आमालाई रगत चाहीयो भने
      शरिर कातेर दिन सक्छन
      छोरा हुँ भनी जान्नेहरु
      आमा अर्थात देश कहिल्य बेच्दैन्न..
      तर बिदम्बना……..

  3. म पनि त्यही सामान्य मानिस
    म पनि त्यही सामान्य मानिस हुँ
    चोट पर्दा आँसु बग्छ आँखाबाट
    पीडाले मुटु दुख्छ आनयास
    खुशीको अनुभूति पनि गरेको छ यो मनले
    आफ्नो देशको गौरब गाथाको बखान सुन्दा
    प्रसन्नता छाएको छ मुहारमा
    आमाको आँखा टिलपिल गर्दा
    म डाँको छोडी रोएको छु

    marmik shabdako chayan ….. keep it up..

Leave a Reply

Your email address will not be published. Required fields are marked *