बिसौनीको अभाव

पोखेर मनका भावनाहरू
म शान्त्वनाको संघार टेक्न चाहन्थेँ
त र बिवश .........,
आजभोलि भावना पोखिने
ठाउँ नै कहाँ छ र ?
जो कसैले सजिलै पाउन
समर्थ बन्छन ।
भावना बोकेर भड्किएका आत्माहरू
धेरै धेरै छन यहाँ,
अनि त कस्ले कस्को सुनिदियोस
भावनाका लस्करहरू ?
कोही लुटिएको अस्मिताको
दुखेसोरुपी भावनाले बिक्षिप्त छन,
कोही बिछोडिएको परिवारको
बिरहको पीडामा असक्त छन,
कोही बिधुवाको अधुरो रहरमा
बिह्वल छन,
कोही टुहुरोपनको भोगाइमा
दुखित छन,
हो... यस्तै, यस्तै पीडादायी
भावनाका लस्करहरूको भीड छन यहाँ ।
त्यसैले हामी सबै बिवश छौ
भावनालाई मनको कठ्घरामा कैद गर्न
अनी म, ऊ, तिमी, हामी सबै
पीडादायी भावनाको बोझले थकित छौ
बिसौनीको अभावमा ..................

(अमेरिका )

Post new comment

  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
तलका शब्दहरु टाइप गर्नुहोस्।
Image CAPTCHA
Enter the characters shown in the image.