Skip to content


लोकभन्दा ठूलो कोही गनिँदैन साथी
लोकैबाट निर्वाचित प्र.म. राष्ट्रपति
तपाईंले मपाईंले कोही हुन्न ठूलो
एकदिन खोज्नुपर्छ मुसालेझैँ दुलो ।
आफैँ राम्रो भन्नुभन्दा सुन्नु हुन्छ राम्रो
नबुझेझैँ बस्नुहुन्न बनिकन चाम्रो
जनहित बिर्सिएर आˆनै हित हेरे
जनताले राष्ट्रपति राजा कति फेरे ।
कर्मी मौरी जनता हुन् नजिस्क्याऊ माली
बिच्किएर चिल्न सक्छन् होला ठूलो सास्ती
चिन्नुपर्छ मान्नुपर्छ लोकलाई सधैँ
पछि पछुताउनुभन्दा चिनौँ बेला छँदै ।
लोक-शक्तिभन्दा अर्को ठूलो छैन शक्ति
राष्ट्रभक्तिभन्दा अर्को ठूलो छैन भक्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *