मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अन्धा र हात्ती
kbs — Sun, 01/10/2010 - 15:32
एकादेशमा अन्धाहरूको राज्य थियो । सबै अन्धा भएपनि राज्य ब्यवस्था सुचारु रुपले चलिरहेको थियो र राज्य आत्मनिर्भर पनि थियो ।
अन्धाहरूले राज्य संचालनको लागि हरेक चार बर्षमा पाँचजना मन्त्रीहरूको चयन गर्थे ।
यी मन्त्रीहरू दिनहुँ राज्यका बिभिन्न ठाउँ डुलेर सबैको पिर मर्का बुझ्ने गर्थे र सक्दो छिटो समाधान पनि गर्थे ।
यस पटक बनेको मन्त्रीमण्डल पनि निकै सक्रिय थियो र जनताको समस्या छिटै समाधान गर्नुको साथै नयाँ नयाँ कामहरूको थालनी गर्ने घोषणा गरेको थियो । जनताहरू पनि मन्त्रीमण्डलको कामबाट सन्तुष्ट थिए । काम बढ्दै गएपछि मन्त्रीमण्डलको दौडधूप पनि बढ्दै गयो । अनि हिँडेर मात्रै सबै काम भ्याउन नसकिने बहाना पारेर मन्त्रीमण्डलले आफूहरूलाई सुबिधा थप्नेतर्फ उपाय सोच्यो । लामो छलफल पछि मन्त्रीहरूले अब देश भ्रमण गर्न हात्तीको ब्यवस्था गरिनु पर्ने ठहर गरी सोही अनुसारको प्रस्ताव जनतासामु लगे । यो मन्त्रीमण्डलले देशमा राम्रो काम गरेकोले उनीहरूबाट अझै राम्रो कामको आशा गर्दै जनताले उक्त प्रस्तावलाई पारित गरे ।
मन्त्रीमण्डलको देशाटनको लागि ठूलो धनराशी खर्च गरेर हात्ती किनेर ल्याइयो । मन्त्रीहरूको भ्रमणको योजना अनुसार हात्तीलाई देशका बिभिन्न ठाउँमा लग्नको निम्ति आँखा देख्ने माहुतेको खाँचो महसुश गरी अर्कै देशबाट धेरै तलब र सुबिधा दिने गरी माहुते पनि ल्याइयो । यसरी अन्धाहरूको राज्यले देशको ढुकुटीबाट ठूलो धनराशी खर्च गरेर मन्त्रीहरूलाई नयाँ सुबिधा प्रदान गर्यो ।
सुरु सुरुमा त मन्त्रीहरू हात्तीमा चढेर दिनहुँ टाढा टाढासम्मका ठाउँहरू डुल्न गए, जनतालाई सुख दिनको लागी धेरै नयाँ नयाँ कार्यहरू पनि गरे । तर समय बित्दै जाँदा मन्त्रीहरूलाई बिस्तारै मात चढ्न थाल्यो र दैनिक रुपमा देशाटन गर्न छोडी हप्ताको एकपटक मात्रै र केही समय पछि महिनाको एकपटक मात्रै डुल्ने गर्न थाले । तेश्रो बर्ष लागेपछि त उनीहरू छ महिनामा एकपटक मात्रै घुम्न निस्किए र अन्य समय मोज मस्ती गरेर नै बिताउन थाले ।
यसै बीचमा मन्त्रीहरूलाई आफूले चढ्ने गरेको हात्ती यथार्थमा कस्तो रहेछ भन्ने जिज्ञाशा जाग्यो । माहुतेले सधैं आफूहरूलाई सोझै हात्तीको पिठ्यूँमा राख्ने गरेकोले उनीहरूलाई सम्पूर्णरुपमा हात्तीको बारे जानकारी लिने ईच्छा जाग्यो । उनीहरूले माहुतेलाई आफ्नो ईच्छाको जानकारी गराए । माहुतेले पनि पाँचजनालाई छुट्टा छुट्टै लगेर क्रमशः हात्तीको सँुड, कान, खुट्टा, भुँडी र पुच्छर नजीक राखिदियो र हात्ती छाम्न भन्यो । आफूले हात्तीको जुन अङ्ग छामेका थिए हात्ती भनेको त्यही रहेछ भनेर मन्त्रीहरूले लख काटे । सुँड छाम्नेले हात्ती भनेको मोटो नरम नलीजस्तो हुँदोरहेछ भन्ने बुझ्यो । त्यस्तै कान, खुट्टा, भुँडी र पुच्छर छाम्नेले क्रमशः हात्ती भनेको नाङ्लो, काठको मोटो खम्बा, ठूलो घ्याम्पो र मोटो डोरी भन्ने बुझे । सबैले माहुतेलाई हात्तीको आफ्नै परिभाषा सुनाए, एक आपसमा छलफल गर्ने चेष्टा पनि गरेनन् । माहुतेले कुटील मुस्कान छोड्यो ।
मन्त्रीहरू अब जनताको काममा देशाटन गर्नुभन्दा दिनहुँ हात्ती छाम्न र मोज मस्ती गर्नमै ब्यस्त रहन थाले । उनीहरूले जनताको आवाज सुन्न पनि छाडे र दिनहुँ हात्ती छामेर त्यसको मालीक हुन पाएकोमा गर्व गरी खाली मोज मस्तीमै डुब्न थाले । उनीहरूले पहिला जसले जुन अङ्ग छामेका थिए, माहुतेले दिनहुँ त्यही अङ्ग मात्रै छाम्न दिन्थ्यो । अर्को अङ्ग छ छैन वा हात्ती भनेको यत्ती नै हो त भन्ने सोच उनीहरूमा कहिल्यै आएन र माहुतेलाई सोध्ने कष्ट पनि गरेनन् । देशको ढुकुटीबाट किनेको हात्तीको मालीक बन्न पाएको गर्व र अहंकारले गर्दा उनीहरूको बुद्धिमा बिर्को लागेको थियो ।
मन्त्रीहरूलाई डुलाउन नपरेकोले माहुते पनि बसि बसि खान पल्केको थियो । मन्त्रीहरूले आ-आफ्नै हिसाबले गरेको हात्तीको परिभाषाबाट फाईदा लिने कुटील उद्देश्यले माहुतेले एउटा प्रयोग गर्ने सोच निकाल्यो । उसले हात्तीलाई अर्को ठाउँमा सा¥यो र हात्तीको अङ्गहरूको स्थान अनुसार सँुडको ठाउँमा मोटो नली, कानको ठाउँमा नाङ्लो, भुँडीको ठाउँमा घ्याम्पो, खुट्टाको ठाउँमा काठको खम्बा र पुच्छरको ठाउँमा मोटो डोरी एकदम सतर्कताकासाथ मिलाएर राख्यो ।
भोलीपल्ट मन्त्रीहरू हात्ती छाम्न जाने समयमा उसले सदाझैं चलाखी गरेर जसले जुन अङ्ग छाम्ने गर्थे त्यही अनुसार राखिएको बस्तुको नजीक लगिदियो । मन्त्रीहरूले हात्तीको अङ्गहरूको बदलामा त्यही नली, घ्याम्पो, नाङ्लो आदि छामेर हात्ती त्यहीँ भएकोमा ढुक्क परे । आफ्नो प्रयोग सफल भएकोमा माहुते दङ्ग परेर मुसुक्क हाँस्यो ।
माहुतेले अब मन्त्रीहरू छ महिना वा एक बर्षमा मात्रै देश घुम्ने भएकोले ऊ आफू बसिरहनु पर्ने औचित्य नभएको हुँदा केही दिनको बिदामा आफ्नो देश जान पाउँ भनी निवेदन ग¥यो । मन्त्रीहरूले पनि आफू घुम्न जाने समयमा उसलाई खबर गर्ने र सो अनुसार माहुते त्यहाँ उपस्थित हुनुपर्ने सर्तमा उसको पारिश्रमिक दिएर उसलाई बिदा दिए ।
माहुतेले आफ्नो पूर्व योजना अनुसार हात्ती पनि सुटुक्क आफूसंगै लिएर गयो । मन्त्रीहरू भने डोरो, घ्याम्पो, नाङ्लो आदि छाम्दै आफू हात्तीको मालीक हुन पाएकोमा दङ्ग परी जनताको बेवास्ता गर्दै मोजमस्तीमै दिन बिताईरहे ।
हेमनाथ घिमिरे,
बाहुन डाँडा, लमजुङ् ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
26 min 14 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 52 min ago - hlw
22 hours 33 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- केही टुक्राहरू
- मनपर्यो अमेरिका ?
- निशब्द पोखिएको प्रेम
- ... आयौ भन केका लागि
- दुःखी चेली
- आखिर तिमीले फाल्नु थियो
- गजल
- मेरो पाखा बारी
- "तीजको गीत"
- यसपालीको दशैं टिको लाउन पाइन
- जसै बङ्गको रंग छाडेर आयें
- पीपलबोट
- नाट्यसाहित्यको गहकिलो समालोचना
- एउटा अविस्मरणीय यात्रा
- घान्द्रुकमा रमाउँदाको क्षण
- हार र जीतको खेल
- माग्नेकी आमा
- यस्तै छ खुल्दुली
- गार्है हुदोँ रैछ पाउन बिष समेत माग्दा
- लुटेराहरू

Yo katha dheri ramro
अतिथि — Fri, 01/08/2010 - 15:49Yo katha dheri ramro cha.
Prarup & Pranav Acharya
Meridian International School,
Baluwatar, KTM.
It really is a great
अतिथि — Fri, 01/08/2010 - 16:36It really is a great satirical story. I think it is related to the Big Projects or something similar that are often carried out in Nepal. The story has full flow, interesting and gives good satire. Keep up sir with your great writing.
Rupesh
Thank you Prarup & Pranav
Hem Nath Ghimire — Sat, 01/09/2010 - 10:38Thank you Prarup & Pranav Acharya jee and Rupesh jee.
यस्ता हात्ती त नेपालमा कति
kbs — Sun, 01/10/2010 - 15:23यस्ता हात्ती त नेपालमा कति कति! सोच्न बाध्य गराउने कथा लेख्नुभो हेमजी! धन्यबाद छ।
Good satire to present
अतिथि — Sun, 01/10/2010 - 15:42Good satire to present Nepalese context. May be the Mahute will come next time to make the ministers buy another Hatti and cheat similarly.
Kedar
Thank you kbs jee and Kedar
Hem Nath Ghimire — Wed, 01/13/2010 - 20:03Thank you kbs jee and Kedar jee.
hami nepali janta ni tehi
अतिथि — Tue, 01/19/2010 - 12:49hami nepali janta ni tehi mantri haru hau............ hamra politic leader harule j dekhaya tesailai sansar mani rahe ka chau ..........
thank u verymuch 4 ramro katha .......
Post new comment