Skip to content

वैस निख्रिननिख्रिन लागे तापनि रूप र लावण्यले मलाई छाडिसकेको छैन भन्ने मलाई राम्रैस“ग थाहा थियो । पहिलोपटक मलाई देख्ने जोकोहीलाई पनि ‘प्लस टु’ मा पढ्ने दर्ुइ छोराछोरीकी आमा भनेर अड्कल काट्न हम्मेहम्मे पर्छ । त्यसैले पनि हुनसक्छ, मभित्र सधै“सधै“ एउटी चञ्चले युवती मडारिरहन्छे, मेरो कानमा साउती गर्छर्ेेयौवनका तुफान र लहरयुक्त कुराकानी गरेर ऊ मेरा रहरहरूको बेलुनमा हावा भर्छर्ेे अनि त्यो बेलुन बादलमा उड्न थालेपछि बढ्छ मेरो छटपटी र झलझली सम्भिmन्छु म आश्रयलाई । उसले र मैले लगातार तीन वर्षन्दा बढी समय स“गै बिताउन पाएना“ै । मायाले मात्र खान र लाउन नपुगेपछि ऊ देश छाडेर विदेशियो । १८ वर्षो अवधिमा ऊ जम्माजम्मी चार-पा“च पटक मात्र नेपाल आयो होला । त्यो पनि ज्यादै थोरै समयका लागि मात्र ।

यौवनका रहरहरू लहर बनेर अर्लिरहेको बेलामा आश्रय नभएपछि एक्लैएक्लै छटपटिनुबाहेक मस“ग अर्को विकल्प थिएन । अरूका मायालु-स्नेहालु युगल जोडीहरू हेरेर घुटुक्क थुक निल्नुबाहेक मेरो सामर्थ्यमा अरू केही थिएन । कतिकति जून फुलेका रातहरू, फूल मगमगाएका दिनहरू र चाहना उर्लिएका वेगवान् पलहरूलाई मैले तकिया च्यापेर रु“दैरु“दै बिताए“ । तर, मेरो तातो आ“सुको कुनै मोल थिएन, रहरको कोही पारखी थिएन, लहरको किनारा थिएन । थिए“ त म केवल अतृप्त लहर, जसको किनारा भेट्टाउने रहरको कुनै अन्त्य थिएन, सीमा थिएन । सुनाखरीजस्तो वै“स, लालीगुरा“सजस्तो रहर र जूनजस्तो पलहरू र्व्यर्थर्व्यर्थ मूल्यहीन पीडाबोधले पीडित भएर मैले आश्रयलाई पत्र लेख“े, “आश्रय † रुपिया“ पैसाले आजसम्म कसलाई पुगेको छ र अब त घर र्फक, मीठो भए पनि नमीठो भए पनि, सुख भए पनि दुःख भए पनि स“गै बसेर झेलु“ला जिन्दगीलाई । नानीहरूको मीठो बोली सुन्दै जिन्दगीका अप्ठ्यारा ज“घारहरू तरौ“ला † तिमी त्यहा“, म यहा“-मूल्यहीन पग्लिरहेछ हाम्रो दाम्पत्य जीवनको गजुर पानी गलेसरि । सुन-चा“दीभन्दा, हिरामोतीभन्दा मह“गा-अनमोल यी वै“सालु पलहरूलाई पैसाको प्रलोभनले महत्त्वहीन नबनाऊ, आश्रय आऊ, यस ह्ृदयले, शरीरका रोमरोमले तिमीलाई पुकारिरहेछ, आश्रय † आऊ आश्रय … आऊ आश्रय … आऊ आश्रय …

तर, अह“ आश्रय फर्किएन । उसले मेरो बिन्ती र पुकारलाई पटक्कै सुनेन, अलिकत्ति पनि टेरेन । छोराछोरीको भविष्यका लागि अझ जोगाड गर्नुपर्छ भनेर ऊ फकिएन । आश्रयलाई पखिर्ंदापखिर्ंदा समय छोराछोरीको उमेरस“गस“गै हलक्क हर्ुर्किएको पत्तै भएन । छोरो १० कक्षामा उक्लिएपछि पो म न्रि्राबाट ब्यू“झिए“ । चालै नपाई घरक्क समय र्घर्किएको बोध भयो मलाई । अहो † मेरो वै“स, मेरो जवानी, मेरो रूप, मेरो लावण्य, मेरा चाहनाहरू त स्नेह र वात्सल्य बनेर छोराछोरीमाथि पोखि“दापोखि“दै समयले त मलाई पो पछाडि धकेलिसकेछ । धेरै आर्श्चर्य † समय व्यर्थै बित्नुको चर्को पीडालाई बलैले सहेर छोराछोरीको पढाइ राम्रो होस् भन्ने मनसायले मैले दुवैलाई बोर्डस गरिदिए“ ।

चारतले घरको बहाल र आश्रयले पठाइरहेको पैसाले गर्दा अभाव अरू कुराको थिएन । मेरो जीवनमा अभाव थियो त केवल आश्रयको, आश्रयको मायाको, आश्रयको न्यानो र बलियो अ“गालोको । खाली घर भर्न दिनैजसो घरमा पार्टर्ीीलेकै हुन्थ्यो । यसै क्रममा सम्पर्ूण्ास“ग परिचय भयो । हाम्रँे परिचय बढेर मित्रतामा पुग्यो । मित्रता पनि झ्या“गिएर सम्पर्ूण्ाले कहिले मेरो जीवनमा आश्रयको स्थान ओगट्यो मैले चालै पाइन । ऊ मप्रति भन्दा पनि म ऊप्रति बढी आशक्त थिए“ कि जस्तो लाग्छ मलाई । उसको पौरुषोचित सौर्न्दर्य, सुगठित शारीरिक अवयव र मर्दपनमा म आकण्ठ डुबे । उसको हा“सो र अ“गालोमा मैले मेरो सपनाको राजकुमार भेटेे“ । आश्रयको अभावमा झेल्नुपरेको चिसा रातहरूको पर्ूर्ति म एकै रातमा सम्पर्ूण्ाबाट प्राप्त गर्न चाहन्थे । त्यसका लागि मैले उसैका लागि भनेर तन, मन र धनको ढोका निर्धक्क र उदारतापर्ूवक खोलिदिए“ ।

मेरो मनमा बस्न, तनस“ग खेल्न र धनको उपयोग गर्न सम्पर्ूण्ालाई कुनै रोकटोक थिएन । आफ्नो भरभराउ“दो जवानीलाई प्रतीक्ष्ँामै ओइलाइसकेता पनि यौवनको प्यास मेरो छातीमा अतृप्त आत्मा बनेर अल्भिmरहेको थियो । त्यसैले सम्पर्ूण्ाको चौडा छातीमा टा“सिएर र ऊस“ग जन्मजन्मान्तरका लागि एकाकार भएर म आफ्नो वै“स, चाहना र तुफानलाई सेलाउन चाहन्थे । सत्ते † सत्ते † मैले ढा“टेकी हैन, उसको अ“गालोमा नशा थियो, नारीलाई आफूतिर तान्ने चुम्बक थियो । तानिसकेपछि थिलथिलो बनाउन सक्ने पुरुषत्व पनि थियो । ममै आएर सम्पर्ूण्ाले आफ्नो ब्रह्मचार्य तोडेकोले ऊ … अनि … अनि … अनि … शक्तिवान् पनि थियो । त्यसैमा अडिएको थियो मेरो एकमुठी प्राण सम्पर्ूण्ाको त्यही खुबीमा म हुरुक्क भएकी थिए“, लोभिएकी थिए“ । सम्पर्ूण्ा † मेरो आशक्ति, मेरो हातबाट छुट्ला कि भनेर म उसलाई सधै“ आफूनजिक राख्न र खुसी राख्न चाहन्थे“ ।

“कामिनीदी एउटा गीति एल्बम निकाल्ने विचार छ । मलाई मद्दत गर्नुस् है … ।” मिलेका बत्तीसै दन्त खोलेर सम्पर्ूण्ाले आग्रह गरेपछि मैले नाइ“ भन्नै सकिन“ । सङ्गीतकारस“गको भेटघाट, गीतकारस“गको भेटघाट, कहिले यो स्टुडियो त कहिले त्यो स्टुडियोमा पुग्दापुग्दै मैले आफ्ना नानीहरूलाई समेत नभेटेको पनि महिना“ै हुन्थ्यो । नानीहरूको फोन आएपछि पो झसङ्ग भएर आत्ति“दै म उनीहरूको स्कुल पुगेर केही क्षण उनीहरूस“ग बिताएर हतारि“दै फेरि सम्पर्ूण्ा भएको ठाउ“मा आइपुग्थे“ र हतारहतार उसको अ“गालोभित्र घुस्रिन्थे“ । मलाई डर थियो, जवानीको घाम अस्ताउने बेलामा हात लागेको यो सुनचरीजस्तो खाइलाग्दो तन्नेरी मेरो हातबाट उम्कियो भने मेरो मन मैले कहा“ लगेर बिसाउनू – एक्लैएक्लै उदास उदास बित्ने दिन र सिरानीमा आ“सुका फूलहरू उम्रिने चिसो रातबाट म कसरी बच्नू – त्यसैले सम्पर्ूण्ाको जन्मदिनमा मैले उसलाई एउटा सुन्दर फ्ल्याट र एउटा मोटरबाइक उपहार दिए“ । ऊ हृदयदेखि नै प्रफुल्ल भयो । उसको मुखाकृतिले यही भनिरहेको थियो । उसलाई प्रफुल्ल देख्न पाउ“दा मेरो मन पनि प्रफुल्ल भयो । सम्पर्ूण्ाको जन्मदिनको रातमा रातभरि उसले मलाई तृप्त होउञ्जेल त्यही कुरा दिइरह्यो, जुन कुरा मैले जीवनभरि आश्रयबाट पाउने चाहना राखेकी थिए“ । त्यस रातरातभरि म बादलुमा उड्दै चन्द्रमामा बसेर जवानीको दूधले नुहाइरहे“ ।

“सम्पू † तिमीबाहेक मेरो मन अड्याउने अर्को कुनै ठाउ“ छैन । त्यसैले मेरो मन कहिल्यै नदुखाऊ है ।” सम्पर्ूण्ाको अ“गालोमा बेरिएर मैले ऊस“ग अनुरोध हैन याचना गरिरहेकी थिए“ । प्रत्युत्तरमा ऊबाट बलियो, गाढा, बाक्लो अनि रसिलो माया पाएर म लट्ठि“दै नीलगगनमा हराउ“दै गए“ ।

सम्पर्ूण्ाको गीति एल्बम बजारमा आयो । ऊ रातारात चर्चित ‘स्टार’ गायक पनि भयो । सम्पर्ूण्ाप्रतिको आशक्तिले गर्दा मेरो मनबाट आश्रयको झझल्कोमा छाया“ परेछ । किनभने आजभोलि मलाई आश्रयको इ-मेल हर्ेर्ने हतार हु“दैन, अझ भनू“ फर्ुसद नै हु“दैन भन्दा पनि हुन्छ । नानीहरूलाई भेट्ने उत्सुकतासमेत ओझेलमा पर्दा म आफ“ै आर्श्यचकित हुन्छु । छोराले प्रवेशिका उत्तर्ीण्ा गर्दा पनि मैले उसको मन राख्न मात्र सानो पार्टर्ीीदए“ र कलेज लाग्नेबित्तिकै फेरि उसलाई होस्टेलमै पुर्‍याइदिए“ । छोराछोरीलाई होस्टलमा छाडेपछि म उनीहरूबाट निश्चिन्त थिए“ । तर, म अनिश्चित र भयातुर थिए“ सम्पर्ूण्ाबाट । किनभने ऊबाट म कहिल्यै निश्चिन्त हुन सकिन । कही“ न कही“ कतै न कतै र कहिल्यै न कहिल्यै मैले आ“खा झिमिक्क गर्नेबित्तिक्कै यो मान्छे मेरो पह“ुचबाट धेरै टाढा पुग्नेछ भन्ने आशङ्का, चिन्ता र छटपटीले मलाई कहिल्यै ऊबाट निश्चिन्त हुन दिएन । छटपटीले गा“जिरहेको यही सकसपर्ूण्ा समयमा आश्रयको चिट्ठी आयो, “कामिनी † म दर्ुघटनामा परे“ । मेरो दुवै गोडा काम नलाग्ने भएका छन् । एक साताभित्र म सधै“का लागि नेपाल आउ“दैछु ।” सम्पर्ूण्ाप्रतिको आकर्षामा आकण्ठ डुबिरहेको बेलामा १८ वर्षछि एउटा अपाङ्ग लोग्नेस“ग पूरा जीवन बिताउने भयावह कल्पनाले नै म अधमरो भए“ । भरभराउ“दो आगोजस्तो जवानी उसकै प्रतीक्षामा हुरहुर बलेर बिताउञ्जेल ऊ आएन । नेपाल फर्किनका लागि जीवनभरि अनुरोध गरिरह“दा ऊ आएन । तर, अब जीवनको गति नै अवरुद्ध भएपछि, अपाङ्ग भएपछि, उमेर ढल्किसकेपछि आएर मेरो जीवनमा उसको के अर्थ – के महत्त्व – श्वासै नथुनिईकन म निसासिन थाल“े, उफ † यो कस्तो निसासि“दो क्षण हो –

शान्तिलाई अ“गालेर म बस्नै सकिन र मैले एउटा दह्रो निर्ण्र्ाागर“े- “सम्पू † त्रि्रा लागि मैले मेरो र मेरो लोग्नेको तन, मन, धन सबै अर्पिए“ । अब मेरो भन्नु यो उभिएको घरबाहेक अरू केही छैन । यो घर पनि नानीहरूका लागि भनेर मात्र राखेकी हु“ । अरू बिन्ती छ मलाई अपनाऊ । मलाई अ“ध्यारो कोठामा मात्र हैन समाजकै अगाडि स्वास्नी बनाऊ सम्पू †” हामी भागेरै जाने भए पनि त्यस्तो ठाउ“मा जाउ“m, जहा“ तिमी र मबाहेक अरू कोही नहोस् । त्यहा“ बा“दरले बच्चा च्यापेझै“ मलाई आफ्नो अ“गालोमा च्यापेर राख, सम्पू † कर जोरी बिन्ती छ, सम्पू ††

मेरो अनुरोध सुनेर याचनामा बर्बरी बहेका आ“सुका ढिक्का देखेर सम्पर्ूण्ाले विस्फारित नेत्रले मलाई हेर्‍यो, हेरिरह्यो धेरैबेरसम्म । “कामिनीदी † तपार्इंले मलाई तन दिनुभयो, नारी सुखको पहिलो अनुभव दिनुभयो । तर, मैले पनि मेरो कुमारत्व तपार्इंलाई दिए“ । मेरो जवानी दिए“, मेरो जोस, मेरो क्षमता सबै सबै तपार्इंको काखमा बिर्सर्ाादए“ । हामीले आ-आफ्नो ढङ्गले रमाइलो भोग्यौ“ । तर, मस“ग विवाहको कुरा चै“ नगार्नोस् । किनभने विवाह त मैले तपार्इंकी छोरी नयनास“ग गरिसके“, कोर्ट म्यारिज । नयनालाई लिएर म भोलि नै तपार्इंले दिएको फ्ल्याटमा र्सर्दैछु । कामिनीदी † थ्याङ्क्स फर एभ्रिथिङ् … । — ††† ।” स्तब्ध पल । स्तब्ध मन-विभाजित मनहरू नरोएको मन । झीर बनेर निस्किरहेका सम्पर्ूण्ाका शब्दहरूलाई मैले अरू सुन्न सकिन मुटु चरचर चिरिएकोले मैले केही बुझन सकिन, कुनै प्रतिवाद गर्न सकिन । मलाई तत्काल थाहा पनि भएन प्रतिक्रियास्वरूप मैले के गरे“ । तर, प्रहरीले मलाई झक्झक्याउ“दा पो मैले देखे“, मेरो हातमा त्यही चक्कु छ, जसले फल काटेर स्नेहपर्ूवक मेरो मुटुको टुक्रा, मेरो प्रँण, मेरो र्सवस्व सम्पर्ूण्ालाई खुवाएकी थिए“ । तर, यसबेला त्यो चक्कुमा आलो रातो रगत लतपतिएको छ र छेवैमा रक्तरञ्जित सम्पर्ूण्ा लडिरहेको थियो ।

“यो के भयो – कसरी भयो – किन गर्‍यो -” इनारबाट निस्किरहेको आवाजझै“ भीडमा ध्वनित भइरहेका थिए प्रश्नहरू । मलाई थाहा छैन, के ती प्रश्नहरू मेरो नै थिए त – कि मेरा लागि थिए त –

नेपाल साप्ताहिक
अंक १२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *