Skip to content

पाइन्ट लाको छु जिन्को मैले

  • by


पाइन्ट लाको छु जिन्को मैले
दोबाटो ढुक्या छु तिन्को मैले

स्टाइल त दिनै पर्यो नि ब्रो
दाँतले च्याप्या छु सिन्को मैले

क्रेडिट कार्ड छ घोट्नलाई
वास्ता गर्या छैन ऋन्को मैले

घाम जून नभनी कमाएँ
बचाको छु सातै दिन्को मैले

हलिउड् सप्पै घुमाई दिन्थे
साथ पाए एकै छिन्को मैले

राकेश कार्की
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *