Skip to content

बुढा सुब्बाका बाँसहरूमा तिम्रै नाम खोप्न पाऊँ


बिपनाका खेतबारीमा, मनको माया रोप्न पाऊँ,
बुढा सुब्बाका बाँसहरूमा तिम्रै नाम खोप्न पाऊँ।।

सात समुद्रपारिबाट, फर्किएर अर्को बर्ष,
तिमीलाई नै नवशृंगारमा, पछ्यौरीले छोप्न पाऊँ।।

प्रवासका दिनहरू, मजदुरी मै बिते पनि,
सुनसान रातैभरि, तिम्रै सु-स्वप्न पाऊँ।।

बिपनाका खेतबारीमा, मनको माया रोप्न पाऊँ,
तिमीलाई नै नवशृंगारमा, पछ्यौरीले छोप्न पाऊँ।।

Bishworaj Neupane,
Hetauda-3, Devipath,

Leave a Reply

Your email address will not be published. Required fields are marked *