Skip to content

आज मलाई मन लाग्यो


पुस माघको जाडो याममा घाम बनी
कोमल अंग अंगमा स्पर्ष गर्न मन लाग्यो
चैत मासको खडेरीमा हिउको सीतल कञ्चन पानी बनी
थोपा थोपा त्यही अंग अंगमा झर्न मन लग्यो !

वर्षायामको भेलमा लौरी बनी कोमल हातबाट
समाउदै खोली तर्न मन लाग्यो
कसैको दिलदार बनी त्यही कोमल हात
सुम्सुम्यौदै सुख दुखको गफ गर्न मन लाग्यो !!

हावाको बेगसँगै फ़र्फ़राउनि कालो लामो कपालको
रातो रिबन बन्न मन लाग्यो
अध्यारी रातमा कसैको साथमा आकाशको तारा
उसलाई देखाउदै गन्न मन लाग्यो !

ती मृगनयनलाई छेक्भार लाउने
लामो-लामो परेली केस बन्न मन लाग्यो
पागल प्रेमी बनी कसैलाई भेट्ने दिन
पल पल औला भाच्दै गन्न मन लाग्यो !

राजेश रुम्बा लामा
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *