मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
समाजसेवा
kbs — Mon, 02/08/2010 - 23:15
ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ पनि। मेलमिलाप र सद्भाबमा विश्वाश गर्छ। आफुले सहेर अरुलाई हँसाउनुमा ऊ रमाउँछ। आँफै अघि सरेर सामाजिक उत्सब,पर्ब र अबसरहरूमा सहभागिता जनाउँछ र सकेजतिको जिम्बेबारी पनि लिन्छ। प्राय सबैखाले सामाजिक कार्यक्रम र मरौपरौमा उपस्थित हुन्छ। हुन नसक्दा दु:ख मान्छ। आफ्नो घर परिवारलाई भन्दा पनि बढी समाजलाई महत्व दिन्छ।यसरी समाजसेवा जस्तो पवित्र काममा थोरै भए पनि संलग्न हुन पाएको र गर्न सकेकोमा आफुलाई भाग्यमानी ठाँन्छ।
समय बित्दै जाँदा उस्का बारेमा बिभिन्न खाले प्रतिकृयाहरू बजारमा आउन थाल्छन। मान्छेहरू भन्छन, त्यो फटाहा हो। सबैलाई नमस्कार टक्र्याउछ किनकि ऊ सबैको अगाडि प्रिय हुन चाँहन्छ। जताततै चन्दा दिन्छ किनकि ऊ नाम कमाउन चाँहन्छ । जहाँतही उपस्थित हुन्छ किनकि सबैलाई धन्यबादी बनाउन चाँहन्छ । सबै संघ-सस्थामा हात हाल्छ किनकि ऊ नामको भोको छ। हरेक उत्सबहरूमा सहभागी हुन प्रोत्साहित गर्छ र टिकट बेच्छ किनकि यसबाट प्राप्त हुने मुनाफाबाट उस्लाई घर परिबारको गुजारा चलाऊन सजिलो हुन्छ ।
यस्ता आरोप, प्रत्यारोप र बिरोधका शब्दहरू सुनेर ऊ मर्माहात हुन्छ। उस्को अन्तर मनले भन्छ- तँ समाज सेवा गर्न बन्द गर । घर परिवारको गाँस काटेर गरेको समाजसेवाको परीणाम तिरस्कार हुन सक्दैन। केबल परिवारको वरीपरी घुमेर बस। मोज मस्ती गर। के तैले समाज सुधार र बिकासको ठेक्का लिएको छस र ? अर्काको नाममा पैसा र समय खर्च नगर।सकेजती सम्पत्ति कमा,बचा र आफु संपन्न हो।भौतिक सुबिधा संपन्न जिबन भोग। अर्को मन ले भन्छ- खराब नियतले सहयोगी हुन खोजेको नाटक गरेको होस् भने तँ दोषी छस नत्र अर्काले बिरोध गर्दैमा तेरो के नोक्सान भएको छ र ? जो केही गर्दैन ऊ केबल बिरोध मात्र गरिरहन्छ। त्यस्ता कृतघ्नहरू समाजका बाधक हुन। तिनिहरू समाजका धमिरा हुँन। उस्ले आफ्नो शरीरका सबै अँगहरू छाँम्छ,सबै अँगहरू यथास्थितिमा पाँउछ । टाउकोमा भएका केशराशीहरू छाँम्छ, एउटै केश पनि झरेको हुँदैन। उस्ले निर्णय गर्छ-कसैले बिरोध गर्दैमा मानवसेवा जस्तो पवित्र काम रोक्नु भनेको निकम्माहरूको आत्माबल बढाउनु हो।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 35 min ago - hlw
21 hours 16 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 15 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- गजल
- तिहार तिमी.......!
- गजल
- प्रियसी संग बिछोड हुँदा
- बिछोडमा तिम्रो
- सँगै तरौंला, सँगै मरौंला
- भाग्यरेखा
- "कसैको त"
- छातीभित्र देश दुख्छ
- गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र
- सिजो
- मझेरी खबर
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- ???कीन ????
- जब आँखा-आँखा एक साथ लड्न थाल्यो
- वर्गमित्रको पक्षमा
- तीन मुक्तक
- हाम्रो बारेमा
- गर्छु अरु भन्दा फरक काम
- दोलखामा कुमारी भैरव जात्रा

Post new comment