मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

झटारो

kbs — Mon, 08/11/2008 - 22:14

  • नाटक
  • लव गाउँले
  • मधुपर्क

पृष्ठभूमिः -आदरणीय पाठकवृन्द यो काठमाडौँको कुनै एक टिभी च्यानलबाट प्रसारण हुने अत्यधिक लोकप्रिय कार्यक्रम हो । आ-आफ्नो जवानीलाई पैसामा छोल्ने र बुढ्यौली लागेपछि एक अर्कालाई मोल्ने एक अधबैंसे जोडीले यस कार्यक्रमको प्रायोजन गर्नुभएको छ । उहाँहरू हुँदोखाँदो उमेरजति बाहिर बिताउने र छाला चाउरेपछि गैर ओछेन तताउने वर्गका पर्नुभएकाले उहाँहरूले बिहे -यसलाई नाटक भन्न उपयुक्त होला गरेको तीन महिनामै सम्बन्ध विच्छेद गर्नुपर्‍यो । त्यसैगरी, कार्यक्रम सञ्चालक/सञ्चालिका जसलाई आजभोलि भिजे -भिडियो जक्की भनिन्छ क्यार म चाहिँ पिजे -पोजदिने जक्की र एमजे -मोडलिङ्ग वा मोजगर्ने जक्की भन्न मनपराउँछु । हुन पनि उहाँहरूको व्यक्तित्व त्यस्तै छ । उहाँहरूबीच विधिवत लोग्नेस्वास्नीको सम्बन्ध नभए पनि चिनजान भएको तीन दिनमै उहाँहरू त्यो भन्दा पनि गाढा सम्बन्ध जोडेर एङ्करिङ इतिहासमा नयाँ फड्को मार्न सफल हुनुहुन्छ ।

दृश्यः आरम्भ
-पर्दा खुल्दा व्यापकरूपमा नेपाली संस्कृति झल्कने एउटा स्टुडियो देखिन्छ । स्टुडियोको एक साइडमा ढ्याङ्गरो, चमर, बौद्धगुम्बा, हिमाली फूलका थुँगा र यार्चागुम्बा देखिन्छन् भने अर्को साइडमा भैंसीको सिङ्ग, गोरुको पुच्छर, खर्पन, हाँडी, मान्द्रो र परालको त्यान्द्रो आदि सजाइएको देखिन्छ । कहिले नधोएको डुङ्गडुङ्ग गन्हाउने टिपिकल नेवारी पहिरनमा कार्यक्रम एङ्कर चरा र चरी देखिन्छन् । यो कार्यक्रम झटारोको शुभारम्भ हो । दृश्य साँघुरिँदै गएर स्टुडियो, चरा चरी, विचरा विचरी टेलिभिजन सेटमा देखिन्छन् । स्त्रिmनको एक छेउमा फुत्त फुत्त कार्यक्रमका भिजुअल क्लिप्सहरू आउँछन् जान्छन् । यत्तिकैमा टेलिफोन आउँछ ।) चराः हेलो को बोल्नुभो -
कलरः म -
चरीः हजुर, को रे !
कलरः म, म बोलेको ।
चराः मम भन्नाले तपाईं राँगो भैसीको दाजुभाइ पर्नु भो हैन त -
कलरः -गाली गर्दै) ए भाटे ! कसलाई राँगो भैंसीको दाजुभाइ भनेको - कार्यक्रममा सँगै नारिएर बस्नुपर्ने बरू टिमीहरू नै बोका र बाख्री जस्टा छौ ।
चरीः सरी ! सरी ! यहाँ कहाँबाट को बोल्नुभएको । -लाडिँदै) नाम भन्नुस् न प्लिज, मलाई तपाईंको नाम सुन्न कस्तो हतार भइरहेछ ।
कलरः हो..˜... टपाईं टेसो भन्नुहुन्छ भने म आफ्नो नाम भनिहाल्छु नि । ट्यो चरा हो कि ठेचराले राँगो भैंसीको कुरा गर्दा मेरो ट नभएको दिमाग पनि टाट्यो भन्या ।
चरीः मैले माफी मागेपछि भैहाल्यो नि । पहिले नाम भन्नुस् अनि कहाँबाट हो ठाम भन्नोस् ।
कलरः म देवपट्टनबाट बोलेको ।
चराः देवपत्तनबाट को देव बोल्नुभो -
कलरः -नेवारी भाषामा मनोलग) ः छन्ट आसे ! छ प्याँ जक वाले छन्ट छु याम मानि जिँ स्यु नि ! -जोस्सिदै म महादेव बोलेको) ।
चराः देवपत्तनबाट महादेव बोल्नुभा रै'छ । ल यो पशुपतिनाथ मन्दिरको दृश्य हेर्नोस् कस्तो लाग्छ तपाईलाई - टिभीमा तिरमिर तिरमिर मात्र देखिन्छ ।)
कलरः खै, टिरमिर टिरमिर माट्र देखिन्छ । कहाँ छ पशुपटि नाठ -
चरीः पख्नोस् है । -केही मिलाउँदै) ऐले मन्दिर अगाडिको बसाहा -साँढे) देख्नुभो -
कलरः कहाँ साँढे देख्नु ! साँढेको पछाडिको भागले स्क्रीन पुरै छोपेको छ ।
चराः यो सब छाँयाकारको कमाल हो । स्टिलबाट एकैचोटि मूमीमा दौडिँदा यस्तै हुन्छ ।
कलरः हैन यो स्टिल, पिट्टल, तामाबाट मूमीमा दौडन मिल्छ र -
चरीः कुरा के भने नि महादेवजी ! हामीले धातु सातुको कुरा गरेको हैन । स्टिल क्यामरा चलाउनेले भुमी क्यामरा चलायो भने यस्तो हुन्छ भन्न खोजेको क्या ।
कलरः -एकैचोटि राल, खकार सिंगान निस्किनेगरी हाँस्दै) एक हो चरीजी ! टपाईले कुरा गर्ने खुब मिथो छ भन्या । बास्टवमा भन्नुहुन्छ भने मैले ट्यो ठेचरालाई फोन गरेकै हैन, टपाइ विचरीलाई गरेको ।
चरीः धन्यवाद । -अर्को कलरको फोन आउँछ ।)
चराः -लेघ्रो तान्दै) हेलो कहाँबाट को बोल्नुभो -
कलरः म श्लेषमान्तक वनबाट पार्वती बोलेको ।
चराः -आत्तिदैँ चरीसँग) आज पशुपति एरियाबाट मात्र फोन आइरहेछ किन हँ -
चरीः -प्रत्रि्रश्न गर्दै) किन - हाम्रो कार्यक्रममा कुनै खास इलाकाबाट फोन गर्नु भनेको छ र -
चराः -सहमति जनाउँदै) त्यो त छैन ।
कलरः हेलो ! तपाईहरू मात्र कुरा गर्ने कि मलाई पनि बोल्न दिने । ऐले म तिमीहरूको कानमा पर्ने गरी यै टेलिफोनबाट श्लेषमान्तक वनको लप्सीको गेडा छिराइदिउँ कि क्या हो -
चराः -आत्तिदै) हजुर, अनि श्लेषमान्तक वनमा एक्लै अहिले के गरिरहनु भएको छ -
कलरः -गाली गर्दै) ए भाते बाँदर ! श्लेमान्तक वनमा म एक्लै छुकि क्या हो - तँ जस्ता बाँदरहरू यहाँ चाहिँदा छन् ।
चरीः सरी पार्वतीजी सरी ! ल भन्नुस् कुन गीतले यहाँलाई झटारो हानु -
कलरः -उत्तेजित हुँदै) अैले टेलिफोनको प्वालबाट कुहिएको लप्सीको झटारो हान्दिन्छु अनि थाहा पाउँछेस् । चुपो लागेर बसिरहेको मान्छेलाई किन झटारो हान्ने -
चराः माफ गर्नुहोला, झटारो भन्नाले हामीले गीतको झटारो भनेको । भन्नोस् यहाँलाई कुन गीत सुनाउँ -
कलरः त्यो गोधूँलीको झिसमिसेमा भन्ने गीत सुनाउनुहोस् ।
चराचरीः -मुखामुख गर्दै एक अर्कालाई सोध्छन्- कसले गा'को रहेछ यस्तो पाँडे गीत - यो कार्यक्रम चलाउन सारै गारो भो बा˜...। यो भन्दा त फिल्ममा हिरो हिरोइन हुनै सजिलो बरू) पर्वतीजी ! यो गीत कुन चाहिँ गाइने बज्ज्या हाम्रो मतलब कुन स्वाँठ गायकले लेघ्रो तानेर गाउनु भा' होला -

कलरः थुक्क कोप्रे बाउन, यति पनि थाहा नपाउनेले कसरी कार्यक्रम चला हुन् - -रिसिभर बेस्सरी बजारेको आवाजले प्रसारणमा बाधा पुग्नैलागेको बेला चराचरी दुबै हत्तारिएर "अब एकैछिन यो ब्रेक" भनिहाल्छन् । -पर्दा)

दृश्यः दर्ुइ
-अघिल्ला दर्ुइ कलरका फोनको कारण चरा र चरीको अनुहारको कलर हराएझैँ देखिन्छ ।)
चराः आदरणीय दर्शकवृन्द ! ब्रेकपछि यहाँहरूलाई स्वागत गर्दै हामी एक्सीलेटर थिच्न चाहन्छौँ । -कुनै कलरको फोन आउँछ । चरा आत्तिदै चरीलाई रेसपोन्स गर्न भन्छ ।)
चरीः हेलो ! यहाँलाई कार्यक्रम झटारोमा स्वागत छ ।
कलरः धन्यवाद चरी दिदी ! अनि चरा दाइलाई पनि धन्यवाद ।
चराः -चरी बोल्न लागेको बेला उछिन्दै) धन्यवाद नानी ! सुरु गरौँ कुराकानी -
कलरः -मस्किदै) गरौँ गरौँ भैहाल्छ नि ।
चराः नानीको उमेर कति हो कुन्नि !
कलरः केटीको उमेर नसोध्नु भन्छन् नि ।
चराः भन्नेले भन्छन् । नभने केको ठन्ठन् । नाम चाहिँ के पर्‍यो अप्सरा नानीको -
कलरः तपाईं त क्या चलाख यार ! मेरो नामै अप्सरा हो, कसरी थाहा पाउनु भो -
चराः अप्सराहरू चरी जस्तै उडन सक्छ भन्थे । तपाईंको वासनादार प्वाँख उडाएर स्टुडियोसम्म ल्याइपुर्‍याएछ हावाले ।
चरीः -अनुहार कालो पार्दै) ल ल, यो पखेटाको प्वाँख र चङ्गाको ग्वाँखको कुरो छोडौँ । अब प्रसङ्ग मोडौँ । यहाँको कान कुन सिनेमाको गीतले छेडौँ -
कलरः चरा दाइलाई जुन मनपर्छ त्यसैले छेडौँ ।
चराः -चरीलाई धकेल्दै) ठीक छ अप्सरा रानी ! मेरो मतलब नानी ! कलिउडमा हालसालै रिलिज भएको निर्माता भालुभुत्तेको "तातो न छारो" भन्ने फिल्मको यो प्रेमगीत प्रस्तुत गरौँ है त -
कलरः हेलो चरा दाइ ! गीतसित केही सुनिदैन । टिभीमा त भारतका यौन देवहरूको स्थल खजुराहो मन्दिर परिसर पो देखिन्छ त ।
चराः यो भारतको खजुराहो हैन, "काठमाडौँको हनुमान ढोका जाओ" भन्ने मन्दिर परिसरको दृश्य हो । क्यामरामा म्यग्निफाइङ्ग लेन्स प्रयोग गरेर खिच्दा हनुमान ढोका मन्दिरका टुँडालहरू खजुराहो मन्दिरका चुँडालहरू भन्दा कम देखिन्नन् ।
कलरः -लाज मान्दै) म त टिनै छु ! दृश्य पचाउन अलि गारो हुनेरहेछ ।
चराः अब टिनबाट ड्रम हुन कति नै समय लाग्छ र !
कलरः आबुइ ! तपाईले ड्रम भनेपछि पो सम्झेँ । म त पानी भर्दै थिएँ, तपाईंको कुराकानीमा अलमलिएछु । धन्यवाद है चरा दाइ ! सी यू बाइ !
चरीः चरासँग जङ्िगदै) टिभी कार्यक्रममा पनि यस्तो छाडा छाडा बोल्ने हो -
चराः केको छाडा नि - कुराकानी नै नगर्ने हो भने टिभीमा खाली इशारै इशारा मात्र गर्ने, कसले बुझ्छ त्यो -
चरीः अलि प्रतिकात्मक रूपमा बोल्न सकिन्न साहित्यकारले जस्तो -
चराः कस्तो प्रतिकात्मक - आफूलाई आलोचनात्मक र समालोचनात्मक बाहेक हरू थाहा छैन ।
चरीः कस्तो लाटो मान्छे होला ! कोइ घोडचढीको शौखिन छ भने त्यसलाई घोडा शब्द पर्याप्त हुन्छ । त्यस्तै कोइ पर्खाल चढ्न पारखी भए उसलाई पर्खाल शब्द काफी हुन्छ । हावामा उड्ने सामानमा कमिसन खानेलाई लाउडा भने पुग्छ । तपाईं कुरै बुझ्नु हुन्न । तपाईं जस्तो एङ्करलाई पेट्रोलको टेङ्करले देख्यो भने आन्द्राभूँडी नै छताछुल्ल हुने गरी किचिक्कै बनाउँछ ।
चराः हैन म एङ्कर र पेट्रोल टेङ्करबीच के सम्बन्ध छ र -
चरीः दुवै संवेदनशील ! पेट्रोल अति प्रज्ज्वलित तपाई त्यसको दोब्बर उत्तेजित । अनि सम्बन्ध भए न त -
चराः ल ल, यो पेट्रोल सेट्रोलको प्रसङ्ग तोडौँ र टेलिफोनमा अर्को कलरसँग सम्बन्ध जोडौँ । हेलो कार्यक्रममा यहाँलाई स्वागत छ ।
कलरः हेलो क्यै सुनिएन ।
चराः कार्यक्रममा यहाँलाई स्वागत छ भनेको ।
कलरः हेलो क्यै सुनिदैन । टेलिफोनको तार खुस्क्यो कि के हो -
चराः टेलिफोनको तार हैन तपाईंको दिमाग खुस्क्यो । हेलमेट फुकाल्नुस् न पहिले ।
कलरः -हेलो हेलो गर्दै रिसिभरलाई कानमा बजार्दा हेलमेट लगाएको थाहा पाएपछि हाँस्दै) ए ! मैले त हेलमेट त फुकाल्नै बिर्सर्ेे । -फुकाल्दै) के गर्नु आजभोलिको समय ठीक छैन । हेलमेट नलगाइ त काहीँ हिँड्नै हुन्न । अस्ति एउटा च्याङ्गरे गायकको टाउकामा श्रीमतीले डाडु बजारिन् भन्ने सुनेदेखि हेलमेट त निकाल्ने डर लाग्छ । आफू पनि बाथरूम सिङ्गर परियो ।
चरीः यहाँ त गायक हुनुहुँदो रहेछ । एउटा गीत सुनाउनुस् न त ।
कलरः -तुरुन्तै) ल सुन्नुस् । "कलिउडकी तिमी पुडकी बोका पसल थाप्ने, टाउको दुख्यो भन्दा खेरि नाइटोतिर नाप्ने ! च्याउ जस्तो त्रि्रो कान झ्याउ जस्तो ज्यान, तर पनि सधैँभरि म त त्रि्रै फ्यान कृष्ण बजाऊ मुरली !"
चराः -ताली ठोक्दै) राम्रो अति राम्रो । तपाईँंले पप गाउने हो भने यहाँका जगल्टे गायकका कानका टप त फुतु फुतु र्झछन् । अनि शब्द रचना कसको, तपाईंकै -
कलरः हैन । मेरो बाल्यकालदेखि कट्टु लाउने साथी छट्टूप्रसादजीले लेख्नुभएको । एसएलसी दिँदा नेपालीमा दसपल्ट गुल्टेको कारण उहाँ प्रखर गीतकार हुनुभयो ।
चराः धन्यवाद ! फोन आएजस्तो छ । अर्को कलर समाऊँ है त -
कलरः कहाँ डलर समाउने कुरा गरेको ! उहाँ रामचाको भट्टीमा उधारो रक्सी खाएको नेपाली पैसा तिर्न नसकेर त्यो बाटो हिँड्नै छोड्दिसकेँ । -कुरा सुनेर चरी खित खित गरेर हाँस्छे)
चराः आदरणीय दर्शकहरू, एकै छिन यो व्यापारिक सन्देश । कहीँ नजानुहोला । हामी यतै कुनातिर लठारिरहेका हुन्छौँ । -पर्दा)

दृश्यः तीन
चराः आदरणीय मित्रहरू ! यो व्यापारिक सन्देशपछि कार्यक्रममा झटारोमा म यहाँहरूको कठालो समातेर उपस्थित गराउँदै अचारिक सन्देश सुनाउन चाहन्छु ।
चरीः ओहो ! फेरि यो अचारिक सन्देश भनेको के नि -
चराः अब व्यापारिक भनेको व्यापार अचारिक भनेको अचार कस्तो नबुझेको लाटी !
चरीः -रिसाउँदै) केही नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो नेपालको एकमात्र पुरानो टिभी च्यानलले मात्र भट्याउने यो व्यापारिक सन्देश किन भन्नुपर्‍या - बरू अङ्ग्रेजीमा कमर्सियल ब्रेक भने हुने अथवा व्यापारिक विश्राम भने पनि हुने ।
चराः -जोस्सिदै) अनि ब्रेकलाई विश्राम भन्छन् त - त्यसो भए विश्रामघरलाई के ब्रेकहाउस भन्ने - भैगो यो ब्रेकको तगारो हटाऊँ । -कुनै कलरको फोन आउँछ) मित्र को पर्नुभयो -
कलरः म कोपर्ने हैन, केरे कुन्जविहारी परेँ ।
चराः -अघिल्लो शब्द सुन्दैन) अनि विहारीजी ! कहाँ विहारबाटै बोल्नु भएको -
कलरः कहाँ विहारबाट बोल्नु ! म त यहीं ललितपुर बौद्ध विहारबाट बोलेको ।
चराः जहाँबाट भए नि विहार भनेको विहार नै हो नि कि कसो विहारीजी -
कलरः म विहारी हैन भन्या भाइ ! म त कुन्जविहारी हुँ ।
चराः -जोस्सिदै) कुन्ज भने पनि कुम्भ भने पनि तपाईं विहारी नै हो ल जा ।
कलरः हरे शिव शिव ! कस्तो दुःख दिएको मलाई ! मेरो सात दुना चौध पुस्ता नै यहीँ हर्ुर्केको भाइ ! म कसरी सम्झाऊँ तपाईंलाई -
चराः ए त्यसो पो, त्यसो भए ल माफ पाउँ । म त यहाँ दक्षिणतिरको विहारी भन्ठानेको । ल भन्नोस् तपाईंलाई कुन गीतले ठोकौँ -
कलरः पख्नोस् । गीतलाई अहिले रोकौँ । -स्याउ झिक्दै) पहिले यो स्याउलाई टोकौँ । -चराको कानमै रस पस्छ कि झैँ गरी कर्‍याम्म गरेर स्याउ टोक्दा एक्कासि स्त्रिmनमा झिलिक्क गरेर बत्ती बल्छ र कुन्जविहारी दृश्यबाट गायब हुन्छ)
चराः विहारीजी ! तपाईं विहारै पुग्नुभो कि के हो, तपाईं त हराउनु भो । -बिजुली चम्के जस्तो फेरि झिलिक्क हुँदा दृश्यमा महिला कलर देखिन्छ)
कलरः -कानै खानेगरी चिच्याउँदै) चरा दाइ ! भैगो त्यो तालुखुइले बूढो विहारी जतासुकै मुण्टोस् त्यसलाई छोडदिऊँ ।
चराः हेलो ! यहाँ कहाँबाट को बोल्नुभो -
कलरः म सिमसारबाट सीमा साहनी बोलेको ।
चराः अनि के छ त सिमसारनी नानी !
कलरः -बीचैमा) सिमसारनी हैन सीमा साहनी ।
चराः ओके ओके सिमादारनी ! यहाँको कान कुन गीतले तताउने -
कलरः त्यै क्या ।
चराः कुन -
कलरः त्यै, जब तिमीले धोक्रो ओढेर घोक्रो फुलाउँछौ, जब तिमीले गर्दन मोडेर सारा जीउ फुलाउँछौ तिमी त मेरै प्रिय डल्ले बङ्गुर जस्तै लाग्छौ" हो त्यै गीत सुनु न । क्या च्वाँक गीत छ ।
चराः -झकर्ेर्ेे हे, हामीसँग त्यस्तो गीतसित छैन । बेकारमा बङ्गुर सुङ्गुर भनेर । -चरा भुतभुताउँदै एकातिर हिँड्छ । जोख्न मिल्ने भए आधा किलो जति राल, सिँगान र खकार खस्ने गरी चरी निकैबेर हाँसिरहन्छे ।) -पर्दा) ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Nice Natak. Tara typo mistake

ABhairab — Sat, 09/11/2010 - 16:35

Nice Natak. Tara typo mistake haru dherai dekhiyo.

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 23 min ago
  • hlw
    22 hours 4 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 8 hours ago
  • Good
    1 week 8 hours ago
  • .Thanks
    1 week 16 hours ago
  • Pratikritiya dinu vaekoma
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • रक्सी
  • आमा
  • थाहा नलागेको वसन्त बहार
  • किन यस्तो
  • हिजो आजका कुरा
  • दूरी
  • मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
  • मेरो बारेमा नसोची
  • एकदिन एक्लै हुँदा
  • सरकार पो किन चाहियो
  • काँचो धागो...
  • अल्लाहलाई निवेदन
  • जातै पिच्छे टुक्रा टुक्रा
  • प्रकृति-नियम
  • छायाहरूको जुलुस
  • गयौ तिमी टाढा
  • ऊ बेश्या होइन
  • सम्झना
  • बुलाकी त्यो कण्ठा हरायो
  • गाह्रो भयो मलाई
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित