Skip to content

हजारौ वस्तुहरूले मलाई उसको सम्झना गराउछन् । उज्यालो अनुहार, सुन्तला रङ, बिहानको समय, सागको तरकारी, धेरै अग्ला मानिसहरू, राम्रो हस्तलेखन, पानी परेपछि भिजेको जमिन, बास्केटबल, साझको मन्द हावा, गन्स एन रोजेस, यूटूका गीतहरू खासगरी, ‘वीथ वा वीदआउट यू’ । धेरै वर्षछि भए पनि असहनीय पीडा छ र घाउहरू अझै आलो छन् ।

सुन्दर सा“झपखको समयमा मेरो मनमा उन्माद छाएको छ । मेरो मनस्िथतिमा हल्का खालको चञ्चलपन आएको छ । मनलाई ताजा पार्ने ग्रीष्म ऋतुको मन्द हावासगै रेडियोमा बजिरहेको छ, वीथ वा वीदआउट यू । साधारणतया मलाई बोनोको विश्वस्तरीय सङ्गीत मन पर्छ किनभने उनले आफूलाई धेरै मानवीय सेवामा समर्पित गरेका छन् । बोनोसग सुनको मुटु छ र हिमालयको जीवनमा उनी एक जना ठूला नायक पनि हुन् । उसले बोनोको जीवनलाई अनुसरण गरेको थियो । हाल ऊ धेरै टाढा गएको छ र मैले उसको सम्झनालाई आफ् नो हृदयमा राखेकी छु । अहिले बगै“चामा आराम गररिहदा मलाई थाहा छैन- बोनोलाई धन्यवाद दिउ कि हिमालयमाथि बर्सर्ूू मैले समयको महत्त्वलाई बुझिन, जबसम्म हिमालय मस“ग थियो । हाम्रो अन्तिम भेट एउटा पाचतारे होटलमा चार वर्षघि भएको थियो । ऊ सधैजस्तो अति सुन्दर, राम्रो सुहाएको लेभिज, कालो र्सट र र्फलस्केम जुत्तामा । हाम्रो गफ कुनै असामान्य थिएन । मलाई थाहा छ, त्यो गर्मी दिनलाई सुहाउदो मैले फूलहरू भएको हल्का रातो ड्रेस र यार्डली सुगन्ध लगाएकी थिए । साझ पर्नासाथ मलाई मेरो काकाको छोराको जन्मदिनको पार्टर्ीी दौडिनुपर्‍यो । मैले बिदा लिनुअघि उसले मलाई भाग्यले साथ दिए फेर िभेटौ“ला भन्यो । मैले त्यो कुरालाई हासेर उडाइदिए । तर, उसले ती शब्द भनिरहदा उसको खैरो आखामा एक किसिमको भयानक गम्भीरता झल्केको थियो । मैले उसको कुरालाई स्वीकार्न डराए र खासै वास्ता पनि गरनि । तर, त्यही रात हिमालयले त्यस्तो कुरा गर्दा मेरो मनमा चिसो पसेको कुरा मैले मेरो केटी साथीलाई भन“े । हामीले त्यस कुरालाई अति संवेदनशील पायौ ।

केही महिनापछि म देशबाहिर लाग“े । मैले उसको एकचोटि भेट्ने अनुरोधलाई स्वीकारनि । मेरो अति व्यस्तताले मैले हिमालयलाई आफू हि“ड्ने बेलामा छोटो फोन गरे“ । उसले मलाई पत्र लेख्नु भन्यो र मैले उसलाई आफ्नो ख्याल राख्न भने ।

तीनमहिने विदेश बसाइमा मैले विदेशी संस्कृतिबाट धक्का खा“दै आफूलाई व्यवस्िथत गर्नुपर्ने थियो । आफूलाई व्यस्त राख्ने क्रममा म बाहिरबाट केही स्वार्थी भए पनि भित्रबाट उस्तै थिए । हो, मलाई उसको सम्झना बेलाबेलामा आइराख्थ्यो तर मलाई सधै“ गृहकार्य गर्नुपर्ने, अर्को पेपर पेस गर्नका लागि तयारी गर्नुपर्ने र नया जर्नल पढ्नुपर्ने बाध्यता थियो । मैले कहिल्यै पनि फोन, मेल तथा आफ्नो साथीलाई सम्भिmन कार्ड पठाइन“ । केही समयपछि, भोलि अवश्य, यो सेमेस्टरपछि, योपछि, त्योपछि भने पनि मैले यसमा कुनै कार्य गर्न सकिन“ ।

मेरो पहिलो सेमेस्टरको चौथो महिनामा मेरो साथीले रु“दै फोन गरेर हिमालय मरसिकेको सुनाई । मैले विश्वास गर्नै नसकी एक शब्द पनि नबोली फोन राखिदिए“ । यो हुनै सक्दैन । हिमालय मर्न सक्दैन । अर्कै कोही होला । यो झूटो हल्ला मात्र होला । धेरै समयपछि म होसमा आए“ र मेरो दाइलाई फोन गर्दा मैले सुनेको कुरा सा“चो हो भन्ने थाहा पाए“ । त्यसपछि उसको यादमा म धेरै सातासम्म उदास भए“ । उसको त्यो विशेष मुस्कान, सधै“का लागि नफर्किने गरी उसले यो पृथ्वी छाडेछ । यदि मस“ग टाइम मेसिन भएको भए म लाखौ“ महासागर पार गरी उस“ग एकपल्ट कुरा गथर्ें, मात्र एकपल्ट ।

आफू २० वर्षी हु“दा सारा संसारले मलाई पर्खिरहेको सोच्थ“े र समयका बारेमा अनगिन्ती दर्शनहरू मेरालागि बनेका होइनन् जस्तो लाग्थ्यो । मस“ग सध“ै अपार समय भएको र खर्बाैं अवसरहरू भएकाले म मानिसहरूलाई प्रशंसा, माया र मेरो जीवनलाई स्र्पर्श गरेकामा धन्यवाद दिन सक्छु । मैले मेरो साथीको मृत्युको खबर पाउ“दा मेरो मस्ितष्कमा हजारौ“ पश्चात्तापका भावनाहरू आए । मैले आफूलाई धेरै सरापे“ किनभने उसलाई न त मैले एउटा फोन, न एउटा मेल लेखे“ । म धेरै खिन्न भए“ किनभने मैले उसका धेरै निमन्त्रणाहरूलाई स्वीकार्न सकिन“ । यसबाहेक विदेश हि“ड्नुभन्दा अगाडि मैले हाम्रो भेटघाटलाई अन्तिम समयमा आएर रद्द गरे“ । म कतिसम्मको अभद्र भए“, जब मैले उसलाई मिहिनेत नगरेको, मलाई राम्रोस“ग हेरचाह नगरेको र मेरो राम्रो साथी बन्न नसकेको भनी धेरै कारणहरू देखाए“ ।

अहिले मलाई के थाहा भयो भने उसलाई मैले हदैसम्म सजिलो रूपमा लिएकी रहेछु । म खेद प्रकट गर्छर्ुुक मैले उसलाई एउटा राम्रो साथी भएको भन्न सकिन“, जसको मुटुको आकार उसको नामजस्तै विशाल थियो र मेरो जिन्दगीमा आएको एउटा अति राम्रो आत्मा थियो । मैले उसको चित्त दुखाउन भनेका शब्दहरू, उसलाई पर्याप्त विश्वास नगरेको र उसलाई पर्याप्त प्रोत्साहन नगेरेकामा खेद व्यक्त गर्छर्ुु यसका साथै, एउटा साह्रै राम्रो साथी, एउटा मिल्ने सहकर्मी तथा धेरै मानिसहरूको जीवनलाई स्र्पर्श गरेकामा उसलाई मैले यथेष्ट मात्रामा आभार व्यक्त गर्न नसक्दा म दुःखी छु । मैले धेरै प्रयास गर्दा पनि आज म सक्दिन“ ।

म यहा“ धेरै भोलिहरू छैनन् भनी सोच्थे“ । मैले हिमालयलाई धन्यवाद र माफीहरू कुनै अर्को दिन उस“ग भेट भएका बेलामा भन“ुला भनी था“ती राखे“ । म एउटा गर्वित नेपाली हु“ तर एउटा योग्य नेपाली बन्ने क्रममा मैले सोचे“ कि उसले मेरो मस्ितष्क पढ्यो होला । हामी धेरै मानिसहरूलाई सजिलै लिन्छौ“ । मलाई लाग्छ कि मेरो लजालुपन र अहम्ले ठूलो मूल्य चुकायो ।

मेरो प्रशंसाका शब्दहरू त परै जाओस्, मेरो प्यारो साथी आफ्नो जीवनको २७औ“ वर्षा भारतमा एउटा दर्ुघटनामा परी एक शब्द पनि नबोली मर्‍यो । यदि मैले समयको घडीलाई पछि धकेल्न सके मेरो लजालुपन र अहम्लाई म आफ्नो नियन्त्रणमा राख्थे“ । मैले उसलाई ऊजस्तो भएकामा धन्यवाद दिई धेरै प्रशंसाका शब्द समय अनुसार भन्थे“ होला । उसको असफलता र उसको जीवनमा आएको उथलपुथलबारे म उसका धेरै कुरा सुन्थे“ । म उसको धेरै वास्ता गर्दै उसलाई आवश्यक परेका बेला एउटा असल साथी बन्ने प्रयास गर्थें । उसको हजारौ“ अनुरोधलाई स्वीकार्दै एउटा भरपर्दो साथी र उसलाई अति आवश्यक परेका बेलामा उचित सल्लाह दिने साथी म हुन चाहन्छु । म उसको सुखमा खुसी हुन चाहन्छु र हामी स“गै भएका बेला सम्पर्ूण्ा रूपमा उसित हुन चाहन्छु ।

मैले मृत्युलाई यति चा“डै महसुस गर्नुपर्ला भनी सोचेकी थिइन“ । जीवन यति अकथनीय हुन्छ भन्ने थाहा भएको भए म अर्कै रूपमा काम गथर्ें होला । मैले यो थाहा पाए“ कि जीवन र मृत्युको बीचमा समय निश्चित छ । हाम्रो अन्तिम समय नआउन्जेल यो बीचको समय रहस्यमय छ ।

कहिलेकाही“ मैले सोच्दा मेरा यी सोचाइहरू अर्थहीन छन् किनभने यिनीहरू तर्कसङ्गत छैनन् । म अवश्य नै मलाई धोका दिने मानिसहरूका बारेमा सोच्ने छैन । मलाई थाहा छ कि आजसम्म मैले चिनेका, माया गरेका र समय स“गै बिताएका मानिसहरूका बारेमा सोच्ने छु । मलाई जीवनले दिएको हा“सो, खुसीको समय र राम्रा चीजहरू मात्र सम्झने छु । यसको साथसाथै म ती आत्माहरूलाई सम्झने छु, जसले मेरो जीवनमा ठूलो प्रभाव र मलाई विभिन्न तरकिाले प्रेरति गरेका छन् ।
यदि म आज राती मर्ने भए, मैले जीवनमा गरेका कार्यहरूप्रति मलाई कुनै खेद छैन † तर, मैले नगरेका कामहरू, मैले नगरेका प्रयासहरू, मैले नगरेका फोन कलहरू, मैले कहिल्यै नपठाएका पत्रहरू र मेलहरू, म उपस्िथत नभएका सभाहरू, मैले नदेखेका वस्तुहरू र मैले कहिल्यै नबोलेका शब्दहरूप्रति निकै दुःखी छु । म आफूलाई धिक्कार्छर्ुुवार्थी, आत्मकेन्द्रित र अति नै होसियार भएकोमा ।

मलाई लाग्छ कि यसपछि मात्र म जीवनको अर्थ बुझ्न सक्छु होला । जीवन एउटा जीवनको समयसम्म मात्र रहन्छ । मैले केही गर्नु भनेको जीवनबाट विशेष समय पाउनु हो ।

नेपाल साप्ताहिक
अंक ३०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *