Skip to content

ढुङ्गाझै साह्रोेे छातीमा हजुर, गीत पिरतीको
ढोक्किन पुगी, टुक्राटुक्रा भई छरिएछ
इमान बेची, ढाडिएका, मर्ुदाहरू माझ
देशको गीत, गाउने ठूलो, भूल गरिएछ
त्यसैले भन्थे, बूढा र पाका, बाबु मनको बह
कसैलाई पनि, न कह बाबु कसैलाई न कह

लेक र बेसी, वन र पाखा, भञ्ज्याङ् चौतारीमा
हाट बजार, मेला र पात, पधेरी खेतबारीमा
खोलेर सोर, जीवनका गीत, कतैनि रन्कदैनन्र्
पर्व रोदीमा, खैजडी मुजुरा, मादल घन्कदैनन्
बितेका दिनलाई, सम्झेर ल्याउदा, भरिई आउछन् गह
कसैलाई पनि, न कह बाबु कसैलाई न कह

ढुङ्गाका देउता, देवी बेचिए, भनेर पीर किन –
हिमाली चेलीबेटी बेचिए, भनेर पीर किन –
कुल्चाई सगरमाथाको शिर, गर्वले फुलाई छाती
पैसाका लागि, आत्मा नै बेच्ने, नेपाली वीर जाति
मिलाइ“दैछ रे, माछापुच्छ्र्रे नि, बेच्नलाई अब तह
कसैलाई पनि, न कह बाबु कसैलाई न कह

पर्ूवमा रुदै, बग्दीछन् मेची, पश्चिममा महाकाली
गण्डकी-कोसी, कर्ण्ााली-भेरी, रगतको तर्पण हालीर्
धर्धरी रुन्छन्, पवित्र तर्ीथ, फोहरको नर्क पाली
नक्साका नदी, झुकेर हो कि, पिउनु छ आसु खाली
जल हैन मलका, कुण्ड बनेछन्, कञ्चन फटिक दह
कसैलाई पनि, न कह बाबु कसैलाई न कह

शान्ति-अहिंसाका अग्रदूत, बुद्धकी जन्मभूमि
आतङ्ककारी, शोषकहरूकी, बनेर कर्मभूमि
गुहार माग्छिन्, हाहाकार गर्दै, बर्बरी आ“सु झार्दै
संसारकै मुटु, थर्काउने वीरहरूकी वीरभूमि
कोखमा दात, बोकेर हिडछन् बोलीमा घोली मह
कसैलाई पनि, न कह बाबु कसैलाई न कह

वर्षा एक दिन गाई-जात्रा हुन्थ्यो, अब त वर्षरि
नेपाली मात्रै, सक्दैनन् हास्न, अरू सब मरि-मरि
हग्नेलाई भन्दा, देख्नेलाई लाज, सुगुर यी डोकाडोका
हर्सर्ुछन् लादी, फुटुन्जेल भुडी, तैपनि सध“ै भोका
भरष्ट पापी, यी धुन्धुकारी, खै कल्ले लाउने तह –
कसैलाई पनि, न कह बाबु कसैलाई न कह

समुद्र छैन, बेचिए नदी, डाडुमा के पो हाल्ने –
विदेशी बन्दुक, मह“गा गोली, किन पो खेर फाल्ने -र्
तर्नलाई छाला, खुकुरी कर्द, खियाले खाईसके
सरापले खाली, यी मर्ने हैनन्, लाज पचाइसके
विष हाले पनि, देशमारा झार, सप्रन्छन् लह-लह
कसैलाई पनि, न कह बाबु, कसैलाई न कह

नेपाल साप्ताहिक
अंक ११६

Leave a Reply

Your email address will not be published. Required fields are marked *