Skip to content


त्यस्तो भएको भए …. जिन्दगी
पुरानो हाँडी भए जिन्दगी
उहिलै फुटाई दिई सक्थें!

थोत्रे गाडी भए उहिलै भीरबाट
गर्याम-गुरुम खसाल्दी सक्थें!

पुरानो राड़ी भए उहिलै
कसैलाई दान् दिई सक्थें होला!

फाटेको टायर भए जिन्दगी
उहिले आगो लगाई बाल्दी सक्थें!

प्लाष्टिक बोतल भए उहिलै
कच्याक-कुच्चुक पारी सक्थें!

पुरानो कपडा भए उहिलै
च्यात-चुत् च्याती दिई सक्थे होला!

सिसा भए जिन्दगी
झाराम-झुरुम फुटाई दिई सक्थें!

फुटबल भए एक लात्ती हानेर
उहिलै घुँईकाई सक्थें!

फोहोरको ढल भए उहिलै
बागमतीमा सुँईकाई दिई सक्थें होला!

मिना बान्तवा “मृदु”
भाग-२

4 thoughts on ““जिन्दगी” भाग-२”

  1. “फूल भए जिन्दगी देउतालाई
    “फूल भए जिन्दगी देउतालाई चढाइदिन्थें” भन्ने गीतको झनक आयो। अरू रचनाको तुलनामा अलि फितलो भा’ हो कि? कि मलाई मात्रै हो त्यस्तो लागेको?

    फूल भए जिन्दगी देउतालाई चढाइदिन्थें
    https://www.majheri.com/node/1674

  2. khoi saed yo jindagi bhag 2
    khoi saed yo jindagi bhag 2 bhaeko le hoki ,,,,? bhag 1 hernu holaa ani aru 3 pani herdai jada hunchh ni tysaile khallo bha hola kinki esko inding bhako chain ,,,”mridu”

  3. ठिस बुढा

    राम्रो छ ।
    मृदुजि पिर नलिनुस,

    राम्रो छ ।

    मृदुजि पिर नलिनुस, धनेन्द्र विमल सरको गाना भन्दा फरक छ । अझै लेख्नुहोला ।

    शुभ यात्रा ।
    बाई
    🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *