मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ

kbs — Thu, 12/31/2009 - 11:04

  • मनोन्यास
  • आचार्य प्रभा

मान्छेका आ -आफ्नै मन पर्ने कुराहरू हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा, बुढी, केटा, केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा पनि आउछ र भनिन्छ पनि केटा, केटी, फूल, बुढा, बुढी, फूल र गीत, संगीत मन नपराउने मान्छे शायद असाधारण मान्छे नै मानिन्छन अर्थात यस्ता मान्छेहरू कठोर स्वभावका हुन्छन। मलाई गीत ,संगीत मन पर्छ त र केटा ,केटा ,बुढा,बुढी ,फूल मन पराउनु भनेको इच्छाद्वारा होइन त्यो प्रकृतिले नै भित्रैबाट दिएको आत्मिक शक्ति हो। त्यो जबर्जस्ती इच्छा बनाएर थोपरिएको होइन। त्यो त भित्री अन्तस्करणबाट नै मन कोमल बनेर ती कुराहरूमा आकृष्ट भएको हो जस्लाई इच्छा भनेर जबर्जस्ती नक्कली माया दिन सकिन्न ।

यस्तै मन पर्ने ,भित्री हृदयबाट नै उक्त कुरा देखेपछी मन प्रफुल्ल हुने मध्येमा मेरो निम्ती बच्चाहरू हुन जुन चाहे जन्मकै दिनदेखी होस् वा हुर्किएर बल्ल तोते बोली बोल्दै गरेको होस्। यस्ता बच्चा हरू मलाई असाध्य मन पर्छ ,माया लाग्छ म उनिहरूसँग घण्टौ घण्ट सम्म पनि आफुलाई हराउन सक्छु। उनिहरूको तोते बोलिमा नै म संसारको रमाइलोपन पाउछु हुन त मेरा पनि तीन छोरीहरू छन जुन जवान भैसके ता पनि मलाई बच्चाहरू प्रतिको मोहले अझसम्म छाडेको छैन। यसरी बच्चाहरू मन पराउने क्रममा म धेरै बच्चाहरूप्रति आकृष्ट मात्र होइन मोहित भएकी छु र मेरो अन्तर्मनबाट नै तिनिहरूको भेटले मलाई खुशी छरिदिएको आभाष पाएकिछु हुनत यहाँ मैले ''बच्चा ''भनेर मान्छेको जातलाई जनावरसँग तुलना गरे जस्तो भान भएको छ तर सामान्य बोलिमा आजकल 'छोरा छोरी 'भन्ने भन्दा बच्चाहरू भन्ने चलन नै चल्ती भएकोले यस्मा म क्षमा प्रार्थी छु । हुनत केटा केटी भन्दा पनि हुनेथ्यो तर केटा केटी भन्नाले पनि त जवान पुलिङ केटा र जवान स्त्रीलिङी केटी अर्थात तरुण -तरुणी जोडी को अर्थ पहिल्याउला भन्न सकिन्न त्यसैले मलाई ''बच्चा'' भन्न नै उचित लाग्यो तर मेरो ''बच्चा ''भन्नै पर्छ भन्ने ठोकुवा चाँही होइन बाध्यता हो ।

म बच्चाहरू अर्थात केटा केटी नानीहरू प्रतिको मेरो आकर्षण र मनपराइको बारेमा बोलिरहेकी थिएँ यथार्थमा म सँग त्यस्ता धेरै घट्नाहरू छन मैले नानीहरू मन पराएर मिलनमा रमाएको र बिछोडमा म कमजोड बनेका घट्नाहरू। ती सबै लेख्न असमर्थ छु तर सम्झनामा भने म ती बिछोडीएका बालकहरूको झझल्कोले अझ पनि बिह्वल बनिरहेकी छु। अब बिर्सीदिऊँ ती पिछडिएका छायाहरूहरूलाई। होम अमेरिका आएर पनि रेस्टुराँमा काम गर्दा एौटा ग्राहकको'' छोरो '' जस्को नाम ''रायन '' थियो त्यो बालक प्रति म उत्तिकै आकृष्ट थिएँ। ऊ बल्ल तीन चार बर्षमात्र पुगेको थियो । त्यो बालकले उस्का आमा -बाबालाई जबर्जस्ती त्यही रेस्टौरेन्ट लैजा भनेर दिक्क दिन्थ्यो रे त्यसैले हप्ताको दुई पटक उस्लाई त्यो रेस्टुराँमा ल्याइन्थ्यो जब उनिहरू रेस्टुराँभित्र छिर्दथे त्यो बच्चा अनायस आधिहुरी जस्तै भएर मलाई समाउन आइेपुग्थ्यो उस्लाई आमा बाबुको मतलब हुँदैनथ्यो यती सम्म कि खाना खाइ सकेर फर्किसकेपछी पनि रेस्ट्रूम जाने बहानाले फेरी आमा ,बाबालाई छ्क्याएर रेस्टुराँमै कुदेर आइेपुग्थ्यो। उस्का पछी पछी आमा -बाबा कुदेर लिन अाउदथे ।

यसरी म सँग पनि धेरै जसो बच्चाहरू आकृष्ट हुन्छन किन हो ? शायद मेरो मन पराउने इच्छा मात्र भएर होइन कि भित्री आत्माबाट नै मैले पनि उनिहरूलाई रुचाएर होला शायद। यसरी बच्चासङको मिलन बिछोडका क्रममा मेरो भर्खरमात्र डेन्भरमा भानु जयन्तिको साहित्यिक कार्यक्रममा एउटा भाईसँग भेट भएको थियो जो भर्खरमात्र भुटानी रेफुजी अन्तर्गत नेपालको बेल्डाङी शिविर दमक झापा बाट भित्रिएका रहेछन बोलिचालीको क्रममा चिनाजानि भयो म पनि दमककै बासी भएको कारणले ऊ सँग कुराकानी लामो नै भयो। भर्खर अमेरिका भित्रिएको कारणले नौलो अनुभव र एक्लोपन महसुश गरिरहेको बेला मैले बोलिदिदा शायद त्यो भाईलाई म प्रति अलिकती आफ्नोपनको आभाष भएछ क्यारे घरमा गएर श्रीमती र पाँच बर्षकी छोरीलाई मेरो बारेमा भनेर मेरो फोन नम्बर दिएछन एकदिन अचानक फोन को घण्टी बज्यो। नौलो आवाज आयो मैले चिनिन भने तर ती आमा छोरीले प्रष्ट्याए कि हामीले तपाईंलाई नचिने पनि नाम सुन्यौ। तपाईं प्रभा दिदी हैन ?भनेर आमा चाँहीले के भनिरहेकी थिइन छोरीले फोन खोसेर बोल्न थालिन ''हेल्लो प्रभा आण्टी ''भनेर सम्बोधन गरिन त्यो बालिकाको आवाजबाट नै म यती मुग्ध भएँ कि पाँच बर्षकी बालिकाको कस्तो प्रष्ट बोली? मैले नाम सोधें ''सुस्मिता ''भन्ने जवाफ आयो त्यो फुची यसरी बोल्न थालि कि मानौ उस्को मेरो बर्षौ बर्ष देखीको भेट भएको हो यसरी हाम्रो भेट नभए पनि फोनमा कुराकानी भैरहन्छ म त्यो बालिकाको बोलिबाट अती नै प्रभावित छु निस्छल, निष्कपट वाक्यहरू बोल्छे यसरी फोनमा कुरा गर्ने क्रममा मैले त्यो बचिको इच्छा बुझ्न धेरै कुराहरू सोधें। उस्को निश्छल जवाफहरू मैले सुनिरहेकी थिए किनकी शरणार्थी शिविरको कथा, ब्यथा अभाव मैले शिविरमै गएर देख्ने मौका पाएकिथिए। बच्चाहरू नाङा ,भुतुङा कुदिरहेको पनि मैले अवलोकन गरेकिथिए यसै प्रशङमा यहाँ आएर त्यो बालिकाको मानसपट्लमा कस्तो प्रकारको प्रभाव परेको रहेछ त भन्ने आशय बुझ्न मैले उस्लाई प्रश्न गरें । ''नानी तिमी नेपाल कहिले जाने? यहा राम्रो लाग्यो कि नेपाल राम्रो लाग्यो ?यहा मन पर्‍यो कि नेपाल भन्दा ''उस्ले एकै वाक्यमा हठातको साथ जवाफ दिई ''नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ ,जहिल्यै मान्छे मार्छ ,मलाई त नेपाल मन पर्दैन भनी। म उस्को वाक्यले मौन बने । मलाई यस्तो लाग्यो कि त्यहाको अभाव ,दुख र शारणार्थि हुनुको पीडाले होला उस्लाई नेपाल मन नपरेको भनेर त र उस्को आशय त्यो होइन रहेछ उस्को अबोध सोचाइमा पनि नेपालको त्यो नरसंहार ,बिभत्स हत्या हिँशा ,गोली बारूदको आवाजले बित्रिष्णा जागेको रहेछ र अली अली कापेको आवाजमा उस्ले भनी ''अनी नेपालमा त बन्दुक हान्छ नि त त्यसैले मलाई नेपाल मन पर्दैन भनी त्यो बालिकाको मनोबैज्ञानीक भाव बुझेर म अनुत्तरीत बने हुन पनि त हो हाम्रो देशमा नसोचेको आधी ,हुरी आयो जस्ले गर्दा सबैको मनमा डर र त्रास, भयले डेरा जमायो। जहाँ तही बन्दुक र बारूदको गन्ध मात्र उड्न थाल्यो । आकाशमा चम्कने बिजुली चट्याङ बनेर धर्तिमा पल पल मा नै खस्न थाल्यो त्यसैले पनि सबैको मनमस्तिष्क,दिमागमा त्यही आवाजहरू गुन्जिन थाले भने त्यस्ता अबोध बाअलकहरूका दिमागमा किन असर नपरोस ? यसरी त्यो बालिकाको उत्तरले म अवाक बने ।

अहो म त आफुलाई मन पर्ने अर्थात पृय लाग्ने बस्तुहरू को बारेमा कुरा गरिरहेकी थिएं। यसै शिलशिलामा देशप्रतिको सोचमा डुब्न पुगेछु कारण उक्त बालिकाको प्रत्युत्तरले। अब मलाई झन त्यो बालिका प्रतिको अद्रीश्य मोहले तानेको छ किनकी त्यसै त मीठो बोली ,झन उस्का कुराहरू कत्ती मर्मस्पर्शी अनी सम्बेदनशील ?आज यो लेख डेन्भर आएर नै लेख्दैछु र त्यो बालिकालाई भेट्ने अभिष्ट पनि पालिरहेकी छु। हेरौ सन्जोग कस्तो जुर्ने हो ? शायद मैले उस्लाई साक्षात भेटेर नै मनोभाव बुझ्न सक्षम हुन्छु होला र मेरो आकाक्षा पूरा होला ।

अमेरिका

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    29 min 18 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 56 min ago
  • hlw
    22 hours 36 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 17 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • प्रेममा आव्हान
  • गोविन्द गोठालेको निधनमा एक अभिव्यक्ति
  • टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान
  • गजल
  • तिमी
  • अपराधीहरू ... !
  • त्यसैले त तिमीले........
  • रुप उनको पलपल देख्छु
  • धेरै मायां लाउदा-लाउंदा
  • अभिलासा
  • "किन यती साह्रो भो ??"
  • गगन
  • गजल
  • “कारण”
  • बिभत्स दिवास्वप्न
  • अरुको सानो सानो गल्ती
  • मेरो माया उसको निम्ति..........
  • "सानु" भन्थ्यौ तिमी
  • थाहै नपाई कसैको नजरले
  • गजल
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित