Skip to content

कति राम्रो (बालगजल)

  • by


चन्द्रसूर्य अङ्कित यो झण्डा कति राम्रो
गर्व गरी नेपाली हुँ भन्दा कति राम्रो ।

स्वच्छ सफा भोजनले बन्छ जीवन हाम्रो
दूध-दही, माछा-मासु अण्डा कति राम्रो ।

फलफूल सागसब्जी भिटामिनको खानी
आँप मेवा कर्कला र बन्दा कति राम्रो ।

समयमै सुत्ने-उठ्ने, पढ्ने-लेख्ने बानी
फुर्सदमा साथीसित रम्दा कति राम्रो ।

भेदभाव गर्नुहुन्न छोराछोरीबीच
सबै मिलिसकेको त्यो धन्धा कति राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *