Skip to content

जन्मः मे १, १९२३ ब्रुकलिन ।
मृत्युः डिसेम्बर १२, १९९९, इस्ट हेम्पसायर ।
यी दुवै सहर न्युयोर्कका प्रचलित स्थान हुन् । माथि उल्लेख गरएिको न्युयोर्कमै जन्मेर न्युयोर्कमै मृत्यु हुने व्यक्ति बीसौ“ शताब्दीका एक प्रख्यात लेखक हुन् । नाउ“ हो, जोसेफ हेलर ।

मैले कम्प्युटर चलाउन सिक्ने क्रममा इन्टरनेट खोल्दा वैशाख १० गते २०६५ शुक्रबार यो समाचार देखे“ । गम्भीर भए“ । हेलर मैले पढ्ने गरेको र मन पराएको लेखकमध्ये पर्छन् । उनका प्रँयःजसो उपन्यास मैले पढेको छु ।
उनको पहिलो उपन्यास क्याप-२२, उनको सबैभन्दा मानिएको कृति बन्न पुग्यो । पारजिातको शिरीषको फूलजस्तै । हेलरलाई त्यही एउटा कृतिले लगभग रातारात एक किसिमले विश्वप्रसिद्ध बनायो ।
मेरो हात परेको क्याप-२२ कतिऔ“ संस्करण थियो कुन्नि, त्यसैबखत २० लाख प्रतिभन्दा बढी बिक्री भइसकेको थियो । हुन त विश्वमा धेरै कृतिहरू बेस्ट सेलर भएका छन् । क्याप-२२ गम्भीर उपन्यास भएर पनि त्यसरी बिकेको सम्भवतः पहिलो उपन्यास थियो भनिन्छ । उनको उपन्यासको अपार सफलतापछि उनका समकालीन कर्ुत भोनेगट, टमस पिन्चन आदिका उपन्यासहरूका पाठकमा पनि वृद्धि भयो भनिन्छ । एक किसिमले चमत्कारै भएको थियो । त्यसको कारण थियो ।
उनले आफ्नो गम्भीर विषय बोकेको उपन्यासलाई पनि हास्यको रङ दिएका थिए । त्यसलाई आज हामी श्याम व्यङ्ग्य वा ‘ब्ल्याक ह्युमर’ भनेर चिन्छौ“ । हेलर त्यसका प्रथम प्रयोक्ता मानिन्छन् । प्रथम नभए पनि सशक्त प्रयोक्ता भने अवश्य हुन् ।
हेलरको जीवनलाई हर्ेदा सङ्र्घष्ामय नै देखिन्छ । पा“च वर्षा हु“दा ट्रक ड्राइभर पिताको मृत्यु हुनुलाई जीवनको सङ्र्घष्ाशील थालनी नै भन्नर्ुपर्छ ।
२२ वर्षो हु“दा उनले विवाह गरे । सन्तान पनि भए । टाइमलगायत विभिन्न पत्रिकामा कसैगरी संलग्न भएबाट उनको सङ्र्घष्ाको पत्तो पाइन्छ ।
कुनै बेला उनले सेनामा पनि काम गरे । त्यही सेनामा काम गरेको अनुभवले उनीबाट क्याप-२२ जस्तो अमर कृतिको सिर्जना गराएको थियो ।
उनले त्यसबाहेक अन्य काम पनि गरे, जस्तो अङ्ग्रेजी भाषा पढाउने । अक्सफोर्ड र पेन्सिल्भानिया विश्वविद्यालयसित पढ्ने र पढाउने सम्बन्ध दुवै रह्यो ।
सन् १९५२ तिर एक दिन उनी जहाजमा यात्रा गररिहेका थिए । डेकमा बसिरहेका थिए, घामको, समुद्रको र जहाजको गतिको आनन्द लि“दै । त्यसैबखत हेलरलाई क्याप-२२ लेख्ने विचार आयो । यो कतै अभिव्यक्त उनैको भनाइ हो ।
उनले त्यसपछि फर्ुसदको समयमा अनि बिदा भएपछि बेलुकी-बेलुकी क्याप-२२ लेख्न थाले । उनले भनेका छन्, “कुन वाक्यबाट थाल्ने, मैले यसैमा कति समय खर्च गरे“ ।” अन्त्यमा त्यो सटीक वाक्य, उपन्यासको प्रथम वाक्य उनलाई एक्कासि फुर्‍यो । अनि, उनले लेखे ः “इट वाज लभ एट अ फर्स्ट साइट ।”
क्याप-२२ को प्रथम वाक्य यही थियो । काम गर्दागर्दै पनि यो उपन्यास सक्न हेलरलाई आठ वर्षलाग्यो । यसमा द्वितीय विश्वयुद्धको प्रभाव छ । इटलीको एक टापुलाई उपन्यासको आधारभूमि बनाइएको छ ।
योसारयिो भन्ने यसको प्रमुख पात्र, कलेजोसम्बन्धी एक विचित्र रोगले थला परेको अवसरबाट उपन्यासको प्रारम्भिक चरण थालिन्छ । उनका संवाद र वाक्यहरू अत्यन्त गहकिला छन् । जस्तो, रोगीका लागि एक ठाउ“मा उनी लेख्छन् ः “देयर वाज प्याथोलोजिस्ट फर हिज प्याथोस ।”
क्याप-२२ यति लोकप्रिय भयो, उनका पछिल्ला सबै उपन्यासहरूमा छापिएको छ, “प|mम द अथर अफ क्याप-२२ ।”
क्याप-२२ को सफलतापछि हेलर नोकरीमुक्त भए र पर्ूण्ाकालीन रूपमा लेख्न थाले । उनको दोस्रो उपन्यास सम थिङ् ह्यापेन्ड १० वर्षछि प्रकाशित भएको थियो, सन् १९७१ मा ।
समथिङ् ह्यापेन्डलाई राम्रँे मानियो तर प्रँयःजसोले क्याप-२२ को उच्चता यसले प्राप्त गर्न नसकेको टिप्पणी गरे । तर, केहीले भने ः यो दोस्रो, पहिलोभन्दा अझै खारएिको उपन्यास भने । जेहोस्, क्याप-२२ बाट बनेका उनका पाठकहरूलाई यसले निराश भने पारेन ।
सन् ‘७९ मा उनको उपन्यास आयो गुड एज गोल्ड । र, यसले पनि उनलाई त्यत्तिकै ख्याति दिलायो । यो उपन्यास कस्तो छ, म भन्न सक्तिन“ । मैले पढ्न पाएको छैन । मस“ग भएर पनि पढ्न नपाउने कारणमा मेरो पुस्तक राख्ने अस्तव्यस्तता हो । अहिले मेरो हातमा उनको सम्भवतः अन्तिम उपन्यास, १९८५ मा प्रकाशित गड नोज छ । यो पनि उनको चर्चित उपन्यास हो । यसमा मिथक र प्रतीकको प्रयोग पनि लेखकले कुशलतासाथ गरेका छन् ।
गड नोजलाई सशक्त, आर्श्चर्यजनक रूपमा अनौठो, गहिरो रूपमा छुने भनेर टिप्पणी गरएिको छ । यो पनि भनिएको छ, “हेलर आफ्नो सर्वोच्चतामा पुगेर नृत्य गररिहेका छन् ।”
गड नोजमा पौराणिक पात्र मोजेज र्रर् इश्वरका बीचको एउटा वार्ताबाट लेखकको लेखन कौशलको पनि परचिय पाइन्छ ।
त्यो यस्तो छ ः
“कसले भन्यो मैले असल हुनर्ुपर्छ -र्”र् इश्वरले हा“क दिए ।
“कहा“ लेखिएको छ, मैले दयालु हुनर्ुपर्छ -”
“के तिमी असलर् इश्वर होइनौ -”
“कहा“ भनिएको छ, मैले असल हुनर्ुपर्छ – यति पर्याप्त छैन, मर् इश्वर हु“ – …”
“तिमीले हामीलाई कठोर जीवन दियौ ।”
“त्यो किन कोमल हुनुपर्ने -” मालिकले भने, “अनि, एउटा अत्यन्त कठिन दुनिया“ पनि ।”
“त्यो किन सजिलो हुनुपर्‍यो त -”
“हामीले किन तिमीलाई माया गर्ने र त्रि्रँे पूजा गर्ने त -”
“मर् इश्वर हु“ । म हु“ अर्थात् म हु“ ।”
यति पढ्दा उनको विट थाहा हुन्छ र्।र् इश्वर नै कठोर देखिएको यस अंशमा मात्र होइन, हेलर्रर् इश्वरप्रति पनि प्रश्न उठाउने लेखकमा पर्छन्र्,र् इश्वर अनि जीवन, जगत् र समाजबारे ।
हेलरको विश्वविख्यात् ख्यातिले नेपाली लेखक-पाठकलाई त्यति छोएन कि क्या – यहा“ उनको चर्चा त्यति भएन । यही कारण होला, उनको मृत्युको खबर, एन्थोनी बर्गेसले जस्तै मैले ढिलो पाए“ । इन्टरनेट पढेर लेख्नेहरूले पनि उनको मृत्यु देखेनछन् । म उनको प्रशंसक पाठक थिए“ । इन्टरनेट चलाउनै नजाने पनि इन्टरनेटमार्फ उनको मृत्युको खबर पाए“ । यसलाई उनका उपन्यासको मुडजस्तै एउटा विडम्बना मान्ने हो कि –
उनको मृत्यु ७६ वर्षो उमेरमा भयो । बिरामी भने १९८० मै भएका थिए, थला पर्ने गरी । हेलरले त्यसबाट तङ्ग्रेर पुस्तक पनि लेखे । उनको अन्तिम पुस्तक सम्भवतः पोट्रेट अफ अ राइटर एज एन ओल्डम्यान हो । त्यो संस्मरण हो भनिएको छ । यसको शर्ीष्ाक जानेरै उनले पोट्रेट अफ एन आर्टिस्ट एज अ योङ् म्यानको प्यारोडीजस्तो बनाएर राखेको हुनर्ुपर्छ ।
सन् ‘६० देखि विश्वभर िचलेको र आज पनि चर्चित पोस्ट मोर्डर्निज्म अर्थात् उत्तरआधुनिकतावादका उनी पर््रवर्तकमध्ये एक थिए । उनी एक ‘ट्रेन्ड सेटर’ उपन्यासकार थिए ।
सधै“ उनलाई स्मरणयोग्य बनाएका छन् उनका उपन्यासहरूले । त्यही स्मरणीय लेखनका कारण म गम्भीर भएर उनका बारे लेख्न बाध्य भएको हु“ । उनी मूलतः र पर्ूण्ातः एक प्रयोगशील लेखक हुन् ।
यस्ता लेखकलाई नौ वर्षछि श्रद्धाञ्जलि दिनु वा स्मरण गर्नु कस्तो होला – सम्भवतः उनकै उपन्यासको कुनै कुनै वर्ण्र्ाास्तो ।

नेपाल साप्ताहिक
अंक २९७

Leave a Reply

Your email address will not be published. Required fields are marked *