Skip to content

सङ्कटकालको छैटौ महिना अर्थात् वि.सं. २०५९ सालको वैशाख महिनामा पूर्ण काठमाडौको कालिमाटीबाट समातियो । सााझ ढलिसकेपछि डेरामा साथीसाग भात खाादै गर्दा सेनाले उसलाई गिरˆतार गरेको थियो । त्यसपछि पूर्णका बारेमा अनेकथरी कुराहरू सुनिए ।

-एकरात पूर्णसहित चारजनालाई चोभारमा लगेर हत्या गरियो ।

-ऊ ताप्लेजुङमा सैनिक क्याम्पमा देखियो रे ।

-उसलाई बङ्करभित्रै राखिएको छ ।

तर पूर्ण कतै देखिएको पनि थिएन र कुनै भनाइको पुष्टि पनि भएको थिएन ।

“उहाा विजयको बा हुनुहुन्छ” पन्ध्र वर्षअघि बजारको एउटा चोकमा पूर्णले मलाई आˆनी आमा मोतीमायासाग परिचय गराएको थियो । बाटुलो अनुहार, तिलचामले कपाल, बाक्लो शरीर र होचो कदकी मोतीमाया फलफूलको ठेलासागै उभिएकी थिइन् । उमेर त्यस्तै पचास वर्ष जतिको हुादो हो ।

“खानोस् बाबु Û” सुन्तला अगाडि बढाउादै उनले भनिन् ।

“भो Û भो Û राख्नोस् । किनेर ल्याएका सुन्तला बााडेर कहाा हुन्छ ?” मैले लिन इन्कार गरेा ।

“हामी सबै कुरा किनेर खान्छौा । डेरामा आउादा चिया-खाजा पनि किनेको भनेर खानु हुन्न त ?”

“त्यसो भनेको कहाा हो र?”

“यहाा खान मन नलागे घर गएर खानुहोला” उनले सुन्तला राखेको प्लास्टिकको झोला मेरो हातमा थमाइदिइन् ।

पूर्ण मध्यम कदको, थोरै चुच्चे नाक र कल्सााउदो अनुहार भएको तीस वर्षको लक्का जवान थियो । पढ्दापढ्दै क्याम्पस छोडेर ऊ युद्धमा होमिएको थियो । फरासिलो र बहिर्मुखी स्वभावका कारण उसको व्यक्तित्व खुलेको थियो र अरूमाथि सजिलै प्रभाव पार्न समर्थ हुन्थ्यो । केही समय अगाडिबाटै उसको कार्यक्षेत्र काठमाडौा थियो र सङ्कटकालपछि पनि पार्टीले त्यसलाई परिवर्तन गरेको थिएन । गिरˆतारीको खबर पाउनेबित्तिकै पारिवारिक नाताले मोतीमायाले हारगुहार लगाउन थालेकी थिइन् ।

“पूर्णको जीवन खतरामा छ, जीवन रक्षाका लागि बोलिदिनु पर्‍यो” अनुरोधका स्वर लिादै उनी मानवाधिकारवादी व्यक्ति तथा सङ्घ/संस्थामा पुगेकी थिइन्, बोल्न प्रतिबन्ध अझ त्यसमा पनि खतरा मोलेर कोही बोल्दैनथ्यो । सार्वजनिक र रिहाइको त कुरै छोडौा गिरˆतारीको चर्चासम्म गर्न पनि मानिसहरू डराउाथे । पूर्णको नाम उच्चारण गर्नु नै आतङ्ककारीको पक्ष लिनुसरह हुन्थ्यो । पूर्णकी आमा भनेपछि कतिपय मानिसहरू बोल्न पनि तर्सन्थे । यसको छनक मोतीमायाले पाइसकेकी थिइन् र विचार गरेर मात्र अरूसाग बोल्ने गर्थिन् ।

“यतिबेला कुरा उठाउन पनि बडो गाह्रो छ” मानवाधिकारको क्षेत्रमा काम गर्ने कतिपयले जवाफ दिन्थे । अनि कसैले- “ल ल ढुक्क हुनुहोस् हामी खोजी गर्छौा” भनेर ढाडसदिन्थे । तिनका कुरा सुनेर मोतीमाया कहिले निराश हुन्थिन् भने कहिले आशावादी । पत्रपत्रिकामा पूर्णको खबर छापिादा “अब खोजी हुने भो” भनी उनको मन आशाले भरिन्थ्यो । आशा विपरीत त्यो खबर मात्र हुन्थ्यो र त्यसै हराउाथ्यो ।

“न समातेको भए यी पत्रिकाले किन लेखे ?” पूर्णलाई रिहाई गर्ने अपिल छापेको एउटा पत्रिका लिएर उनी एक दिन सैनिक ब्यारेकमा पुगेकी थिइन् ।

“मर्न मन छ कि क्या हो यस्तो अपराधी, आतङ्ककारी डााकाको खोजी गर्दै हिाड्ने ?” ब्यारेकमा एउटा सैनिक अधिकारीले उनलाई धम्क्यायो । छोराप्रतिको यस्तो लाञ्छनाले मोतीमायाको मन आक्रोशित भयो तर त्यसलाई उनले विष पिएझैा घुटुक्क निलेर भनिन्- आतङ्ककारी वा डााका केही होइन राजनीति गरेको हो उसले ”

“खोजी-खोजी कारबाही गर्नुपर्ने आफैा बेपत्ता भयो राम्रो भयो” ढुक्कका साथ सैनिक अधिकारीले भन्यो ।

“अर्कालाई त्यसै मार्न वा गायव बनाउन पाइन्छ र ? तपाईंहरू पनि सरकारी मान्छे ”

“लम्बा-चौडा कुरा गर्छे, यी बूढी पनि आतङ्ककारी जस्ती छे । ” नजिकैको अर्को सैनिकले टिप्पणी गर्‍यो ।

“यी बूढीलाई बाहिर निकाल …. । ” सैनिक अधिकारी जङ्गियो ।

“भो… भो बल गर्न पर्दैन, म आफैा निस्कन्छु” मोतीमाया उठिन् । ” उन्मत्त भएकाहरूले किन कुरा सुन्थे र ?” उनी निराश भइन् । आक्रोश र घृणाभावले छातीभित्र ठेलमठेल गर्न थाले तर त्यहाा उनले कुनै प्रतिक्रिया जनाउ सक्दैनथिन् ।

“सरकारले मेरो छोरो बेपत्ता बनायो, खोजी पाउा,” मोतीमायाले अदालतको ढोका घच्घच्याइन् । केही भइहाल्छ कि एउटा आशा अझै थियो तर केही भएन । सरकार, पुलिस र सेना सबैले नसमातेको जवाफ दिए । रिट त्यसै खारेज भयो ।

दोस्रोपटक युद्धविराम हुादा धेरै बन्दीहरू छुटे । पूर्ण छुटेन, न ऊ कतै भएको पत्तो लाग्यो । पर्खंदापर्खदै युद्धविराम भङ्ग भयो र फेरि लडाइा सुरु भयो । गिरˆतारी र हत्याका नयाा-नयाा प्रकरणहरू थपिादै गए । पूर्णको बेपत्ता सवाल फेरि ओझेलमा पर्दै गयो ।

थप दुई-तीन वर्ष बिते लडाइाका । फेरि युद्धविराम भयो र शान्ति सम्झौता भयो । लडाइा थामियो । पार्टी खुला भयो । बन्दीहरू छुट्न थाले । पूर्ण सार्वजनिक भएर छुट्ने कुरामा मोतीमाया आश्वस्त हुादै गइन् । ” अब त कसरी नछुट्ला ?” विश्वास अरू थपियो ।

“पूर्ण पक्का पनि जिउादै छ, खोजी नपुगेर हो । ” अर्को भेटमा मोतीमायाले भनेकी थिइन् ।

“कतै केही सुइाको पाउनु भयो र ?” अविश्वासपूर्वक मैले प्रश्न तेस्र्याएा ।

“खुट्टो भााच्चिएर ओखती गर्न काठमाडौा ल्याएका थिए रे । देख्ने मान्छेले भनेका । ” उनको भनाइमा कुनै सन्देह भाव थिएन । मानौा त्यही नै सत्य थियो । मातृ-विश्वासमाथि शङ्का गर्न मलाई गाह्रो पर्‍यो ।

“सााच्चै होला कि ?” मेरो मनभित्र खुल्दुलीको छाल उरालियो तर विस्तार भएर बाहिर आउन नपाउादै मोतीमायाले भनिहालिन्- “कुटेर पो खुट्टा भााचेका हुन् कि?” त्यसपछि उनले धेरै भन्न सकिनन् । आाखाबाट बररर्र आासु खसे

“कुटपिट र यातनाको कुरा छोड्नोस् । साससम्म राखेको भए ज्यानत बााच्थ्यो” कारुणिक वातावरण सहज बनाउन खोज्दै मैले भनेा । सेनाले देख्नेबित्तिकै गोली हान्थ्यो । त्यसले समातेर कोही बााच्यो भने आश्चर्य मान्नु पथ्र्यो ।

“हाम्रो पूर्ण छुट्ने दिन आउला त बाबु?” सारीको आाचलले आासु पुछ्दै विश्वास-अविश्वासको दोधारमा उभिएर मोतीमायाले लामो सास बाहिर निकालिन् ।

“आशा र भरोसा भन्दा हामीसाग अहिले केही छैन । ” मेरो निरीह जवाफ थियो ।

“पार्टीका मान्छे भेटघाट गर्न त आउाछन् होला नि ?” मैले यो असहज प्रसङ्गलाई अर्कोतिर मोड्ने प्रयास गरेा ।

“आउाछन् तर पैलापैला जस्तो किन हुन्थ्यो र ?Ã उनले अगाडि भन्न थालिन्- “महिना-महिना दिनसम्म भात पकाएर ख्वाएका कोही-कोही त आजकल यो बाटो हिाड्दा पनि पस्दैनन् । ”

त्यसपछि उनी एकाएक चुप भइन् र विगतमा र्फकन थालिन् । रात-दिन मान्छेहरू आइरहन्थे । पकाउन र ख्वाउन कहिल्यै खाली हुादैनथ्यो । कोही बिरामी आउाथे भने कोही घाइते । कति रमाइला थिए ती दिनहरू । पूर्ण घर आउादा घरको रोनकनै अर्कै हुन्थ्यो । अहिले अरू सबै छन् तर पनि उनको मन रित्तोरित्तो छ । उनका आाखाबाट भलभली बगेका आासु रोकिएका थिएनन् ।

“पूर्णकी दुलही सावित्रा नि ?” मैले थप प्रश्न गरेा ।

“आइरहन्छे, फुर्सद मिल्दासम्म । उसैले त मलाई ढाडस दिइरहन्छे” विगतबाट र्फकदै उनले जवाफ दिइन्

धेरै समयसम्म उनीसाग मेरो भेट भएन । म आफैा हराइरहेको थिएा । एक दिन पार्टी कार्यक्रममा उनसाग फेरि भेट भयो । त्यसबेला उनले निधार ढाकिने गरी सेतो पट्ट िबााधेकी थिइन् ।

“के भयो टाउकोमा ?”

“कुटे असतिहरूले”

“किन ”

“कि ज्यान देखा, कि चिहान देखा” भन्दै हामीले काठमाडौामा जुलुस प्रदर्शन गरेका थियौा । त्यही पुलिसहरूले कुटे नराम्रोसित । धेरै घाइते छन् । ” मोतीमायाले दर्दनाक कथा सुनाइन् । बल्ल मलाई स्मरण भयो सङ्घर्षको । आफन्तको खोजिका लागि बेपत्ताका परिवारजनहरूले धर्ना मात्र होइन, सैनिक मुख्यालय समेत घेराउ गरेका थिए । तिनीहरूको आवाजलाई कुल्चिइएको थियो ।

“ए Û हो तनि…. ” मैले यति मात्र भनेा ।

“हजारौा नागरिक बेपत्ता छन् । आन्दोलन पछिका सरकार र संसद् किन बोल्दैनन् ?” मोतीमायाले प्रश्न उठाइन् ।

“बोल्दै होलान् नि ”

“केही त हुनुपथ्र्यो ऐलेसम्म”

“बोलेर पनि केही नभएको पो हो कि ?”

“त्यसो भए संसद् र सरकारमा किन जाने ?”

“के गर्ने त नगएर ?”

“यत्रा वर्ष लडेर भयो भने, अब पनि आन्दोलन गर्ने नि । जितिएकै छैन भने किन जितियो भन्नु ?” यति भनेर मोतीमाया चुप लागिन् । यतिबेला उनका मुख मुद्रामा आक्रोश मडारिएको थियो ।

“त्यो त हो …. ” मैले केही बोल्नै थालेको थिएा उनले फेरि उछिनेर भनिन्” छ-छ वर्ष भइसक्यो बेपत्ता बनाएको । मरे/बााचेको एउटा निधो त दिनुपर्छ । ”

“यो सबै सेनाको करतुत हो । सरकारले भनेको पनि त्यसले टेर्दैन” उनीसित सहमत हुादै मैले भनेा ।

“त्यसो भए पूर्ण यसै गायब हुने भयो त ?” फेरि उनको मन कमलियो । आाखा सजल हुन थालिसके ।

“त्यसो होइन, विद्रोहले जितेपछि सबैको टुङ्गो लाग्छ । ” मेरो जवाफ थियो ।

“फेरि विद्रोह गर्लान् र ? अब चिल्ला कारमा हुइाकिन थालिसके । बिर्से अभागीहरूलाई । अब किन सम्झनुपर्‍यो र ?”

“विद्रोह अनिवार्य छ । यो समयको माग हो । कहाा के भएको छ र विद्रोह नहुने ? जहाासम्म बेपत्ताहरूलाई भुल्ने कुरा छ, कसैकसैले भुल्लान् तर सबैले बिर्सदैनन् । पार्टीले बिर्सदैन । “। मैले उनको निराशालाई चिर्ने प्रयास गरेा । पूर्ण छ भन्ने आधार पनि मसाग थिएन र छैन भन्ने आधार पनि थिएन । मोतीमायाका अनुहारभरि पीडाका धर्साहरू कोरिादै गए । ती कहिले कठोर हुन्थे र कहिले वर्षन्थे । सभा र जुलुसमा पूर्णलाई खोज्न उनका आाखा दौडिरन्थे र निराश-निराश भएर त्यसै फिर्ता हुन्थे । उनको छाती रित्तो-रित्तो थियो, कसैको मायाले पनि भरिादैनथ्यो । छ भनेर आशा मान्नु कि छैन भनेर बस्नु-एउटा पीडादायी प्रतीक्षामा थिइन् उनी । यो पीडालाई बुझ्नेले बुझ्थे र नबुझ्नेले बुझ्दैनथे, यसमा उनको त्यति गुनासो थिएन । “जुन भन्ने आˆनै नभएपछि…… । ” कहिलेकाहीा उनको मन उराठिन्थ्यो तर त्यो क्षणिक हुन्थ्यो । अनि फेरि मनको एउटा कुनाबाट आशा उम्रन्थ्यो ।

“कतै न कतै ऊ जिउादै छ, टुप्लुक्क आइपुग्छ एक न एक दिन… ” तिनले भन्थिन् ।

“दुनियााका छोराछोरीलाई हत्या र गायव बनाउने अपराधीहरूलाई सजाय गर्न सक्ने विद्रोह उठेदेखि त….” मोतीमायाको अनुहार उज्यालो र कठोर भयो र अनि तिनले भनिन्-

“कि मेरो पूर्ण चाहिन्छ, कि सबै अपराधीलाई बढार्ने विद्रोह”

-प्रतिमा मार्ग-८, पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *