मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
समाज सुधारक मंगलमान
kbs — Tue, 12/29/2009 - 21:00
आक्कल-झुक्कल राजनीतिक घटनाक्रममा सामेल भएर फेर िआफ्नै व्यक्तिगत जीवनमा फर्किएकाहरूको सधैँ एउटै गुनासो सुनिन्छ, 'मलाई पार्टीले हेरेन, केही गर्दै गरेन ।' त्यो जायज होइन । किनभने, राजनीतिमै जीवनका अमूल्य समय बिताएका र अहिले एक किसिमको अवकाशप्राप्त जीवन बिताइरहेकाहरूको अवस्था भिन्न छ । राज्यले उनीहरूका निम्ति केही न केही गरेकै छ । चाहे त्यो राजनीतिक पीडितहरूका नाममा उपलब्ध गराएको तीन/तीन बिघा जग्गा होस् या अन्य आर्थिक सहायता । त्यसैले राज्यले उपलब्ध गराएको त्यही सहयोगले दुई छाक खान उनीहरू भौँतारनिुपर्ने अवस्था छैन । तर, फाटफुट राजनीतिक घटनाक्रममा सामेल भएर फेर िआफ्नै जीवनमा फर्किएकाहरूको सन्दर्भ भने भिन्न छ । त्यसैले आजीवन राजनीतिक आन्दोलनमा लाग्ने र आक्कल-झुक्कल घटनाक्रममा सामेल हुने व्यक्तिलाई एउटै डालोमा राखेर मिसमास पार्नु उपयुक्त हुँदैन ।
राजनीतिमै लागेर सबै कुरा गुमाएकाहरू नभएका होइनन् । तर, उनीहरू गुनासो गरेर हिँडेको पाइँदैन । किनभने, उनीहरू व्यक्तिगत सुखसुविधा र लाभका निम्ति राजनीतिमा लागेका थिएनन् । समाज बनाउने र समाजलाई असल कुरा दिने अभिप्रायले राजनीतिमा लागेकाले त्यस्तो कुरा गरेको पाइँदैन । त्यसैले राजनीतिमा लागेका मानिसहरूका बारेमा धारणा बनाउँदा अलिक पृथक् ढंगले सोच्नुपर्छ । राजनीतिमा लाग्दा त्यस्ता केही व्यक्तिहरूसँग सम्पर्क र सम्बन्ध रह्यो, जसले जीवनमा केही पाएनन् र मृत्युपश्चात् पनि उनीहरू सम्झनायोग्य मानिएनन् । त्यही पंक्तिका एक व्यक्ति थिए, मंगलमान प्रधान ।
विसं २००४ मा मंगलमान समाज सुधारक भएर राजनीतिक आन्दोलनमा होमिए । र, सुरुमा उनी हरजिन समुदायको सुधारमा लागे । उनी राजनीतिमा आउनुपूर्व उनका दाजु जुजुमानलाई सोही अभियोगमा राणा सरकारले कोर्टमार्सल गरी १२ वर्षको काराबास सजाय सुनाएको थियो । त्यसले पनि उनलाई राजनीतिमा आउन प्रेरति गर्यो ।
००७ सालतिर सिद्धिचरण श्रेष्ठले जुराइदिएको ज्योत्स्ना स्कुल आफ्नै काकाको घरमा खोलेर मंगलमान हरजिन समुदायमा शिक्षाको उज्यालो पुर्याउने अभियानमा सरकि भएका थिए । त्यस काममा उनलाई महावीर स्कुल खोल्दा सर्वस्वसहित आजन्म काराबासको सजाय पाएका चिनियाँलाल (जसको जेलमै मृत्यु भयो)का भाइ मदनलोचन र मैले सक्दो सहयोग पुर्यायौँ । त्यसै गरी, हरजिनका लागि उनले पोडेटोलमा पनि स्कुल खोले । त्यहाँ साँघुरो भएपछि त्यो स्कुल पछि दरबार स्कुलमा सञ्चालन गरएिको थियो ।
मंगलमान आन्दोलनका हरेक मोर्चामा अघि हुन्थे र पक्राउ पर्थे । ००७ सालको घटना हो । हामी जेलभित्र हाँसोठट्टा गर्दै थियौँ । त्यस्तैमा कोही 'म त दुईपटक जेल परेँ' भन्थे भने कोही 'म चारपटक परेँ' भन्थे । तर, मंगलमानको भने अवस्था भिन्न थियो । उनी भन्थे, "योसहित म त सातपटक जेल परेँ ।"
०१२ सालमा मन्दिर प्रवेशको आन्दोलन चल्यो । पशुपतिनाथको मन्दिरमा हरजिनले पनि प्रवेश पाउनुपर्छ भनेर मंगलमानले नै अभियान चलाए । त्यसक्रममा उनी फेर िपक्राउ परे । त्यसबेला भारतीय पत्रिका संसारले हरजिनका नेता मंगलमानको गिरफ्तारी र उनको अभियानका बारेमा समाचार प्रकाशित गरेको थियो । त्यसताका उनले हरजिनका नेताका रूपमा पनि आफ्नो चिनारी बनाएका थिए ।
उनले ०१५ सालमा गणेशमान सिंहका विरुद्ध काठमाडौँबाट स्वतन्त्र उम्मेदवारी दिए । स्वतन्त्र उम्मेदवारप्रतिको गणेशमानको टिप्पणीलाई लिएर त्यसबेला रमाइलो भनाभन पनि चल्यो । तर, पछि खै के सोचेर हो मंगलमानले आफ्नो उम्मेदवारी फिर्ता लिए । ०१७ सालमा उनी तत्कालीन युवराज वीरेन्द्रको अपहरण योजना बनाएको अभियोगमा फेर िगिरफ्तारीमा परे । जेलभित्र उनलाई टन्न रक्सी ख्वाएर खूब पिटियो र त्यस योजनाको गुप्ती कुरा खोल्न लगाइयो । तर, मंगलमानले कुनै कुरा खोलेनन् । बरु चर्को यातना र पीडाका कारण थला परे । यसैबीच, उनकी आमा र एक बहिनीको झाडापखालाका कारण मृत्यु भयो । स-साना भाइ र बुबा मात्र बाँकी रहे । दाजु जेलमै थिए ।
राजनीतिक रूपमा मंगलमान के कुरामा विश्वस्त थिए भने राणा शाहीको अन्त्य र प्रजातन्त्रको विकास नभई समाज सुधार हुँदैन । यसै क्रममा राणाविरोधी आन्दोलन र जुलुसमा सामेल हुने क्रममा उनी पटक-पटक पक्राउ परे । त्यसबेला उनी 'जेलबर्ड' अर्थात् सधँै जेल गइरहने व्यक्तिका रूपमा परििचत थिए । ३६ वर्षको युवा अवस्थामा जेलबाट छुट्न पुगेका उनी जल ग्रह रोगले ०१८ पुसमा यस धर्तीबाट सधैँका लागि बिदा भए ।
मंगलमान थला पर्दा मात्र होइन, उनको मृत्यु हुँदा पनि दाजुभाइ, आफन्त, इष्टमित्र, घरछिमेकी, गुठीयारसमेत कोही आएनन् । समाजले कुनै वास्ता गरेन । उनका वृद्ध पितालाई यसले ठूलो चोट पर्यो । सहानुभूति प्रकट गर्लान् भनेर सोचेका व्यक्तिहरू पनि बाटामा तर्केर हिँड्न थाले । चेतनशील भनिने समाज, खासगरी उनीसँग आन्दोलन र जेलमा सँगै रहने मित्रहरूले पनि उनको खासै खोजखबर गरेनन् । मलाई दुःख त्यसैमा लाग्छ । तर, त्यो देखेर युगकवि सिद्धिचरण श्रेष्ठको मन रसायो । उनले मंगलमानकै नाममा खण्डकाव्य लेखे, मंगलमान । खण्डकाव्यमा कविले मंगलमानका वृद्ध पिताको पीडा यसरी पोखेका छन्:
गुठीयार, नातागोता कोही पनि छैनन्, वैतरणी तारििदने पुरेत पनि छैनन् ।
कस्तो पापी संसार यो मेरो छोरो मर्यो, वास्ता गर्ने कोही छैनन् यौटा फूल झर्यो ।
जसले आफ्नो घरखेत, गोठ केही भनेन, स्वदेशको काम गर्यो तर केही मागेन ।
आज उही स्वर्गे हुँदा देशै चूपचाप, यस्तो गर्दा सबैलाई लाग्दैन र पाप !
हो, यस्ता व्यक्ति जो समाज परविर्तनका निम्ति लड्दालड्दै मृत्युवरण गर्न पुगे, तिनीहरूका कथाव्यथा र दुःखदर्दबारे गुनासो गर्नु स्वाभाविक हो । लामो समय राजनीतिमा बिताएका हामीहरूले आफ्नाबारेमा भन्दा पनि राजनीतिमा लागेर केही लिन नमान्ने र साँच्चै दुःख पाएका त्यस्ता व्यक्तिहरूका बारेमा गुनासो गर्नुपर्छ । राजनीतिक पीडितका नाममा वितरण गरएिको कुनै पनि सुविधा लिन नमान्ने मंगलमानजस्ता व्यक्तिका बारेमा समाजले सोच्नुपर्दैन र ?
- 1379 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
20 hours 58 min ago - शब्द र भाव राम्ररी मिलाउनु
23 hours 15 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 16 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 19 hours ago - एकदम सान्दर्भिक
1 day 23 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 2 hours ago - भुगोल ले नछेकेको माया
6 days 22 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 26 min ago - सधा झै उत्कृष्ट रचना
1 week 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- पाँच सेन्र्यू
- नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण
- सम्झना : गोविन्दबहादुर गोठाले
- लोकतन्त्रको परिभाषा
- फुटकर कविता
- सङ्क्रमणकाल
- लसुन
- अनि पो बन्छ समृद्ध देश
- नेपाली आत्मपरक निबन्धको विश्लेषण
- यो साँझा यो रात
- तीन मुक्तक (हात देखाई, सधैं आउने जाने, मन्द मुस्कान छरी)
- ऊ र उसको सहर
- माया कति सुन्दर हुन्छ गरेपछि थाहा होला
- नेपाल
- तिम्रो मुस्कानको सुगन्ध
- उड्छ सिमल भुवा बनी
- बालुवामा गाडीले चटकी देखाउँदा
- विरताको चिनो वीरको सन्तान
- लेख्नेहरूको कथा
- अवस्था
- श्याम आशाका लघुकथामा एक दृष्टि
- "नाना आङा छोर्तोजी"
- ईश्वरलाई सुझाव
- तीन हाइकु
- बर्षा र आँशु
- पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक एवं सम्मान कार्यक्रम बारेमा सूचना
- प्रेम
- सायद जिन्दगीको परिभाषा
- सहारा मलाई उसको
- चन्द्रे
Post new comment