Skip to content

तिम्रो सम्झना

कस्तो न्यानो स्पर्स हो आँखा बाट मन मा सर्ने
थाहा थियो एक्दिन तिमी डाँडै काटी जान्छौ भन्ने

बाल्य काल मा तिमी हामी रम्दै रम्दै लुकी खेल्दा
थाहा थियो तिमले मलाई आँखा छोपी चिन्छौ भन्ने

डाडा पारी रहेपनी मन भित्र सजाइ रहौ
थाहा थियो तिमले मलाई मनको ईश्वर मान्छौ भन्ने

सधैं अटल यो विश्वाशको सबै राज खोतल्न लाई
थाहा थियो आँखा बाटै तिमले सुरुङ खन्छौ भन्ने

सपनी मा देख्छु जहीले तिमी रूही रहेको मात्र
संकापो गर्न थाल्यौकी मलाई त्यो मन कति लान्छौ भन्ने

योग राज

दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *