Skip to content


मेरो मृत्युपश्चात्
बीचमै म भट्किरहेछु
कतिञ्जेल यो अवस्थामा म भइरहनेछु
थाहा भएन विचरा म
मेरो आफ्ना घरपरिवार
शेषपछिको ममाथि
मृतात्माको पूर्णतामा लागिरहेका छन्
आफन्तहरूद्वारा आफ्ना परिवारको परिवेशबाट
मलाई घटाइँदैछ र चिरपरिचितहरू
फेरि कहिल्यै म सामीप्य नहुनेमा
मन दुखाइरहेका छन्
अखबारमा मेरो समवेदना छापिनेछ
कतिले चासो लिई मेरोबारे अक्षरमा खोतल्दा हुन्
पातलो वा धेरै झाँगिदो परिवारजनको लेखाजोखा गरिन्छ होला
अरू त सबै यस्तै हो
नेपाली मानचित्र भित्रको लेखाजोखामा
एक मानव अवसान भएको जनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *