Skip to content

लभ र रोमान्सको राजधानी हान्जु

  • by


सेमिनार सुरु भएको आज पन्ध्रौँ दिन अर्थात् नोभेम्बर ३, २००८ ।

 सेमिनारका सहभागी सबै साथीहरूलाई नानजिङबाट हान्जु भ्रमणमा लगिँदैछ । हामी सबै हौसिएका छौँ हान्जु हेर्न । सुनेअनुसार हान्जु सुन्दर छ । त्यस सुन्दरताले हामीलाई प्रफुल्लित पार्नेछ ।

 समय तालिकाअनुसार हामी सातै बजे ब्रेकफास्ट खाएर बसमा पुगिसकेका छौँ । भ्रमण दलका नेता भनौँ या फेसिलेटर वान फुमिङ र ली फेइ हामीसँगै जानेछन् । अहिले भने छुटेको केही सामान लिन गएकी ली फेइको प्रतीक्षा भइरहेको छ ।

 यसै बीचमा बोत्सवानाबाट आएका निकेलको साढे दुई हजार युआन हिजो बजार भ्रमणको बेला हरायो भन्ने हल्ला आयो र सँगसँगै सियरालिओनका लेमिनीले उनको सहयोगका लागि अनुरोध गरे । यस्तो आर्थिक सङ्कटको बेला सबैबाट सहयोग हुनुपर्छ भन्ने आवाज अरू अपि|mकन साथीहरूबाट पनि आयो । अधिकांश साथीहरूले एक सय युआनको दरले सहयोग गरे । मेरो मनमा चसक्क बिज्यो- कति विश्वास गर्ने ! कति नगर्ने ! चीनजस्तो कडा नियम र कानुन भएको देशमा किनमेल गरिरहेको बेला चिनियँाहरूका लागि अनौठो लाग्ने कालो जातिको छातीमाथिको गोजीबाट कुनचाहिँ महसुर चिनियँा चोरले पैसा निकाल्ने आँट गर्‍यो होला ? त्यसले हामी सबैलाई उल्लु त बनाएन ?

 मेरो मनको आवाज राजेश सरसम्म पुग्यो । सित्तै एक सय युआन दिन परेकोमा चित्त दुखेको सत्यत्ाथ्य खोल्नुभयो उहाँले पनि । जुन उल्लासमा हामी थियौँ, यस अपि्रय घटनाले त्यो उल्लास र उमङ्ग क्षण भरमा ओइलायो र सबैमा मलिनता एवं मौनता छायो । यस घटनालाई चिनियँाहरूले पनि अनौठो, अस्वाभाविक र  लज्जाको रूपमा लिए ।

 वान फुमिङले सहभागीहरूको सङ्ख्या गणना गरेर ड्राइभरलाई अनुमति दिए । बस चल्यो । आर्मी कमाण्ड कलेजको विद्युतीय कैचीगेट बस पुगेपछि ट्रली गुडेझैँ सररर गुडेर छेउमा एक थुप्रो लाग्यो । बस बाहिरियो ।

 नानजिङको घना सहरदेखि अलि पर पुगेपछि पो थाहा भयो- हामी त एअरपोर्ट मार्ग हुँदै पो जाँदै रहेछौँ । मेरो नजरमा ती ती दृश्यहरू देखिँदै गए, जुन दृश्यहरू मेरो मस्तिष्कमा कैद भएका थिए । टावर ठडिएको उही पहाड, याङजी नदीको उही लामो न लामो पुल, उही सुरुङमार्ग ।

 हामी यानजिङ र निनघाङतिर जाने मार्गहरूलाई पछाडि पार्दै हान्जु राजमार्गमा कुद्न थाल्यौँ । बाटो कतै चार लेन र कतै छ लेनको सफा र सुन्दर छ । दोहोरो मार्गलाई छुट्याउने मध्यरेखा, कटिङ गरेर चिटिक्क मिलाइएका धुपीका रूखहरू र कतै फूलहरूले सजिएको देखिँदैछ । हामी चिनियाँहरूले स्थायित्व बनाइराखेको त्यस सुन्दरताको बखान गर्दै अगाडि बढ्छौँ ।

 दायँाबायाँ ग्रामीण बस्ती देखिँदैछ । चिनियाँ शैलीका, कालो रङका टायल र झिङ्गटीले छाएका तीन/चार तलासम्मका टिपिकल ग्रामीण घरहरू देखिँदैछन् । कतै गुजुप्प परेका, कतै छितरिएर रहेका ती घरहरू पुराना शैलीका प्रतित हुन्छन् । कतै खेतको फाँट देखिँदैछ । छोटा बोट भएका पहेँलपुर धानको फाँट मनै लोभ्याउने खालको हेरिरहँुजस्त्ाो छ । मत्स्यपालन पोखरीहरू पनि देखिँदैछन् कतै । ती पोखरीहरूमा पौडिरहेका, तैरिरहेका हाँसका बथानले पोखरीको सौन्दर्य अरू बढाएका छन् ।

 यी विविध दृश्यहरू हेर्दै अगाडि बढ्दै गरेको बेला मिस्टर वान फुमिङ हातमा माइक लिएर उभिन्छन् र बायाँपट्ट िइसारा गर्छन्- यहाँ एउटा विशाल ‘टाइ कु’ ताल छ तर तुवाँलो लागेका कारण स्पष्ट देखिएको छैन ।

 तथापि म उठेरै विस्फारित नजरले हेर्छु- पल्लो छेउ देख्न नसकिने त्यस तालको धमिलो परिदृश्यभित्र नाउहरू तैरिरहेका देखिन्छन् ।

 यसपछि सानो पहाडी भू-भाग मेरो नजरमा पर्छ । त्यहाँ राम्रो खालको ढुङ्गा खानी रहेछ । त्यस ढुङ्गाबाट चुन उद्योगका अतिरिक्त ढुङ्गाका राम्रा कलाकृतिहरू पनि निर्माण गरिँदोरहेछ । अगाडि आउँदैछ औद्योगिक क्षेत्र । थुप्रै चिम्नी र चिम्नीबाट निस्केको धूवाँले मलाई उद्योग क्षेत्रबारे सोधिरहन आवश्यक पर्दैन । निर्धारित समय अर्थात् साढे चार घण्टामा हामी करिब ३५० किलोमिटर दूरी पार गरेर हान्जु प्रवेश गछौर्ँ र तियाचाङ रोडमा रहेको हान्जु इन्टरनेसनल होटलमा प्रवेश गर्छौं ।

 हान्जु सहरमा गनिएको त्यस पाँचतारे होटलमा हामी सहभागीहरूलाई एक/एक कोठा मिलाइएको रहेछ । प्रतिकोठा प्रतिदिनको छ सय युआन अर्थात् नेपाली रुपियाँ छ हजार । डबल बेड र साथमा सबै डबल सामग्रीले सुुसज्जित ती कोठाहरूमा दुई/दुई जनाको दरले राखिएको भए पनि अन्याय हुने थिएन । हामी कसैबाट बाधा विरोध हुने थिएन तर चिनियाँ मित्रहरूले हामीलाई यति ठूलो आतिथ्य दिए कि अतिथिहरूले कुनै प्रकारको कठिनाइ भोग्न नपरोस् ।

 कोठामा गएर सामान राख्न र इच्छाअनुसार श्ाारीरिक आवश्यकता पूरा गरी लवीमा र्फकन हामीलाई आधा घण्टाको समय दिइएको थियो । सोहीबमोजिम जम्मा भयौँ हामी र लन्चका लागि लेभल प्लाजा होटलतिर लाग्यौँ ।

 टाढा थिएन त्यो होटल । बस चढ्न आवश्यक थिएन हामीलाई । बाटो नाघेपछि पुगिहालिने । हामीलाई जानकारी गराइसकिएको थियो कि सेल्फ सर्भिस, अर्थात् खाद्य परिकारको भण्डारबाट तपाईंलाई जे मन लाग्छ त्यही लिनुस् र खानुस् । मैले देखेँ- परिकारको भण्डार मात्र होइन, पहाडै रहेछ त्यहाँ । त्यस पहाडबाट के लिने के छाड्ने ?  एक/एक चम्चा लियो भने पनि थाली भरिने । पूर्वीय दर्शनमा वािर्ण्ात चौरासी व्यञ्जन तर गनेको भए उछिन्थ्यो आधुनिक व्यञ्जनले । कति परिकार देख्दै नदेखिएका, भोग्दै नभोगिएका र नाम मात्र पनि थाहा नभएका । हो त नि, वास्तवमा मानिसको इच्छाअनुसारका परिकारहरू खान पाइएन भने केको फाइबस्टार ।

 हाम्रो समूहका साथीहरूमध्ये अरूलाई भन्दा खानमा मजा आयो राजेश सरलाई । उहाँ शाकाहारी । नानजिङमा अधिकांश मासुका परिकार भएको कारण छानीछानी खान नपाएका राजेशले त्यहाँ रोजीरोजीकन, खोजीखोजीकन मनग्ये खान पाउनुभयो । उहाँले तृप्ति महसुस गरेकोमा मलाई पनि सन्तोष अनुभव भयो । कहिले गोलभेडा र आलुसमेत उसिनेर खान विवश हुँदाको कटु अनुभव र आजको पूर्णतृप्ति तुलना गर्न लायक थियो ।

 मैले देख्न नपाएको चीज थियो हलुवा तर हलुवाको स्वाद दिने खालका अरू परिकार नभएका चाहिँ होइनन् । खीर पनि थियो त्यहाँ, चामलको नभए पनि सेवइको । हो, मिठाइका परिकारहरू अलि कम थिए, यसर्थ कि चिनियाँहरू गुलियो पदार्थ्ा कम खाँदा रहेछन् । त्यसैले बनाउन पनि कमै जान्दा हुन् ।

 तर पेय पदार्थ्ामा अल्कोहल भने थिएन है ! उसै त चिनियाँहरू अल्कोहलमा वियरभन्दा पर पुग्दैनन् सितिमिती । त्यसैमा पनि लन्चमा बाह्रै बजे धोक्न पनि त थाल्नुभएन ! हामी त अझ विदेशी पाहुना । उनीहरूले दिने आतिथ्यमा पनि विघ्न आउन दिनुभएन र आˆनो मर्यादा र स्वराष्ट्रको सम्मानमा पनि आँच पुर्‍याउनु भएन । हामीले त उनीहरूले भनेका कुरा सुन्ने, बुझिएन भने प्रश्न गर्ने र लगेको ठाउँमा जाने/घुम्ने/हेर्ने । बस ।

 अब भने हामी वास लेक हेर्ने प्रतीक्षामा छौँ । मनग्ये खाना खाइवरी एक बज्नुअघि नै बसमा बसिसकेका छौँ हामी । समयका पक्का छन् चिनियँाहरू पनि । हामीसँग एउटा मात्र होइन दुईवटा बस छन् । एउटामा विदेशी सहभागीहरू र गाइड, अर्कोमा चिनियाँ मित्रहरू / फोटोग्राफरहरू / हाम्रै प्रयोजनमा खटिएका फेसिलेटरहरू ।

 मलाई वासलेकले तानिरहेको छ । चिनियँाहरूले बोल्ने नाम वासलेक । अङ्ग्रेजीमा लेखिने श्ाब्द ‘हृष्जग ीबपभु । विदेशीहरूको मुखमा झुण्डिएको शब्द वेस्ट लेक । यो सबै एउटै तर सजिलो नाम वासलेक ।

 हाम्रा गाइडहरूसँगै बसमा प्रवेश गर्‍यो एउटा नयाँ मानिस । कानमा माइक्रोफोन लगाएको, कम्मरमा माइकमेसिन जडान गरेको त्यो मानिस बोल्न थाल्यो- गुड आˆटरनुन एभरी वडी । मेरो नाम जे सुकै भए पनि म आफूलाई टम एन जेरी भन्न रुचाउँछु । र, मलाई सबैले यसै नामले चिन्छन् । टम एन जेरी अर्थात् म अङ्ग्रेजीको सिकारु । म येनकेन बोल्छु अङ्ग्रेजी र तपाईंहरूलाई बुझाउने प्रयास गर्छु ।

 उसको भनाइलाई हामी सबैले ताली पिटेर स्वागत गर्‍यौँ ।

 बस चल्यो । उसले हँसिलो पारामा हान्जुका बारेमा फलाक्न थाल्यो । दायँाबायाँका  दृश्यहरूको परिचय दिँदै गयो ।

 म त सहर हेरेरै दङ्ग थिएँ- आहा…, कति सुन्दर सहर ! सहरलाई कति व्यवस्थित गर्न सकेका चिनियाँहरू  ! म पुलकित भएँ, बसको दौडाइसँगै क्यामेरा निकालेर भिडियो खिच्दै गएँ सरररर । वास्तवमा अत्यन्त सुन्दर सफा र व्यवस्थ्िात थियो सहर । तुलनात्मकरूपमा नान्ाजिङभन्दा पनि सुन्दर । त्यसै भनिएको रहेनछ हान्जुलाई चीनको सबैभन्दा सुन्दर सहर । जुन विश्वका सुन्दर दसवटा सहरमध्ये पर्दछ । अझ हामीले ताल हेर्न त बाँकी नै छ ! कस्तो होला त्यो ताल ? तालको हालचाल ।

 धेरैबेर लागेन हामीलाई ताल भेट्न, बढीमा आधा घण्टा । ताल देखिँदैछ- सुन्दर बगैँचाको छेडोबाट । मानिसहरू/युवाजेाडीहरू बसेका देखिँदैछन् कुर्सीमा/बेञ्चमा र तालमा तैरिरहेका देखिँदैछन् डुङ्गाहरू तर अझ पनि किन रोकिँदैन बस । बस, अगाडि अरू अगाडि बढ्दैछ । सुन्दर, अति सुन्दर देखिँदैछ ताल किनारको वाटिका/ लताकुञ्ज/हरित वनस्पति र सुवासित हुँदैछ पुष्प मकरन्द ।

 आखिर बस रोकिन्छ । टम एन जेरी ओर्लेर झण्डा ठड्याउँदै भन्छ- प्लिज फलो मि । हामी उसको पछिपछि लाग्छौँ । दायाँ हेर्‍यो ताल, बायाँ हेर्‍यो ताल । हामी बीचको थुम्कोमा निर्मित सडकबाट अघि बढ्छौँ । पर, धेरै परसम्म मानिसको घुइँचो छ । म कल्पना गर्छु- चिनियाँ जनताको बाढी त यहाँ पो लागेको रहेछ । तर म त प्रकृति देखेर पो दङ्ग छु । कसरी बन्यो प्रकृतिको यो सुन्दर संरचना ? श्रीरामले लङ्का जान बनाएको पुलजस्तो ? मानिसले नै बनाएजस्तो ! ताल पुरेर कमाल गरेजस्त्ाो ! मलाई त शङ्का पो लाग्दैछ, प्रकृतिलाई झुक्याउने खालको खण्डहर निर्माण गरिदिन सक्ने, कृत्रिम गुफा तयार गरिदिन सक्ने र प्रकृति समतुल्य चट्टान निर्माण गरी छङछङ झर्ना खसाइदिन सक्ने खुबी भएका चिनियँाहरूले तालै कृत्रिम बनाएका त होइनन् ? तर लाग्दैन त्यस्तो कृत्रिम । मैले शङ्का गरेको त हामी हिँडिरहेको भू-भाग मात्र पो !

 तालको किनारमा तैरिरहेको सुन्दर ठूलो आकारको डुङ्गामा उभिएर टम एन जेरी झण्डा हल्लाउँदै छ । र, भन्दैछ- आउनुस् र बस्नुस्, ताल परिक्रमा गराउने हाम्रो लागि प्रतीक्षा गरिरहेको डुङ्गा यही हो ।

 हामी डुङ्गामा बसेका छौँ । फोटो खिँच्नेले खिँचिरहेका छन् । भिडियो लिन खटिएका एक जना चिनियाँ मित्रले भिडियो लिइरहेका छन् । टम एन जेरी उभिएर फलाक्दै छ- हान्जु नगरी लेकैलेकको नगरी हो । यहाँ साना ठूला चौँतीसवटा लेक छन् । जसमध्ये यस लेकमा चारवटा लेकको सम्मिश्रण भएको छ । जसको संयुक्त नाम हो वासलेक । चीनको दक्षिणपूर्वमा पर्ने यस लेकमा पहिले पहिलेका राजा महाराजाहरू दर्जनौँ रानी र सुसारेसहित यस लेकको सौन्दर्य हेर्न आउँथे र आनन्द लिन्थे । माओत्सेतुङ र डेङ सिआओ पिङ पनि यहाँ धेरै पटक आएका छन् र सौन्दर्य हेरेर मुग्ध भएका छन् । यहाँका राजनेताले रेष्ट गर्ने ठाउँ हो हान्जु । विशेषगरी युवायुवती र त्यसैमा पनि बिहा गरिसकेका सम्पन्न परिवारका नयाँ दम्पती हनिमुन मनाउन यस ठाउँमा अवश्य आउँछन् र उन्मुक्त आनन्दमा रमाउँछन् । त्यसैले हान्जुलाई लभ र रोमान्सको राजधानी पनि भन्ने गरिएको छ ।

 गाइडको कुरा कोही सुन्दै थिए, कोही तालको भव्य सौन्दर्य अवलोकन गर्नमा तल्लीन थिए । म भने आफूले मात्र नहेरेर अरूलाई पनि हेराउन चाहने वर्गको मानिस भएकोले दुई आँखाले प्राकृतिक छटाको चित्र खिच्दै मतिष्करूपी मेमोरीकार्डमा रिजर्भ गर्दै थिएँ र त्यो चित्र पुष्टि गर्न दुई कानद्वारा प्रमाण पनि जुटाउँदै थिएँ ।

 यसैबीच हामी तालपारिको टापुमा पुगेर डुङ्गाबाट अेार्लियौँ । त्यो एउटा आइल्याण्ड रहेछ र त्यसै आइल्याण्डमा एउटा सुन्दर सन्ायात सेन पार्क पनि रहेछ । ती सबै अवलोकन गर्दै र छोटामेाटा पुलहरू तर्दै/तालहरू नाच्दै टापुबाट टापुमा पुग्छौँ । फोटो खिचेर के सक्नु ! भिडियो लिएर के भ्याउनु ! तालभरि चलिरहेका डुङ्गा र तालको पल्लो किनारमा ठडिएका अग्ला घरहरूको लामलस्कर कति अटाएर सक्नु क्यामेरामा ! क्यामेराले खिचेको अस्थायी वस्तु के काम ! मस्तिष्करूपी क्यामेरामा अटाउन हाल्न सके पो ! जे सुकै भए पनि म जति सकिन्छ अटाउन हाल्ने प्रयास गर्दै थिएँ ।

 घुम्दै गर्दा चिनियँाशैलीको एउटा सतलमा सोह्राँै शताब्दीका सुतुङको मूर्ति पनि देखियो र एउटा प्यागोडामा इतिहास पुरुष ली व्ाीको तस्बिर पनि कँुदिएको देखियो ।

 करिब दुई घण्टा जति घुमेर हामी पूर्वोक्त स्थानमा फर्कियौँ र हामीलाई प्रतीक्षा गरिरहको इन्जिनचालित डुङ्गामा चढेर त्यस आइल्याण्डको परिक्रमा गरी बस ठडिएकै आसपासमा पुगेर ओर्लियौँ ।

 बसमा चढिसकेपछि म एकपटक कल्पना लोकमा बरालिएँ- तालको हिसाबले हेर्दा त हान्जु हाम्रो पोखरासँग मिल्दोजुल्दो रहेछ तर यथार्थमा र्फकंदा कहाँको जलकुम्भी ग्रसित दुई चार/ओटा थोत्रा डुङ्गा चल्ने फेवा र कहाँको पुलैपुल र टापु नै टापु भएको विशाल एरिया ओगट्ने सुन्दर डुङ्गा र सफा पानीले परिपूरित वास ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *