Skip to content


च्यातिएको कापीमथी, पोखिएको मसी
त्योई मसीले लेखेको अक्षर हुँ
पढ्नु हाँसी हाँसी.
त्यही अक्षरमा पाउने छौ तिमीले मैले तिमीलाई रोजेको ….

प्वाँख बिनाको चरी हुँ म
उड्छु आकाशभरि
लार्बराउँदै खस्न खोज्छन् भुईंमा घरिघरि
त्यही लार्बराइमा पाउने छौ तिमीले मैले तिम्रो साथ् खोजेको…….

पानी बिनाको खोला हुँ म
बगर बनी तिमीलाई पर्खेको
वर्षयामको भेलसँगै तिमी नआउँदा सुसउँदै झर्केको
नपत्याए तिमी आउनु भेल बनी
म हुनेछु तिमीलाई पर्खेको …..

चट्न बिनाको पहाड हुँ म
जहिले ढल्न सक्ने
साउनको झरीसँगै
फुस्सा गल्न सक्ने
नपत्याए हेरे हुन्छ तिम्रो अभावमा छाती मेरो चर्केको ………………..

राजेश रुम्बा लामा
दोहा कतार
[email protected]

1 thought on “हुन त तिमीलाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *