Skip to content

पिरोल्छौ किन


जिली गाठी अरुसामु खोल्छौ किन ?
अमृतमा बिष तिमी  घोल्छौ किन ?

म त निर्दोष सोझो मान्छे  हजुर
मेरै खिलाफमा सधैं बोल्छौ किन ?

म  त घर न घाटको  बनिसकें
झनै मलाई अफसोस बिथोल्छौ किन?

तिमीबाट टाढा बाच्न मन लाग्छ
बिगत कोट्याउदै पिरोल्छौ किन ?

कोइला खरानी  बनिसकेको  छु
अझै खिलाफीको मुटु पोल्छौ किन ?

 खगेन्द्र खिलाफी
 पाख्रिबास धनकुटा
 हाल दोहा

1 thought on “पिरोल्छौ किन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *