सानो ठुलो जो कोही को हुँ म एउटा मित्र
बस्ने गर्छु जहीले पनि सब का ओठ भित्र
गोजी बाट निकालेर हत्केलामा राखी
मडारेर प्याट प्याट पिट्छन माया नै नराखी
दुई औंला ले च्यापी च्यापी मुख तिर लान्छन
मलाई चाँही बाहिर राखी मेरो रस तान्छन
दु:ख मानी सुख मानी म नै नभै हुन्न
बानी नहुने हरु ले त मलाई छुदै छुन्न
मेरै निहु ले कति ले त गर्छन चिना जानि
माग्ने गर्छन सबले कति लाज नै नमानी
गर्ने गर्छन सबै ले मलाई साह्रै धेरै हेला
एक चोटि चाखे पछी पर्छन मेरै फेला
सबको गोजी सबको ओठ बस्ने मेरो ठाउँ
सुर्ती खैनी तम्बाकु हो सबै मेरै नाउ
प्रेम
दुबइ