Skip to content

साहस बाँकी छ


धुजा धुजा यो जिन्दगी, फ्यालुँ भने सास छ बाँकी छ
सलाई कोरी लगाए बल्छ होला, तर आस छ बाँकी छ

दु:ख मेरो नीजि धन हो सुख बेची कमाएको
कल्पेको छैन महलको वास, झुपडीको बास बाँकी छ,

सिउछु कहिलेकाँही यो जिन्दगी, खुशी साट्ने बहानामा
यो त सुरु हो, यथार्थ बाच्नु पर्ने जीवन खास बाँकी छ,

आफ्नाहरू पराइभइ दिए ठुलै आस थियो क्यार प्राप्तिको
केहि बाड्न सक्छु कि रंग, तिमीसंग मनाउने मधुमास बाँकी छ

हिम्मत हारेको छुइन सघर्सको मैदानमा, बलिदानी मर्नु परे
आउ एक जुट हौ, संसार बदल्ने मसंग साहस बाँकी छ

तिर्थ (यात्री)पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल;बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *