Skip to content

स्वाभिमान नेपालीको लुटियो


स्वाभिमान नेपालीको लुटियो
बचेको केही अस्मिता लुछियो

अस्तित्व रक्षाको लागि आवाज उठाउदा
सबै किसिमका बल प्रयोग गरी चुटियो

अत्याचारको पनि सीमा हुन्छ
बिरोध गर्दा बुटले कुटियो,

म एक्लो थिए कलमी आन्दोलनमा
दबाउन शब्द, सारा शक्ति ममाथि झुतियो,

लेख्न पाउनु मेरो अधिकार हो भन्दा
बोल्छस तिर्थे भनेर जिब्रो थुतियो,

चाहरियाई रहेको थियो त्यो घाउ
पुगेन यसलाई भनेर मुख मै मुतियो,

अब त लेख्नु पर्छ होला राजीनामा जिन्दगीको
आस हरायो, मृत्यु शैयामा पो सुतियो,

लखनपुर ३, झापा, नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *