मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
परदेशी छोरीछोरालाई चिठ्ठि
prem babu — Mon, 02/01/2010 - 01:34
हजारौं बाधा र अड्चनहरुसग मुकाबिला गर्दै
आफ्नु भबिस्य सफल र सुखमय बनाउने
उद्देस्यले परदेश पसेका मेरा प्यारा परदेशी छोरी छोरामा
यो तिम्री पीडित नेपाल आमाको शुभ प्यारका साथै शुभ आशिर्वाद ।
यो बुढेसकालमा घरले जा-जा र बनले आइज-आइज भन्ने बेलामा पनि केबल तिम्रो मुहार हेर्ने आसामा एक मुठ्ठि सासलाई अल्झायर बचेकी छु। तिमीहरु बिदेसिएको पनि बहुत समय भयो र पनि यो पीडित आमालाई सम्झियर एक पटक पनि फर्केनौ किन ? तिमी जानेबेलमा भन्थेउ आमा तपाईंले ज्यादा चिन्ता नलिनु,म चडैनै फर्कन्छु। तर याहा तिमिजादा जन्मियका बच्चाहरु जवान भैसके। याहाँ प्रकृतिले पनि घुम्टो वढिसकेको छ। तिमिजादा याहाँ जति खुसि थियो आज त्यतिनै दु:ख र कस्ट बढेको छ याहाँ अहीले जताततै बिक्रिती छाएको छ सत्य र साचो कुरा बोल्न पाइदैन। बनी बुथो गरेर पकाको गास याहाँ खान पाइदैन। सारै नराम्रो हुरी चलेको छ । कुन बेला कुन घरको छानु उडाउने हो? त्यो केही थाहा हुदैन । हिजो शान्तिको ज्योति छर्ने बुद्द आज निदायका छन् । सदै हाम्रो सम्रक्ष गर्ने पशुपतिनाथ आज आफै अनाथ भयका छन् । ती मेरै काखमा सधैं मुस्कुराइ रहने हिमशिखरहरु पनि आज नरमाइलो सग नियास्राइ रहेका छन् । त्यहि हिमलमा रमायर रङ्गी चङ्गी गीत गाई नाच्ने डाफे,मुनल र मयुरहरु पनि अहीले निर्मोही भाकामा कराउन थालेका छन् । त्यती मात्र कहाँ होर हिजो आज घरको रक्षको लागि पलेको भोटे कुकुर पनि रातपर्न नपाउदै हुँ >> हुँ >>> गरेर रुन थालेको छ । खोरमा थुनेको पोथी कुखुरी पनि आधी रातमा नै कुखुरी का>> गरेर बास्न थालेकी छे । मलाई यी सारा कुराहरु हेरेर उदेक लागिरहेछ । गाउ मा सभ्यताको लहर छाउनु पर्छ भन्ने गर्थेउ तिमीले तर आज यही गाउमा दाईले बैनीलाई बैनीले दाजुलाई भाईले दिदीलाई दिदीले भाईलाई बिदुर र बिदुवा बनाउने सभ्यताको बिकास भयको छ । याहाँ मेघ गर्जेर चट्याङ परे सरी बन्दुकहरु पड्कने गर्छन् ।
त्यसैले छोरा छोरिहो मेरो सिर झुकीसकेको छ । किन तिमीहरु यो आमालाई छोडेर सदै परदेशमा बस्छौ? मलाइ त सङ्का लाग्छ कतै यो दुखी आमालाई बिर्सेकात हैनौ ? याहाँ प्रत्यके प्रकृतिले तिमीलाई नै निम्त्याइ रहेछ । म तिम्री आमालाई पनि अहीले तिम्रो अतिनै आबस्यक परेको कारण यसै "मझेरी" मार्फत तिमीलाई यो पत्र पठाउदै छु । यो पत्र पाएर पनि तिमी आएनौ भने भोली तिमीले मलाई आमा भनेर बोलाउन र मेरो मुहार सपनामा सिबाए देख्न पाउदैनौ । तिम्रो घर भडियको छ तिम्रो गाउ बरालियको छ । गाउलाई सभ्यताको गोरेटोमा डोर्याउन भाई-भाइमा भयको झगडालाई साम्य बनाउन निदायका बुद्धलाई ब्युझाउन हिमशिखरहरुलाई हसाउन दाफे,मुनाल र मयुरलाई नचाउन तिमी जसरी भएपनी आउनै पर्छ । त्यसैले पराक्रमी छोरी छोरा हो चाडै आउ भन्दै तिम्रो प्रतिक्षमा तिमिआउने बाटो टोलायर बस्ने म तिम्री आमा नेपाल। म तिम्रै आमा नेपाल।। म तिम्री आमा नेपाल।।।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
19 min 24 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 46 min ago - hlw
22 hours 26 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना !!!!
- कहाँ छ ?
- बैशालु यो हावा आयो
- ओठै नचलाई बोल्थिन उनी
- ‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’
- दुखेको दिल
- सक्नुपर्छ माया गर्न टाढा को हुन्न र?
- नालापानी
- एउटा बूढो पहाड
- प्रभु, मलाई बचाउनु होस्!
- देवकोटासँग एउटा साँझको कायान्तरण
- सम्झनामा एक आत्मीय अग्रज
- परदेशीको सम्झना
- अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने
- यहाँ यस्तै छ
- भानु चेत जयन्तीमा बाहुन बनाइँदा
- कुरा चल्दैछ तिम्रो बारे
- डर लाग्छ
- रातो कोट
- समस्या

Post new comment