Skip to content

तिमी समुद्र म चाहिँ खहरे खोला


तिमी समुद्र म चाहिँ खहरे खोला
बगरमा परिणत हुने मेरो यो चोला ……….

तिमी बृन्दावन म चाहिँ न्याउली चरी
विरहको गीत गाउदै रुने दिनभरि ……

तिमी जोडी पिपल म चाहिँ एक्लो बर
तिमी मौलाएको छौ म त धमेरोको घर ….

तिमी सगरमाथा म चाहिँ भीरको घास
चैतमासमा डँढेलोले पार्ने सर्बानास……..

तिमी पुर्णे जुन म चाहिँ औशी रात
संसार नै अध्यारो छ छैन केहि साथ ………

तिमी समुद्र म चाहिँ खहरे खोला
बगरमा परिणत हुने मेरो यो चोला ……….

राजेश रुम्बा लामा
दोहा कतार
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *