Skip to content


चम्काउँ राष्ट्रलाई राम्रो गरेर कर्म
नेपाली जात हाम्रो हो राष्ट्रभक्ति धर्म
यो राष्ट्र टुक्रिने छ हामीहरू फुटेमा
नेपाल सप्रिने छ हामीहरू जुटेमा
कोही पहाडवासी कोही मधेसवासी
मङ्गोलमूल कोही या कोही आर्यजाति
हिन्दू र बौद्ध हौँ या इस्लाम वा इसाई
बिर्सेर भेदभाव जोगाऊँ राष्ट्रलाई
टेकी तराईमा नै उठ्छन् पहाड माथि
सिन्ची मधेसलाई उठ्छन् पहाड छाती
लालीगुराँस फुल्ने अग्ला पहाड हाम्रै
धनधान्य नित्य झुल्ने तराई-मधेसभित्र हाम्रै
भेटिन्छ स्वर्णदाना हाम्रा गरागरामा
पाइन्छ कल्पवृक्ष हाम्रो यसै धरामा
हामीहरू सबैमा सद्भाव फुल्नुपर्छ
यो उर्वरा धरामा धनधान्य झुल्नुपर्छ
बत्ती बनेर बल्ने जाँदैछ खेर पानी
त्यै पानीमा छ हाम्रो सम्पूर्ण जिन्दगानी
सञ्जीवनी नचिन्ने हामीहरू नि कस्ता
आँखा ठीकै भए नि दृष्टिविहीनजस्ता
आमा र बाबु दिदी/बहिनी र दाजु/भाइ
थालौं सिंगार्न हामी आजै यो राष्ट्रलाई
नेपाल राष्ट्र हाम्रो संसारमा छ राम्रो
कैल्यै पनि नहोस् है यस राष्ट्रमा नराम्रो ।

-बुटल बहुमुखी क्याम्पस, बुटवल

Leave a Reply

Your email address will not be published. Required fields are marked *