Skip to content


२०१० को शर्णिमा नयाँ बर्षको आगमनमा सम्पुर्ण कलम प्रेमीहरू अर्थात साहित्य अनुरागीहरूलाई मंगलमय शुभकामना !!! साथै गोरा र गोरी, काले र काली साहित्य अनुरागीहरूले मेरो अन्तरभावनाको कोशेली स्वरुप कालु स्वीकार गरी दिनुस ।

कसैसँग नडराउने निदर कालुको कलम
कसैसँग नझुक्ने स्वाभिमानी कालुको कलम
झुटो बोल्न नजान्ने निर्दोष कालुको कलम
सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम
यति मात्रै हैन ! कालुको कलम

सधैं देश र राष्टप्रतिको जिम्मेवारबोध
सधैं नेपाल आमाप्रतिको कर्तब्यबोध
साँझा चिन्तनको भारी बोकी उकालीतिर लम्केको
सबैलाई आद र आधार दिएर ओह्रालीतिर झरेको
सबैलाई सूचना र सन्देश दिएर भञ्याङतिर तरेको
सबैलाई हौशला र प्रेरणा दिएर धुम्तीतिर सरेको
साच्चै ! मेरो कालुको कलम

जस्तै आपट र बिपटमा पनि स्थीर
जस्तै हाँसो र खुसीमा पनि गम्भीर
चुनामी र भुकम्पले हल्लाउन नसक्ने
आँधी र टुफानले बगाउन नसक्ने
कसैले काट्न र जलाउन नमिल्ने
कसैले धाट्न र साट्न नमिल्ने
कसैले चोर्न र फोर्न नमिलने
त्यसैले ! अपरम्पार कालुको कलम

दुःखीहरूको घाउमा अचुक मलम बनोस
गरिबहरूको झुपडीमा अपार राहत बनोस
पापीहरूको बिरुद्धमा मुटुको सुल बनोस
दयालुहरूको पक्षमा सुरक्षाको झुल बनोस
अत्याचारीको टुपीमा तिखो त्रिसुल बनोस
ब्रमचारीको दिलमा मिठो बिकुल बनोस
कामना छ, सफलताको शिखर चुमोस
म मरे गए पनि अतल र अमर रहोस
मेरो का….लु…को कलम

3 thoughts on “कालुको कलम”

  1. अन्तर आत्मा बाटै निक्लिएका
    अन्तर आत्मा बाटै निक्लिएका शब्द, कालुको कलम नामक शुभकामना सम्पुर्ण कलम प्रेमी साथीहरुलाई दिनु भएको सन्देश धेरै राम्रो साथै
    अती निडर भावनाले ओत्प्रोत छ। खुशी लाग्यो छक्कु उदासीजी। यहाँलाई पनि हार्दिक मंगलमय शुभकामना मेरो तर्फबाट स्वीकार गर्नु होला।
    धन्यवाद शुभदिन!
    गीता थापा (दोषी)

    israel

  2. Ramro lagyo कालुको
    Ramro lagyo कालुको कलम………………!!

    कसैसँग नडराउने निदर कालुको कलम
    कसैसँग नझुक्ने स्वाभिमानी कालुको कलम
    झुटो बोल्न नजान्ने निर्दोष कालुको कलम
    सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम
    यति मात्रै हैन ! कालुको कलम

Leave a Reply

Your email address will not be published. Required fields are marked *