Skip to content

गल्ती थियो चोखो, माया लाउनु नै


गल्ती थियो चोखो, माया लाउनु नै
तिम्रा लागि मैले, दुःख पाउनु नै

भेटौ भन्यौ हुन्छ भने, त्यही नेरै गल्ती भयो
आत्मघाती कदम थियो, भेट्न आउनु नै

प्राप्तिमात्रै सारा, हैन रैछ संसारमा
साढेसाती रैछ, तिमीलाई पाउनु नै

देख्दामात्रै फूल रैछौ, मुटुभित्र काँडा भयौ
गल्ती थियो लठ्ठ पार्ने, गीत गाउनु नै

http://search2cactus.blogspot.com/2010/01/blog-post.html

मझेरीमा पहिलो पटक प्रकाशित : 2010-01-19 14:10:27 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *