मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

साथी

Gangaram Dhakal — Mon, 02/22/2010 - 13:09

  • बाल कथा
  • गंगाराम ढकाल

धेरै वर्ष पहिलको कुरा हो त्यतिखेर पशुपंक्षीहरू पनि मानिस जस्तै बोल्दथे । त्यसताका जनावर र पशुपंक्षी वाहेक मानिसको जन्म भैसकेको थिएन । पशुपंक्षी र जनावरहरूको अधिपत्य नै थियो । चरा जाती र जनावर जाती वीच आपसमा द्वन्द भयो । उनीहरू जो कमजोर देखियो कि मारेर आफनो आहारा बनाउन थाले । चराहरूले जनावरलाई एक्लै भेट्यो भने मारी खाने र जनावरले पनि चरालाई भेटे सम्म मारेर खान थाले । सवतिर भयावहको अवस्थाको सृजना भयो । कसैको पनि जीवनको ग्यारेन्टी भएन । बुद्धीमानी जन्तुहरूले त्यो समस्या सुल्झाउन निकै प्रयास गरे । कसैको केही उपाए चलेन । निकै सोच विचार गरे । अन्तत उनीहरू आर्आफ्नो शुरक्षाका लागि आफ्नै समाज निर्माण गर्ने निर्णयमा पुगे । त्यसैले त्यसताका जनावरको राज्य छुट्टै निर्माण भएको थियो । सवैले आफ्नो शुरक्षाको लागि सिंहलाई राजा बनाएका थिए । त्यसै गरि चरा जातिले पनि आफ्नो राज्य निर्माण गरी गरुढलाई राजा बनाएका थिए । जनावर र चराजातीहरूले आफ्नो राज्यमा आर्आफ्नै कानुन पनि बनाएका थिए । समय वित्दै जादा राजाले आफ्नो शक्ति मजबुत पार्दै गयो । उसले कानुन पनि आफ्नै अनुकुल बनाउदै गयो । समाजका जनावरलाई विस्तारै चेतनाबाट बन्धक वनाउने तर्फ कानुनहरू निर्माण गरिदै लगियो । जनावरहरू एकआपसमा समेत मित्रता गर्न नपाउने भए । संगै बसेर छलफल गर्न पनि बन्देज लगाइयो । दिनभरिको आफ्नो आहारा जुटाउन जान पनि राजाको आज्ञा लिनु पर्ने भयो । उसको विरोध गर्नु त के राजा तर्फ सिधा हेर्न समेत नपाइने भयो । धरै कालसम्म यस्तै रित चल्दै आयो । जनावरहरूलाई आफुले बनाएको राजा हो भन्ने पनि पछिका सन्ततिले भुल्दै गए । राजा भनेको त देवादी देवताले नै बनाई पठाएको हो भन्ने भनाइको सविस्तार हुदै गयो । सवै जनावरहरूले राजालाई देवदुतको रुपमा मान्न थाले । राजाको आज्ञाको शिरोपर नगरे त धरै थिएन । यसरी राजा आफुसंग पुरै अधिकार पाए पछि क्रुर र घमण्डी बन्दै गयो । सम्पुर्ण कानुन उसले नै बनाउने र आफूले चाही कानुन तोड्न थाल्यो । त्यतिखेर राजाको बोली नै कानुन सरह हुन थाल्यो ।

राजा सिहंले आफ्नो कानुन आफै बनायो । जस अनुसार सवै जनावरले राजाको सम्मानार्थ उसको दरवारमा उपस्थित हुनुपर्ने भयो । राजको आहाराको लागि सवै जनावरहरूबाट पालो पालो गरि दैनिक एक एकले आफ्नो वलिचडाउनु पर्ने भयो । यसरी आफ्नो वली चडाएका जनावरहरू सिधै स्वर्ग पुग्ने छन भन्ने भनाईको मान्यतालाई सवैमा विश्वस्त पारियो । त्यसैले सिंहले दैनिक एक एक जनावरलाई मारेर खान थाल्यो ।

उता चराजतीका राजा गरुढले पनि त्यहीकुराको देखा सिकी गरिसकेको थियो । उसले पनि आफ्ना राज्यवाट दैनिक जसो एउटा एउटा चरालाई मारेर खाने गरेको थियो । यसरी आफ्ना प्रजालाई मारेर आफ्नो भोक प्यास मेटाउन मै सिंह र गरुढ व्यस्त हुन थाले । उनीहरूमा कसै प्रति दयामाया हुदैनथ्यो । कसैले पनि राजाको विरोध गर्न पाउन्नथ्यो । यदि कसैले विरोध गर्यो भने पालै नआएपनि शिकार हुनु पर्दथ्यो ।

यसै गरी कैयौ वर्ष वित्दै गयो । जंगलका जनावर र आकासका चराहरूको संख्या पातलो हुदै गयो । त्यसै जगंलको किनारमा व्वासो र सुगा एउटा बुढो रुखको फेदमा संगै वस्दथे । उनीहरू दुवै अती घनिष्ठ मित्र थिए । एक अर्का प्रति अतिनै सहयोग र सदभाव गर्दथे । दुवैका दुःख सुख वारेमा एक अर्काप्रतिको मर्म वुझ्दथे । दुवै दिनभर आर्आफ्नो आहाराको खोजीमा टाढा टाढा सम्म जान्थे र साझ परेपछि दुवै जना त्यही रुखमा वास वस्न आउने गर्दथे । दिनभरका आफ्ना तिता मिठा अनुभवहरू एक अर्कामा साटासाट गर्दथे । यसरी एकले अर्काको कुरा सुन्न पाउदा उनीहरूलाई अत्यन्तै रमाइलो लाग्दथ्यो । त्यसरी उनीहरू दिनभरको थकाई विर्सन्थे र रुखको टोढकामा नै निधाउन पुग्थे ।

एक दिनको कुरा हो सुगा विहान उठेर आफ्नो आहारा खोज्न जादै थियो । त्यसै वखत गरुढको मन्त्री चिल वाटामा भेट भयो । चिल निकै छाँट वाट संग कड्कीलो स्वभावको थियो । उसले टाढैबाट सुगालाई रोक्न आफ्नो दुत कागलाई पठायो । कागले दिएको सुचनाको आधारमा सुगाले गरुढलाई कुरेर बस्यो । नभन्दै गरुढ पनि ठुलो गड्गढाहट स्वरमा आयो र भन्यो । हेर सुगा राजको सुचना अनुसार म यहा आएको हु । त भोलि विहानै नुहाई धुहाई गरेर सफा सुग्घर बनी दरवारमा समयमै उपस्थीत हुनु । भोलि राजको भोजन गराउने तेरो पालो छ । राजको हुकुम हो यो, अन्यथा नगर्नु भन्दै गरुढ कड्कदै आदेश दिएर गयो । सुगालाई त्यो कुरा सुने पछि मनमनै असाध्यै खिन्नता भयो । शरिर त्यसै कामेर आयो । उसको दिमागमा के गरौं के नगरौं जस्तो भयो । हुनत जन्मे पछि एक दिन आवस्य मर्नु पर्छ भन्ने उसलाई थाहा थियो । तै पनि मर्नबाट सवैलाई डर लग्दो रहेछ । सवैलाई लामो समय सम्म वाच्न मन लाग्छ । त्यसमा पनि प्रकृतिको नियम विपरित उसलाई आफुले यति छिटो मर्नुपर्ला भनेर सय मनमा एक मन पनि कहिलै सोचेको थिएन । एक्कासी त्यो सुचना पाए पछि ऊ अगाडि बढ्न सकेन । अव के का लागि आहारा खोज्न जाने । भोलि त आफै अरुको आहारा बन्नु पर्ने छ । एक दिन त नखाइकन पनि बाचिन्छ भन्दै ऊ वाटो वाटै फरक्क फर्की आफ्नो वासस्थान तर्फ लाग्यो । वासस्थानमा पुगे पछि त्यसै भुइमा पछारियो र आफ्नो साथी व्वासोलाई संझिन पुग्यो । शरिरका सवै नसा तरंगित हुनथाले । भोलिबाट व्वासोको साथी कोहि हुने छैन । ऊ एक्लो हुने छ । मलाई संझेर रुने छ । विलौना गर्ने छ । ऊ पनि नखाई नखाई दुव्लाउने छ भन्ने सुगालाई लाग्यो । ब्वासो एक्लै भएपछि उसले यो आफ्नो गुड पनि छाड्ला भन्ने लाग्यो । अनि यो रुखको स्याहार गर्ने कोहि पनि हुने छैनन । कसैको स्याहार नपाए पछि यो बुढो रुख त्यसै ढल्ने छ भन्ने चिन्ता लाग्यो । सकभर आफ्नो साथीलाई यो रुखको स्याहार सुसार गर्नलाई अनुरोध गर्नु पार्यो । उसले विवाह गरेर यसै रुखको तल घरजम गरी वस्नलाई पनि अनुरोध गर्ने निश्चय गर्यो । यस्तै यस्तै सोच्दै उसको दिन वित्यो । दिन लामो भए पनि वितेको उसलाई थाहनै भएन ।

साझ परेपछि ब्वासो पनि वासस्थान तर्फ फर्कियो । त्यस दिन ब्वासो आफ्नो खाने आहारा नजिकै भेटेको हुदा अलि चाडै फर्केको थियो । आज आफु छिट्टो फर्केकोले बासस्थानमा एक्लै के गरेर सुगालाई पर्खने भन्ने बारेमा सोच्दै बाटामा पनि ढिलो ढिलो गरी आउदै थियो । बाटोमा एक गफाडी मुसासंग भेट भयो । मुसाले ब्वासोलाई गफ गरेर भुलाउने बिचार गर्यो र आफ्नो कथाको गफनिकाल्दै भन्यो । एक दिन ऊ तीनवटा विरालो संग बाच्न सफल भएको कुरा, आफ्ना बाबु आमालाई भेट्न जाउ भन्दै तीनैवटा बिरालोलाई दुलोमा छिराई आफुले बहिरबाट माटोले बन्दगरी मर्नबाट जोगिएको थियो । भन्ने सारा वृतान्त सुनेर भ्याउदा पनि ब्वासो चाडो नै आएको थियो । आफु आएको कुरा र मुसाको कथा आज सुगालाई भन्न पाईने भएकोले ब्वासो ज्यादै खुशी थियो । जब ऊ आईपुग्यो आफुभन्दा पहिलै नै आएर सुगालाई सुतिरहेको देख्दा ब्वासो अचम्म पर्यो । कतै असञ्चो भएर त होइन भन्ने चिन्ता पनि लाग्यो । उसले मनमनै भगवानलाई पुकार्यो ।

ब्वासो सुगाको नजिक गएर बिस्तारै बस्यो । सुगालाई भने निद्रा लागेकै थिएन । मनभरी चिन्ता लिएर पल्टीमात्र रहेको थियो । साथी आएको उसले टाढैबाट थाहा पाएको थियो । तर उसले आवाज नै निकाल्न सकेको थिएन । निन्याउरो अनुहार, आँखाबाट आसुझार्दै साथीलाई हेरीरहन बाहेक केही वोल्न सकिरहेको थिएन । उसको यस्तो अवस्था देखेर ब्वासो आत्तियो । उसलालई सबै भन्दा प्यारो साथीलाई पक्कै के भएको छ भन्ने लाग्यो र झन चिन्तित बन्दै सोध्यो र्साथी तिमीलाई के भयो आज ? विसञ्चो भयो कि के भयो भन्दै मलिन स्वरमा सोध्यो ।

सुगालाई आफ्नो साथी झन चिन्तित भएको देख्दा झन मुटुभरी अमिलो भएर आयो । ऊ आसु झार्दै साथीलाई हेर्न थाल्यो । केही वोल्न सकेन । कसरी उत्तर दिऊँ । मुखमा बोलीनै फुट्दैन भन्ने लाग्यो । धेरै बेर पछि हिम्मत गर्दै बिस्तार संग मधुरो स्वारमा रुदै भन्न थाल्यो । तिम्रो यो साथी भोलिबाट नरहने भयो । तिमीले यति धेरै माया दिएकोले झन मलाई बोझ भइरहेको छ । तिमीले मलाई बिर्सीनु पर्छ । यसरी सधै को कहा संगै सधैभरी रहन सकेको छ र । त्यसैले म नभए पनि तिमी हाँसी खुशी रमायौ भने मलाई स्वर्गमा पनि आनन्द होला । म नभए पनि तिमीले विवाह गरेर बस्नु । अन्तमा मेरो एउटा अनुरोध छ तिमी जहा गएपनि यो हाम्रो बासस्थानको माया नभुल्नु । ब्वासीनीको साथमा यही बुढो रुखको स्याहार गरेर बस्नु भन्दै अन्तिम विदा माग्दै भन्यो ।

सुगाको यस्तो कुरा सुन्दा ब्वासो छक्क पर्यो । सोच्यो आज आफ्नो साथीले के भएर यस्तो कुरा गर्दैछ भन्ने लाग्यो । पक्कै पनि उसलाई कुनै आपति परेको हुनु पर्दछ । हैन भने आजसम्म उसले यस्तो कुरा कहिलै गरेको थिएन । कहिले काही मैले हाँसो ठट्टा गर्दा पनि ऊ गम्भिर हुने गर्दथ्यो । मलाई सधै राम्रा अर्ति दिने गर्दथ्यो । कुनै खतरा आइपर्दा पनि उसैले बच्ने उपाए निकाल्थ्यो । आत्तिनु हुदैन भनेर मलाई सम्झाउथ्यो । मिठा मिठा कुराहरू गरेर भुल्यााउथ्यो । मधुरो स्वरमा गीत गाएर सुनाउथ्यो । साधारण समस्या त उसको लागि केहि पनि हुदैनथ्यो । आज उसलाई के आपति परेको रहेछ मैले बुझ्नै पर्छ भन्ने सोचेर ब्वासोले सुगालाई संझाउदै सोध्यो र् “मेरो साथी तिमी यो के भनिरहेकाछौ ? म त केही पनि बुझिरहेको छुइन नि । तिमी यस्तो के कुरा गर्दैछौ ? तिमी विना त म एक छिन पनि रहन सक्दिन । तिमी म भन्दा झन बाठा छौ । सहनसिल छौ । अनेक जुक्ति सोच्न सक्छौ । अनि के आपति पर्यो र तिमी मलाई यस्ता कुरा गरिरहेका छौ । बरु भन के भयो । दुवैले सल्लाह गरेर तिम्रो समस्याबाट मुक्त हुन पो सकिन्छ कि ? तिमीले मलाई यस्तो कुरा गर्न सुहाउदैन । मर्न नै पर्ने भए हामी दुवै मरौला ।

ब्वासोको यस्तो कुरा सुन्दा सुगालाई झन अव के भनेर सम्झाउने भन्ने अप्ठारोमा पार्यो । के भनेर सम्झऊ भन्ने डर लाग्यो । भन्न लाग्यो र्हामीहरू छुट्टै जातीका जन्तु भए पनि हाम्रो मित्रता ज्यादै घनिष्ठ छ । हाम्रो यो मित्रता आदिमकाल सम्म पनि अमर रहने छ । यसमा कुनै सन्देह छैन । हामी माथी कुनै नियमहरू प्रकृतिले बनाएका छन भने कुनै नियमहरू हामीले बनाएका छौ । कतिपय नियमहरू हामी माथी बाध्यतावश लगाईएको हुन्छन । त्यो हामी नकार्न सक्दैनौ । बाध्यतामा हामीहरू एका एक होमीरहेका हुन्छौ । थाहा छ, सवैको एक मत छ तर एकता छैन । कसैले आवाज उठाउन सक्दैन । आवाज उठायो भने पनि कसैले सुन्दैनन । यसमा केही उपाए गरेर पनि बच्न सकिने अवस्था हुदैन । घेरामा परेपछि सवैलाई बाध्यतानै हुन्छ आफ्नो आहुति दिन । म यसवारे सवै तिमीलाई नभनेर कसलाई भन्न सक्छु र । तिमीलाई सुनाउन भनेरै म यहा आएर दिन भर पर्खेको छु भन्दै आफ्नो दिनभरि भएको र त्यो मन्त्रि आएर सुनाएको समाचार भन्छ । आफु आफ्नो राजाको शिकार हुनु पर्ने । भोलिको पालो आफु कसैगरी टार्न नसक्ने सवै वृतान्त सुगाले आफ्नो साथी ब्वासोलाइ सुनायो ।

सुगाको यस्तो कुरा सुने पछि ब्वासोको पनि मन करुण भएर आयो । उसललाई के गर्ने के नगर्ने भयो । उसले मनमनै उपायहरू सोच्यो । आफुलाई मुसाले भनेको कथा पनि याद आयो । आफुले दिनमा भेटेको मरेको गोरुको आन्द्राभुडी निकालेर छोडेको पनि सम्झियो र साथीलाई संझाउदै भन्योर् तिमी अतिनु पर्दैन म भोलि बिहान तिम्रा राजा गरुढकहा जाने छु सम्झाउदा माने भने भइहाल्यो । नत्र अनुरोध गर्दछु । कतै केहि उपाए लागेन भने अनि सोचौला । अहिलेलाई धेरै चिन्ता लिनु भन्दा भोलि कुनै उपाए निक्लिहाल्यो भने सवैको भलाई होला भन्दै दुवै सुत्न गए ।

भोलिपल्ट बिहान ब्वासो गरुढको दरवारमा पुगयो । चतुर ब्वासोले दरवारको गेटमा पुगेर पाले संग भन्यो तिमीहरूको राजालाई यहा डाक । म हाम्रो राजा सिंहले बोलाउन पठाएर आएको हु । हाम्रो दरवारमा अहिले अफर्झट बैठक बस्नुपरेको छ भनि मलाई लिन पठाइबक्सेको हुदा म लिन आएको हुँ । पाले कत्ति पनि ढिलो नगरी राजाकहा पुग्यो र व्वासोको कुरा सुनायो । गरुढले पनि सिंह राजाले आफुलाइ के अर्फझट पर्यो होला भन्दै ब्वासोलाई सम्मान सित भित्र ल्याई आफु समक्ष पेश गर्न लगायो । ब्वासोलाई दरवारको बैठक कोठामा लगेर राजा समक्ष प्रस्तुत गराइयो । त्यसै अवसरमा चतुर व्वाँसोले पनि कुरा मिलाउदै भन्यो । हाम्राराजा सिंहले आजबाट नयाँ नियम निकाली आफ्ना प्रजालाई नखाने र आफ्नै छोरा छोरी जस्तै गरी माया गर्नै भन्ने निर्णय गर्नु भएको छ । यही प्रस्ताव तपाई सामु पनिराख्नु भएको छ । हजुरको राय वुझ्न चाहानु भएको छ । त्यही खवर लिएर म आएको हुँ भन्यो । गरुढलाई यो कुराको चित्त बुझेन । कतै सिंहले प्रजाको हत्या नगर्ने भनेर घोषणा त गर्दैनन । बरु चाँडो गएर यो कामलाई रोक्नु पर्यो भन्दै ब्वाँसो संग हिडेर जाने निर्णय गर्यो ।

यसरी ब्वासो अघि अघि गरुढ राजा पछि पछि गरेर ठुलो जंगलको बाटो हिडे । राजदरवारमा पंक्षीहरूलाइ मार्दै खादै गरेका राजा केहि वेर हिड्ना साथ भोक र थकाइ बाट गलस्त परिहाल्यो । उसले ब्वासोलाइ केही खाने कुराको इन्तजाम गर्न भन्यो । ब्वासोले पनि यहि मौकामा आफुले हिजै मात्र खाएर बचेको गोरुको मासु खानु पर्छ भन्यो । खाने भने पछि उसको मुखबाट रर्याल छुटेर आयो । लौ भन कहा छ त्यो गोरु तुरुन्तै लगिहाल । ब्वासोले गरुढलाई आफुले हिजो मात्र छोडेको गोरुको पेटको प्वाललाई केहि ठुलो बनाई भित्र पसायो । हिडाइको थकाइले गलित भएको गरुड गोरुको आन्द्रा भँुडी खादाखादै भुसुकै निदायो । तर व्वाँसो भने बाहिर आयो । छाला तनक्क तन्काई प्वाललाई थुनि दियो । दिनको टन्टलापुर घाममा गोरुको छालसुकेर भुडि कसक्क भयो । प्वाल बाहिरको छाला तन्किएर अझ बलियोसंग बन्द भयो । भित्र सुतेको गरुढ ब्युझदा त सवै प्वालहरू बन्द भै सकेका थिए । ऊ रात परेछ क्यारे भन्दै अझ सुत्दै गयो । तर कहिलै पनि उज्याले भएन । अन्तत गरुढ गोरुको छाला भित्र थुनिएर मर्यो । यसरी आफ्नो साथीको ज्यान वचाएर बेलुकी व्वासो बासस्थानमा फर्कियो ।

नयाँ जीवन पाएपछि सुगालाई पनि केही कृित गर्न मन लाग्यो । उसले नजिकको शिमलको रुख आफ्नो ठुँडले खोपेर महल तयार पार्यो । आफुलाई जस्तै आपत एक दिन आफ्नो साथीलाई पनि आउन सक्ने कुराको सुगाले महसुस गरेको थियो । सिंह ज्यादै बाठो र बलियो थिया । गरुढलाई जस्तो गरेर सजिलै सित थुन्न पनि सक्ने अवस्था थिएन । सुँगाले अनेक जुक्ति सोच्यो । अनेक उपाय रच्यो । दैनिक रुपमा सिंहको कमजोरी पत्तालगाउन दरवारमा लुकेर चियो गर्न थाल्यो । अन्तत उसले एक जुक्ति निकाल्यो ।

एक दिन सुगा राजाको दरबारमा गयो । मैले जीवन भर लगाएर एक महल बनाएको छु । राजा भनेका देवताको रुप हुन्छन । त्यसैले म जिवित छदै राजालाई दान गर्नपाए भने देवताले मलाई आवस्य पनि मेरा सवै पाप नास हुने छन । मरेपछि पनि स्वर्गमा बास दिने छन । त्यसैले म महल दान दिन चाहान्छु भन्यो । लोभी सिंह सितैमा पाए अलकत्र पनि नछाड्ने खालको थियो । त्यो कुरा सुगाले राम्ररी बुझेको थियो । सुँगाको यस्तो प्रस्ताव सुन्न साथ बिहानको पुजा आराधनामा बसेको सिंह एक्कासी बाहिर निस्कियो ।

“तिमी त बास्तवमा निकै बुद्धीमानी रहेछौ । यस्तो शुभ काममा रत्तिभर ढिलाई गर्न हुदैन भन्यो” । उसलाई मनमनै कस्तो महल दिन खोज्यो भनी हेर्नजान उत्सुक भयो । लौ भन कहा छ त्यो महल मलाई अहिले नै देखाइहाल भन्दै हिड्न तयार भइहाल्यो । सुगाले पनि मौकाको चौका छोपिहाल्यो । सिंहलाई लिएर खुरुखुरु सिमलको फेदमा पुगिहाल्यो र ढोका खोली भित्र पसायो । सिंह दरवारको लागि उपयुक्त रहेछ भनी माथी माथी हेर्दै गयो । सुगालाई धन्यबाद दिदै अहिले नै आफ्ना मन्त्रिहरूलाई डाकी ल्याउन सुगालाई नै खबर पठायो । सुगाले आफु नआउन्जेल सम्म महलमा नै बस्नु भन्दै बाहिरबाट ढोकामा ताल्चा लगाई दियो । सिहंलाई आफुले थुनेको कसैलाई पनि भनेन । अन्तत सिंह राजाको अन्त भयो । यसरी सुगाले सिंहको अन्त्य गरी आफ्नो साथीको पैचो तिर्यो ।

।। इति ।।

र्सुनवल ६ बिसासय नवलपरासी
हाल आवुधावी, (यु.ए.ई )

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    29 min 42 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 56 min ago
  • hlw
    22 hours 37 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 17 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • कुनै एक दिन
  • मेरो देश दुखेको बेला
  • जीवनको विनिर्माण
  • आमाको सपना
  • "भू-कम्प"
  • नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ
  • प्रेममा आव्हान
  • गोविन्द गोठालेको निधनमा एक अभिव्यक्ति
  • टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान
  • गजल
  • तिमी
  • अपराधीहरू ... !
  • त्यसैले त तिमीले........
  • रुप उनको पलपल देख्छु
  • धेरै मायां लाउदा-लाउंदा
  • अभिलासा
  • "किन यती साह्रो भो ??"
  • गगन
  • गजल
  • “कारण”
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित