Skip to content


देश खोज्दै गरेकी छोरी
देश देखाउँदै गरेको म

समयको विषुवत् रेखामा उभिएर
हेरिरहेछु देश, छोरी, जीवन र बाटो ।
भन्थें-
जीवन आफैंमा प्रयोग हो
तर म निरन्तरको प्रयोग र परीक्षणमा
मभित्रकै मान्छेबाट पराजित छु ।
कसैले नसोध मलाई, म को हुँ –
तर म समयहीन समय भएको छु ।
आज जीवनको एउटा किनारामा उभिएर हेरिरहेछु-
बिदाइ भएका बाटाहरू
बिदाइ भएका दृश्यहरू
बिदाइ भएका जीवनहरू ।
प्रत्येक दिनजसो सूर्यास्तका किरणहरू हेर्छु र एउटा महान् दिनको प्रस्थान भएझैँ लाग्छ

स्मृतिहरू सम्हाल्न खोज्छु/तर सक्तिनँ
कहीँ-कतै नपुगिने बाटो हिँडिएछ
आफ्नै स्वत्वमा घाइते भएर ।
परदेशमा दर्ुघटनाग्रस्त भएर
आफ्नै स्वाभिमानसग
आफ्नै पहिचानसग ।
अब फर्किंदैनन् ती दिनहरू
नफर्किने ती दिनहरूलाई सलाम
म जहाँजहाँ पुगेँ
मैले जहाँजहाँ टेकेँ
ती बाटाहरूलाई पनि सलाम
म त सगरमाथाको बासिन्दा
समयसँग हारेर पनि
परदेशमा देशको याद बाँचिरहेँ ।
तर उनीहरू जो फर्केनन््
देश खोज्दै
जस्तै चुत्थै देश भए पनि
आफ्नै देश ।

नेपाल साप्ताहिक १२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *