Skip to content

किन खोज्छौ त मबाट हाँसो


किन खोज्छौ त मबाट हाँसो सानु
आखिर मलाई रुवाउने तिम्रो चाहा हुँदा हुदै

किन आशा गर्छौ त सुख मबाट सानु
आखिर म नै सुकुम्बासी भन्ने थाहा हुँदा हुदै ।

किन मसँग हिड्ने कोसिस् गर्यो त सानु
मेरो हरेक पाइलामा काँडे बारै बार देख्दा देख्दै

किन मेरो समीप्यमा सँसार जित्न खोज्यौ त सानु
आखिर मेरो हरेक समस्यासँग हारै हार देख्दा देख्दै ॥

rajesh rumba lama
doha qatar
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *