Skip to content


उनी पाउनु शिखर चुम्नु उस्तै हो र साथी
असफलता नै सफलता हो बढाऊ कदम माथि

आफ्नो दोस आफै देख्नु महानता हो हेर
सच्चा प्रेम कसको खेर गयो भन् साथी

धोका दिए धोकेबाज सबले भन्छन उसलाई
गाली थाम्न सक्ने जस्तो लागेन है साथी

पैसासँग माया साँटछन् अचेलका मानिस
हिरामोती माणी दिन्छु भन्नु होस् न साथी

ठुलै त्याग गरे झैँ गर्नु भयो गजलमा
तपाईहरु बिचको कुरो म जान्दिन है साथी ,

लखनपुर ३ ,झापा, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *