Skip to content


बैठक ठीक १० बजे शुरु भयो। प्रवासी समाजका प्रतिष्ठित  भद्र  पुरुष तथा महिलाहरूको सहभागिता रहेको त्यस सम्मानित उपस्थितिले प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए।  यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो। तुरुन्त संस्थाको नाम जुराइयो। तयारी समिती बनाउने निर्णय भयो। मुख्य तयारी समिति, सदस्यता बिस्तार समिति, भाषा, धर्म, जाति, परम्परा, संस्कृति, सभ्यता, भेसभुषा र साहित्य संबर्धन समिति, कोष परिचालन समिति, आकस्मिक सहयोग समिति, खेलकुद समिति, सल्लाहाकार समिति, जनचेतना अभियान समिति, जनसंपर्क समिति, निर्माण समिति, साजसज्जा समिती र आबस्यक भए अझै उपसमितिहरू बिस्तार गर्न सक्ने गरी बिभिन्न कार्य समितिहरू बने। प्रस्तावित नाम र निर्णयहरूलाई शतप्रतिशत उपस्थितिले अनुमोदन गर्यो।

सहमति र समर्थनका नाममा बजेको तालीले सभाकक्ष गुन्जयमान भयो।

कार्यक्रम संचालकले बैठकमा उपस्थित भएका संपुर्ण देशप्रेमी  समाजसेवीहरूलाई आफ्नो देश र समाज प्रति प्रतिबद्ध भएर आफ्नो जाति र देशका नाममा एकजुट  हुन सकेकोमा धन्यवाद दिदै कार्यक्रमको अन्त्यमा आयोजित रात्री भोजमा सरिक हुन आग्रह पस्कदै बैठक अन्त्य भएको घोषणा गरे ।

भोजमा सबैले दिल खोलेर  मिस्टान परिकारहरू जिब्रो पट्काउदै खाए र  बिकासे मदिरा पिए। आयोजकलाई सबैले हृदय देखिनै आभार ब्यक्त गर्दै प्रशंसा गरे।
भोलिपल्ट बिहानै स्थानीय बिद्युतीय संचार माध्यमबाट बैठकमा उपस्थित भए मध्धेका ५० प्रतिशत समाजसेवीहरूले अघिल्लो दिन भएका कुनै पनि निर्णयमा आफ्नो सहमति नरहेको भन्दै बक्तब्य निकाले जहाँ भनिएको थियो।

“हामीहरू कुनै पनि समितिमा नपरेकोमा गुनासो नरहेको, देश र समाजप्रति सधैं बफादार र जिम्मेबार रहेको र आफ्नो जातिप्रति बिना शर्त सहयोग गर्न सधैं तयार रहेको तर हिजो भएको बैठकको निर्णयमा चाँही हाम्रो पक्षको सहमति नरहेको हुँदा अर्को उपयुक्त संस्था गठन प्रकृयामा सामेल हुन आग्रह गर्दछौं।”

हरिहर दाहाल
क्यालिफोर्निया

Leave a Reply

Your email address will not be published. Required fields are marked *