यस्तै रैछ जिन्दगी जसो तसो जिउनु पर्ला !
जति ठाउमा फाटे पनि जतनले सिउनु पर्ला !!
कतिन्जेल चल्दो रै छ चले सम्म चलाउने छु !
भार पनि बोकाउन्न भो आफै चिता बलाउने छु !!
निलो आकाश हेरी हेरी कहिले कहिँ टोलाउदा !
मृत शान्ति मिल्ने रै छ कल्पनाले बोलाउदा !!
किन हुन्छु थाहा छैन यति साह्रो सस्तो हजुर !
कहिँ कतै नचलेको खोटो सिक्का जस्तो हजुर !!
हारै हार भो जिन्दगीमा दुनियाको हासो भए !
आफ्नै गलामा सेरिएको सुर्कनेको पासो भए !!
यस्तै भयो जिन्दगी बिना तालमै नाचिराछु !
हासो खुशी लुटाएर आशै आशैमा बाची राछु !!
बिनोद ढकाल
२०१०/०२/०७
http://binodbikal.blogspot.com/
यस्तै भयो जिन्दगि बिना तालमै
यस्तै भयो जिन्दगि बिना तालमै नाचिराछु !
हासो खुशी लुटाएर आशै आशैमा बाची राछु !!
बिनोद जी
हण्डर र ठक्कर खाएर बाच्न बिबस व्यक्ति लाई मूल पात्र बनाउनु भएको रचना मिठो र यथार्थ लाग्यो आगामी दिन मा पनि साहित्यिक ईट थप्दै गर्नुहोला धन्यवाद
बिमल गौतम
साउदी अरेबिया
thanks bimal ji…………
thanks bimal ji…………