रहरले हैन बाध्यताले जिएँ
जिउनकै निमित्त पनि धेरै पिएँ
यो पिउनु जिउनको दोसाँधमा
आफूलाई नै रित्याइ दिएँ ।
प्यालामा मिसाई पिएँ, सम्झनाका तरेलीहरू
होसै भएन आँसुका भेलसँगै, भिजेका परेलीहरू
रहरले…………..
व्यर्थै भो सँगै बाँच्ने, सँगै मर्ने कसमहरू
क्षणभरमै चुँडिने विश्वास थिएन, वाचा बन्धनहरू
रहर……………
डोली चढ्दा कुल्चिगयौ, सुन्दर सपनाहरू
थाती नै रहिरहे ती बेदनाहरू
रहरले…………….
-भक्तपुर