• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

कागभन्दा कोइली चलाख

kbs — Thu, 12/31/2009 - 06:06

  • बाल कथा
  • श्रीबाबु कार्की
  • मुना २०६६ मंसिर

काग आफूलाई निकै चतुर र बुद्धिवान् पक्षी हुँ भन्ने घमण्ड गर्दथ्यो । आफूलाई मानिसले समेत पूजाआजा गरेकोमा ठूलै दम्भ कागको थियो ।
एउटै रूखमा गुँड लगाई बसेको कोइली चरालाई भने आफूले मीठो स्वरमा गाउन सके पनि कुनै दम्भ थिएन । कोइलीले सधैँ वसन्तयाममा मीठो स्वरले गाउनुपर्ने प्राकृतिक नियम थियो । वासन्ती पालुवामा लुकेर कोइली सधैँ कुहु-कुहु गर्दै कराउँदथ्यो । कोइलीले गाउन थालेपछि किसानहरू खेतीबाली लगाउन तम्सन्थे । कृषकहरूको सहयोगी चरा भए पनि कोइली अत्यन्त लजालु स्वभावको पक्षी थियो । ऊ कहिल्यै मानिसले देख्ने ठाउँमा बसेर कुहु-कुहु गर्दैनथ्यो ।
मीठो गाउन सक्ने कोइलीले कागको जस्तो घमण्डी र आडम्बर राखेन । कोइलीलाई घमण्डले आफैँलाई क्षति हुन्छ भन्ने थियो । अनावश्यक कुरामा एउटै रूखमा बस्ने छिमेकी-छिमेकीबीच घमण्ड गर्नु मूर्खता सिवाय केही होइन भन्ने सोच्दथ्यो ।
एकदिनको कुरो हो, कोइली रूखको हाँगामा बसेर कुहु-कुहु गर्दै गाउँदै थियो । कागले जिस्काउँदै भन्यो - ए कोइली भाइ ! त्यो धोद्रे स्वरमा कति कराउँछौ ? चुप लाग । सधैँ गाउन त मीठो स्वर हुनु पर्‍यो नि !
कागले त्यस्तो भनेको सुनेपछि कोइलीलाई नरमाइलो लाग्यो । तथापि ऊ चुपचाप सहनेतर्फ लाग्यो । कागसँग झगडा गर्नु मनासिब लागेन ।
केही दिनपछि पुनः कागले त्यसै रूखको हाँगामा मासुको एउटा चोक्टो लिएर आयो र कोइलीलाई भन्यो -"ए धोद्रे स्वरमा गाउने कोइली भाइ, लौ हेर मैले शक्तिशाली बाघलाई छक्काएर मासु खाएँ । हेर, मासु खान त बुद्धि हुनुपर्‍यो नि !"
बुद्धि लगाउन आफू सिपालु भएको दम्भी काग आफ्नो स्वर नराम्रो भएकोमा निक्कै दुःखित थियो । काग स्वर नराम्रो भए पनि सधैँ कागकाग गर्दै कराई बस्थ्यो । ऊ कोइलीको स्वर सुनेर डाहले भुतुक्कै हुन्थ्यो ।
कागले दिन प्रतिदिन आफूलाई हेपेको कोइलीलाई पटक्कै मन परेको थिएन । तथापि कोइलीका दम्पती चुपचाप सहेर बसेका थिए । काग भने दिनदिनै कोइली जोडीलाई खिसीटिउरी गर्ने, हेप्ने र आफूभन्दा चलाख कुनै पक्षी छैन भन्ने धाक लगाउन छाड्दैनथ्यो ।
समय यसरी नै बित्यो । अति नै भएपछि कोइली जोडीलाई कागदेखि अचाक्ली रिस उठ्यो । कोइली जोडीले कागको घमण्डलाई कसरी तल झार्ने भन्ने सोच्नथाले ।
वासन्तीयाम भएको हुनाले पोथी कोइलीले अण्डा कोरल्ने दिन नजिकिँदै थियो । काग भने केही दिन अगाडि त्यसै रूखको हाँगामा गुँड लगाई अण्डा कोरली ओथारो बसेका थिए ।
कोइली जोडीले युक्ति निकाले -हेर, कसले गुँड लगाई अण्डा कोरली ओथारो बस्ने ? बरु त्यो कागलाई झुक्याएर उसको गँुडमा अण्डा कोरली देऊ । बच्चा कोरल्ने काम कागलाई दिउ"m, उनीहरूले सल्लाह गरे ।
आफ्नो श्रीमान्को जुक्ति पोथी कोइलीलाई मनपर्‍यो । खुब बाठो हुँ भन्ने कागको सेखी झार्न कोइलीदम्पतीले यो उपाय निकाले ।
कोइली जोडील कागदम्पतीले कुन बेला अण्डा छोड्छन भन्ने चियो गर्न थाले । केही समयपछि त्यस रूख नजिकै एउटा बडेमानको साँढे मृत अवस्थामा पल्टिरहेको थियो । त्यहाँ धेरै काग काग-काग गर्दै चोक्टा लुछ्न घुमिरहेका थिए ।
मासु खाने लोभले कागदम्पती गुँडमा ओथारो बसेको अण्डा त्यसै छाडेर सिनु लुछ्न काग-काग गर्दै दौडिए ।
सधैँ आलो-पालो गर्दै ओथारो बसेका कागका जोडी अण्डा छोडेर गएपछि कोइली जोडीलाई 'के खोज्छस् कानो आँखो' भनेझैँ भयो ।
त्यही मौकामा कोइलीको जोडी कागको गुँडमा पुगे । पहिले दुवैले कागको अण्डा खाइदिए । अण्डा कोरल्न आतुर पोथी कोइलीले कागको गुँडमा अण्डा कोरली दिई ।
कोइली जोडी पुरानै ठाउँमा गएर कुहु-कुहु गर्न थाले । मासुको लोभमा गुँडमा अण्डा छाडेर गएका काग जोडी पुनः गुँडमा आएर ओथारो बसे । कागका जोडी पालो गरी गरी ओथारो बस्न थालेपछि कोइली जोडी पनि ढुक्क भए । निक्कै चलाख हुँ भन्दै घमण्ड गर्ने काग जोडीले कोइलीको चलाखीको सुइँकोसम्म पाएनन् । केही समयपछि कागदम्पतीले बच्चा कोरले । यो सम्पूर्ण कुरा कोइलीदम्पतीले नियालिरहेका थिए ।
एकदिनको कुरो हो । कागदम्पती बच्चालाई चारो खोज्न जङ्गल गएको मौका छोपी कोइली जोडीले आफ्नो बच्चाको न्वारन समेत गरिदिए । काग नभएको मौकामा कोइलीदम्पती कागको गुँडमा हुर्कँर्दै गएका आफ्ना बच्चालाई चारो समेत खुवाउने गर्थे ।
समय यसरी नै बित्यो । कोइलीका बच्चा कागको गुँडमा हुर्किएर पखेटा लाग्ने भए । पखेटा लाग्ने भएपछि कागलाई झुक्याएर कोइलीले आफ्ना बच्चा लिएर अन्तै गए ।
कागदम्पती गुँडमा आउँदा आफ्ना बच्चा नभेटेपछि निकै बिलौना गर्न थाले । कागदम्पती बच्चा खोज्न धेरै ठाउँ पुगे तर पनि बच्चा भेटेनन् । उनीहरू बेलुकी गुँडमा फर्किएर बिलौना गरिरहन्थे ।
छिमेकीलाई दुःख पर्दा सहयोग गर्नुपर्छ भन्ने लागेर त्यही रूखको पातमा गुँड बनाई बस्ने पाते फिस्टोले सम्पूर्ण कुरा कागलाई बताइदियो । काग जोडी कोइलीको यसप्रकारको चलाखीबाट छाँगोबाट खसेझैँ भए । कागदम्पती आफ्नो घमण्डबाट पछुताउन थाले ।
त्यसैबेलादेखि घटनाको प्रत्यक्षदर्शी पाते फिस्टोले उखानै चलाइदियो - "कागभन्दा कोइली चलाख ।" र "काग बाठा भए गू खान्छ ।" यस घटनाले कागदम्पतीको घमण्ड चकनाचुर भयो । घमण्ड गरे दुःख पाइन्छ भन्ने कुरा कागदम्पतीले यस घटनाबाट थाहा पाए ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 163
  • 4455 reads
Tweet facebook

ati sandesh mulak thanks n

Sabin Rana — Wed, 02/24/2010 - 23:17

ati sandesh mulak thanks n hope to read more...............in the future.

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    2 days 19 hours ago
  • सानो आग्रह गरे है सर
    3 days 13 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 22 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 1 day ago
  • appreciate
    5 weeks 21 hours ago
  • आभार
    5 weeks 1 day ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 4 days ago
  • आभार प्रकट गरे
    5 weeks 6 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 6 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 10 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • काली
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )

Last viewed:

  • तीन मुक्तक (राष्ट्रप्रेम, राहु पस्यो, मौसम)
  • सुन्दरीजल जाऔँ
  • जिन्दगीभर सधैभरि
  • ‘लकडाउन’ बन्दको मानसिकता !
  • वर्तमानको मानचित्र
  • परम्परा
  • गजल (परदेशीको दशैँ)
  • "दुइ मुक्तक"
  • तिम्रो यादमा रातैभरि
  • क्रुर शासक विरुद्ध जिउँदा जनताको लडाइँ
  • ध्यान
  • करुणा, अहिंसा र प्राणी अधिकार
  • खुट्टा तान्दै गर
  • किन बढ्दैछ ढुकढुकी मुटुको
  • यो आँखाको झरी पनि
  • कस्तो मान्छे
  • हुन त तिमीलाई
  • प्रेमको दरखास्त
  • स्वास्थ्य सन्देश
  • सम्माननीय प्रधानमन्त्री प्रचण्डजीलाई खुल्ला-पत्र
  • बोल्न पनि
  • नयाँ बिरुवा उम्रिन सक्छ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • किन मन हुन्छ चञ्चल
  • मान्छे मान्छे बिच नमिठो यो राग
  • हार्दिक श्रद्धान्जली धरहरा तिमीलाई
  • फूल
  • प्यास सायद मेट्यौ होला
  • सक्दिन सक्दिन अब जिउन
  • 'चितवनका कवि र कविता' कृतिको लोकार्पण तथा संरक्षण कविता आन्दोलनको ५७ औं शृंखला सम्पन्न
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित