Skip to content

थुक्क झाक्ने जिन्दगि

तिर्थ(यात्री)पौडेल
कविता
थुक्क झाक्ने जिन्दगि
न कसैको अंगालोमा रात बिताइयो
न त कुनै घ्यु मैयालाई पटयाइयो
न कसैसंग मन मुटु साटियो
न त राम रौसमै दिन काटियो,
न यसो गरियो न उसो गरियो
केवल दलकै खेताला भइयो
थुक्क झाक्ने जिन्दगि यो,

हवल्दार हुन् योग्यता नभएकाले
देश चलाए
देशको अस्मिता ठाँउ ठाँउमा जलाए
स्वाभिमानी नेपालीको इज्जत चाकडीमा
लिलाम गराए
नेपालीको भाबिस्वको फैसला गर्ने जिम्बा
विदेशीलाई लगाए
न राजनीतिमा लागेर नाम कमाइयो
न त दाम कमाइयो ,
सधै दलको खेताला भएर जिबन बिताइयो
थुक्क झाक्ने जिन्दगि यो ,

न त आफ्नाहरुको चित्त बुझाउन सकियो
न जोडी बाँधेरै घरजम जमाईयो
न त कोहि गतिलो काम समाइयो
न पिएरै दिन बिताइयो
न त गांठ कमाइयो न त रांड समाइयो
सधै दलकै खेताला भइयो
थुक्क झाक्ने जिन्दगि यो

स्वाभिमानी बन्न खोजियो
छक्का दाउको बिरोध गरियो
कति पटक जेल परियो
सोझो औलाले घ्यु आउदैन भन्थे आफ्नाहरू
लामो हात नगर्नेले धन कमाउदै भन्थे मान्छेहरु,
खुब आदर्शबादी भइ टोपलियो
तेरो आदर्शले भुढ़ी भरिन्छ तिर्थे भन्थे भन्नेहरु,
सोझो सज्जन इमानदारको काम रहेन छ मुलुकमा
केहि न केहि गर तिर्थे भन्थे बाले
खुब इमान्दार भएर दलको खेताला भइयो
खै के पाइयो
थुक्क झाक्ने जिन्दगि यो
लखनपुर ३,झापा,नेपाल,
हाल;बहराइन

1 thought on “थुक्क झाक्ने जिन्दगि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *