Skip to content

जड्याहाको बस्ति र म

तिर्थ (यात्री)पौडेल
जड्याहाको बस्ति र म
म यात्री;संसारको परिक्रमा गर्ने शब्द्द्रारा
म एक आमनागरिक,आफ्नै प्यारो जन्म भुमि नेपालको ,
गरिबीका कारण
साहुहरुद्रारा सामुहिक आक्रमण हुदा
बिदेशीए र निर्वाशित जिबन बिताई रहेको
लाहुरे भनाउदो
इच्छाहरुलाई बन्धक राखेर
चाहानालाई चित्तामा दागबत्ती झोसेर
काजक्रियामा बसेको म क्रियापात्र

म आफुलाई जड्याहा बस्तीको
एक्लो बृस्पति सम्झन्छु
तर एक्लो बृस्पति झुटो हुन्छ भन्छन,
जाड़ले मातेकाहरु मातेपछी,
आफुलाई बाघबिर सम्झन्छन
संसार आफ्नो मात्र पेवा सोच्दछन
जड्याहरु
जड्याहरु आफुलाई संसारको सक्तिशाली ठान्दछन
चार बेद अठ्ठार पुराण खाए झैँ बक्द्छ्न,
म जड्याहाको गफ पंधेर्नीको गफसंग तुलना गर्छु
जड्याहाहरु पिउनुलाई स्वणियम आनन्द मान्छन
म अँध्यारोमा भेटाएको गाडीको उज्यालो मान्दछु
जड्याहाहरुको मात्नुनै धर्म हो ,
क्षणिक सुखमा,प्राप्तिमा समाप्तिमा
म पनि मात्छु, उनीहरु पिएर मातेको सम्झन्छन,
आउछन अङ्कमाल गर्छन,ताली बजाएर नाच्द्छ्न
जड्याहाहरु
जड्याहाहरुको संसार बिचित्रको हुदो रहेछ
जड्याहाको अभिनायाकत्वामा आज देश चलेको छ
जाड़को नशामा आज देश स्वर्गको फुलबारी बनाउने
गफ चुडछन ,स्विजरल्वाड बनाउने सपना बाड़छन
जाड़ले छोडेपछि मैले बोलेकै छैन भन्छन
जड्याहाहरु निबस्त्र नालीमा निदाउछन
नसा उत्रे पछी सहमति र सम्झौताको लगौटी लगाएर घरसम्म जान्छन
लाज पचाएर ,
जड्याहाहरु
जड्याहाहरु सुनको थालि बोकेर माग्न हिड्छन
भिख मागेर घर चलाउछन ,
अनि घर आँगन सफा गर्ने टेन्डर आब्हान गर्छन ,
मलाई पो कुरी कुरी लाग्छ
जड्याहाहरुको चाला देखेर
म जड्याहालाइ चेतावनी दिन्छु
खबरदार देशको स्वाभिमान बेच्न पाउदैन्यौ
मेरो देशको नाम बेचेर जाड़ खाने अधिकार छैन तिमीहरुलाई
बास;म जड्याहाको बस्तीमा
विवश चिच्याई रहेछु
लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *