Skip to content

आउ युद्ध लडौं

आउ एउटा युद्ध लडौं
जहाँ बारुदको कुनै हल्ला हुने छैन
रणनीति को कुनै सल्लाह हुने छैन
केवल मौन संघर्स हुने छ
एक अर्काको परिपुरक बनि
दुवैलाई जिताउन

मेरा बाटो हराएका सिपाहीहरुलाई
तिम्रा द्वारपालहरुले मार्गदर्सन गर्न सक्छन
तोपहरुले तिम्रो किल्लामा
मुलायम प्रहार गर्न सक्छन
अनि तिमि ” अस्तव्यस्त ” हुन सक्छौ
त्यही अस्तव्यस्तता को चरम बिन्दुमा
मेरो ” विजय ” को झन्डा फहरिन सक्छ

विजय उत्सव मनाउन नपाउदै
मेरा सारा सक्तिहरु ” स्खलित ” हुन सक्छन
अनि म पनि ” पराजित ” हुन सक्छु

आउ एउटा युद्ध लडौं
जहाँ केवल तिमि र म हुनेछौं
मेरो हारमा तिम्रो जीत हुनेछ
तिम्रो हारमा मेरो जीत हुनेछ
न कुनै विपक्षी न कुनै विरोधि
केवल मौन संघर्स हुने छ
एक अर्काको परिपुरक बनि
दुवैलाई जिताउन

त्यसैले
आउ आजै त्यो युद्ध लडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *