थाहा थियो मैले पिउदिन बोतल किन थमाएर गयौ
सम्झौता को सङ्हार मा लगी आज सराबी बनएर गयौ
पहिलो चोटि भएर शायद अली धेरै बिहोश भएछु
मलाई हेरी तिमी शायद भित्र भित्रै रमाएर गयौ
मेरो मायालाई खुब उडायौरे गाउ गाउ गल्ली गल्ली
मिलनका घुम्तिमा गरेका प्रतिज्ञा आँफै चबाएर गयौ
धोकामा कसरी परेउ तिमी त्त्यो त सराबको नाश थियो
दोबाटोमा अलपत्र छोडी अर्कैको हात समाएर गयौ
दुर्भाग्य मेरो यो थियो की म आफु सक्कली लास थिईन
ती नक्कली आँशु बगाउदै म माथि फूल खनाएर गयौ
के “अमरदीप”
हाल दुबइ
