Skip to content

“नयाँ नेपाल र परिवर्तनको लागि युवा शक्ति…!!! “


देश संक्रमणकालवाट गुज्रिरहेको छ । जताततै हत्या, आतंक, अपहरण, विष्फोटन , आगजनी ,लुट ,धम्की, कालोवजारी, सामुहिक नरसंहार र वलात्कार, अभाव तथा अन्यायले मृत्युशैयामा पुयाईएको मेरो देशलाई आज राजनेता होइन इमान्दार देश हाँक्न सक्ने युवाको खाँचो छ । विश्वेश्वर प्रसाद कोईरालाको अवसान पछि मदन भण्डारीले नाटकीय रुपमा मान्छे्को मन जित्ने अभियानले सगरमाथा छुनै आटदा र आस्था धरोहर वन्ने यात्रामा जादै गर्दा उन्को गन्तव्य पुग्न अगावै यात्रा रोकियो र दोस्रो सम्भावनाका राजनेतालाई गुमाउनु पर्यो । विश्वेश्वर र मदन भण्डारीको अवशानपछि देशमा अनगिन्ति राजनितिक परिवर्तनहरू भए । परिवर्तनले बिकास र विनाश दुवै खाले संरचनाहरू भित्रायो । वावुराम र प्रचन्डसंग जनताले निकै ठुलो आशा गरेका थिए र उनीहरूको राजनैतिक प्रतिवद्धताले यस्तो लाग्दथ्यो कि देशमा सच्चा राजनेताको उदय हुदैछ, तर देशले पुनः अर्को धोका व्याहोर्नु पर्यो । उनीहरूले पनि पार्टी स्वार्थ भन्दा माथि उठन नसकि जन अपराधका सृंखलावद्ध घटनाको प्रतिनिधित्व गरिरहदा र अहंकार र घमण्डका भाषणहरू वमन गरिरहदा संभावित राजनेताको चरित्र कतै भेटटाउन सकिएन । तथापि यी दुवै ऐतिहासीक नामहरूले – वीसौं हजार मानिसको मुल्य गुमाएर भएपनि कमसेकम तानासाही राजतन्त्र जो राष्टिय बिकासको लुतो वनेर रहेको थियो त्यसलाई परास्त गर्ने ऐतिहासिक अभियानको जस उनीहरूलाईनै जान्छ, इतिहासमा सुरक्षित ठाउ पाउनेछन् । तथापि राजनेताको संभावित अवसरवाट चुकेकाछन् । अव राजनेताको सम्भावना बोकेका छन समाज र देश परिवर्तनका लागि जन्मिएका नेपाली युवा शक्ति जो हामी हुन सक्छौ र राजनेता मात्रै होइन इमान्दार देश हाँक्न सक्ने युवा शक्ति बन्न सक्छौ हामी।

नेपाली युवाको राजनैतिक इतिहास र उचाई त्यति विग्न ठुलो नभए पनि हामीहरू हुने विरुवाका चिल्लो पात चाहि निश्चयपनि बन्न सक्छौ । हामीहरू राजनेताको सम्भावना मात्रै होइन इमान्दार देश हाँक्न सक्ने युवा वन्न सक्छौ । त्यसैले देशलाई प्रशव वेदनाको पिडावाट मुक्त गर्न र राष्ट्रि्य ढिकुटीमा दिनदहाडै हुनेगरेका ढकैतिलाई रोक्ने अभियानको नेतृत्वलिन हामी नेपालमा वस्ने २ करोड ७० लाख नेपाली र प्रवाशमा वस्ने लाखौ शुभचिन्तकहरूको तर्फबाट युवा शक्तिलाई अनुरोध छ ।

यस अनुरोध संगै हामी आँफैका केहि आग्रह र सुझावहरू पनि छन् हामीहरूलाई नै ।

वेलुका भएपछि जाड र तरुनी, वगमफुस्रे गफ र कार्यकर्तासंग अपराधिक कृयाकलापका वारेमा गृहकार्य, शक्ति र सत्ताको अपचलन गर्दै गन्हाएका भ्रष्ट तथा अयोग्य तथाकथित नेताहरूको चरित्र र दिनचर्या भन्दा फरक हुनुपर्छ युवाका कार्यसूची, अध्यनशिल विवेकी र शंवेदिनशिल हुनुपर्छ युवा शक्ति । कार्यकर्ता र राजनैतिक लठैतहरूलाई गरिने फजुल खर्च, र मोज मस्तीका नाममा नेताहरूले गर्ने खर्चहरूको श्रोत भ्रष्टचारनै हो भन्ने हामीले वुझेका छौ । यो महारोग नियन्त्रणको अभियान हामी हरूलेथाल्नुपर्छ । भ्रष्ट व्यक्तिलाई कारवाहि र इमान्दार व्यक्तिलाई पुरस्कार दिने प्रचलनको सुरुवात गर्नुपर्छ हामीहरूले । नेतामुखि हैन जनतामुखि हुनुपर्छ हामीहरूको विश्वास । व्यक्तिको हुकुमवाट चलाईएको नेपाललाई संस्थागत तथा पारदर्शि वनाउने अभियानको सुरुवात हामीहरूवाट हुनुपर्छ । कार्यकर्ता र आफन्तमुखि हैन, सिदान्त र राष्टियहितमा हुनुपर्छ हामीहरूले नेतृत्व गरेको नयाँ नेपालको निर्णयहरू। सरुवा, वढुवा, नियुक्ति र आर्थिक कारोवारमा सम्वन्ध राख्ने व्यक्ति र विषयमा हामीहरूको सहभागिता सुन्य हुनुपर्छ । राजनिति पेशा हैन समाज सेवा हो भन्ने कुराको उदाहरण वन्नुपर्छ हाम्रो जीवनशैलि । उत्कृष्ट विचार र ज्ञानभएका नागरिक समाजका अगुवाहरू, पत्रकारहरू, रंग कर्मीहरू, समाजसेवि र पेशाकर्मिहरू सहितको मानव ज्ञानकोषको सुरुवात गर्नुपर्छ हामीहरूले । साथै विभिन्न पार्टी इमान्दार नेताहरूलाई उच्च विचार भएका राजनितिक ज्ञान भएका विभिन्न पार्टी इमान्दार नेताहरू समेतलाई यस मानव ज्ञानकोषमा समाहित गर्नुपर्छ हामीहरूले । त्यही ज्ञानकोषको सहयोग र सहभागितामा नया नेपालको खाका तय गर्दै समृद्ध नेपाल निर्माण अभियानको नेतृत्व लिनुपर्छ हामीले । लाखौ लाख नेपाली राष्ट्रिय धरोहरहरूको सहयोगवाट हामीहरू राजनेता हुने यात्रामा अनवरत अगाडि बढेउ भने मन भाचिएका लाखौ प्रवाशीहरूको सहयोग र सदभाव हामीहरूमाथि हुने छ । हामीहरूको व्यक्तिगत चरित्र र दिनचर्याले वताउछ हाम्रोको भविष्य । संसारले हामीहरूको कृयाकलाप र व्यवहारलाई नजिकवाट हेरिरहेको छ । हामीहरूको दिन चर्याको हिशाव किताव इतिहासले राख्दछ । खाली पेटले समाज सेवा गर्न सक्दैन र भोकाएको मान्छेवाट समाजले कुनैपनि सृजनात्मक उपलव्धिको आशा गर्न सक्दैन , यस सत्यलाई हामी सवैले वुझेका छौ । यदि हामीहरू देश र जनताको स्वार्थमा जीवन आहुति दिन तयार भै राजनेताको चरित्रको संवेदनशिल र कठोर यात्रा सुरु गर्न तयार हुन्छौं भने मेरो र तपाईका सहयोगीहरूको सम्पूर्ण खर्चहरू – सामान्य एउटा मान्छेलाई , नेतालाई, राजनेतालाई चाहिने सुविधा र वन्दोवस्तीका पूर्वाधारहरू नेपालमा वस्ने २ करोड ७० लाख नेपाली जनता र प्रवाशमा वस्ने लाखौ शुभचिन्तकहरूको तर्फबाट प्रत्येक दिन देश सम्झी रोइरहेका नेपालीहरूको रगत र पसिनाले आर्जेको कमाइवाट निकल्ने छन र हामीहरूको राजनितिक जीवनमा लगानी गर्नेछन।

देशलाई आजको मितिसम्म ठेल्दै ढकेल्दै वचाउने प्रयत्न गर्दै अनवरतरुपमा राम्रो उदेश्य राखेर नेतृत्व दिन खोजेका विभिन्न पार्टिका सज्जन नेलताहरूलाइ हाम्रो सलाम छ । परिवर्तन र जनअधिकारका लागि लडदै गर्दा जीवन गुमाउने नागरिक तथा कर्तव्य पालन गर्ने क्रममा जीवन गुमाउने शुरक्षा कर्मिको मृत आत्माले शान्ति पाओस । मृत २० औ हजारका विधवाहरू, वाल वच्चाहरू आमाहरू, वुवाहरू, आफन्तहरू, र गाउलेहरूको आशुको सरापले भस्म होउन, भ्रष्टहरू, । समाजमा भएका विकृती र विसंगतीका विरुद्ध आवाज वुलन्द गर्ने कलाकार र पत्रकार, रंग कर्मीहरूलाई निरन्तर अगाडि वढदै हेपिएका जनताको अधिकारका लागि लडन अनुरोध गर्दै राष्ट्र् निर्माणको अभियानमा जुटिरहन अनुरोध गर्नुपर्छ हामी युवा शक्तिहरूले । यदि नेपाली युवा शक्तिवाट हामी आँफैको प्रस्तावमा सहमति भयो भने नेपाली युवाले टुढिखेलमा नया नेपालको पहिलो प्रस्ताव लाखौं जनताका अगाडी शंखघोष गर्नेछन्।

(प्रस्तुत लेख युवा पंक्तिको राजनीतिक बिकासक्रम र अैले सम्मको नेपाली राजनीतिक इतीहसको अध्ययनबाट विश्लेषण गरेर लेखिएको हो)

-राजेन्द्र गौतम

(जोनल रेप्रिजेनटेटिभ, नेपाल युथ भलुन्टरी क्लब)

(उपाध्यक्ष, नेपाल युथ भलुन्टरी क्लब काठमाण्डौ)

http://rajendragautam.webnode.com/

1 thought on ““नयाँ नेपाल र परिवर्तनको लागि युवा शक्ति…!!! “”

Leave a Reply

Your email address will not be published. Required fields are marked *