Skip to content


वर्षाको बेला फुटेर मूल पानी नै पानी छ
खेतको आली खहरे खोला रमिता लाग्दछ ।
रोपाइँ गर्छन् बाउसे र हली रोपाहार मिलेर
पानीमा रुझ्दै हिलोमा खेल्दै पसिना पुछेर ।
गर्जिन्छ आकाश आँधी र बतास चट्याङ पर्दछ
प्रकृति पनि वर्षाको बेला रमाइलो गर्दछ ।
नभए वर्षा हुँदैन खेती चल्दैन जिन्दगी
वषर्ा नै रै’छ सम्पूर्ण जीवको आशाको बिहानी ।
भएमा धेरै यो वर्षा फेरि बस्ती नै बगाउँछ
नहुँदा पनि साराका सारा सृष्टि नै सुकाउँछ ।
यो वर्षालाई चाहिँदो मात्र बनाउने हो भने
मिलेर हामी यो वातावरण जोगाउनुपर्छ रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *