Skip to content

मान्छे हुन जानिएन

  • by


मान्छेहरू जस्तै मान्छे हुन जानिएन
गोहीले झैँ आँसु झारी रुन जानिएन

स्वार्थ सिद्ध गर्न सबै लोभी पापीले झैँ
पराईको पाउ कहिल्यै धुन जानिएन

आफ्नो भलो चाहनेलाई उल्टै पासो थापी
गाईलाई झैँ दाम्लो लगाइ दुन जानिएन

आधा रातमा टोलभरि कुकुर भुकाएर
अदालतीमा गीता कुरान छुन जानिएन

उज्यालोको खोजी गर्दै बित्यो सारा जीवन
कस्तो हुनछ पूणिर्माको जून जानिएन ।

-नारायणगढ

Leave a Reply

Your email address will not be published. Required fields are marked *