Skip to content

के भो र अचेल


के भो र अचेल मुस्काउन छाड्यौ
खुशीको सागर छल्काउन छाड्यौ
वसन्ती हावा चलीरहेछ
पालुवा बीच सुसाउन छाड्यौ
के भो र अचेल मुस्काउन छाड्यौ

नयन यी मेरा प्यासी बनेर
हेर्ने रहरमा दासी बनेर
खुलै भएर रहदा नि पलपल
गुलाबी ओठ फुकाउन छाड्यौ
के भो र अचेल मुस्काउन छाड्यौ

फूलका थुंगा साथी बनेर
खेल्ने रहर मा पर्खी रहेर
गीतै बुनेर गाउदा नि हरपल
हसिलो मुहार देखाउन छाड्यौ
के भो र अचेल मुस्काउन छाड्यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *