प्रकृतिको यो जीवन
पराईको घर
पलमै हर्ने नियति
अरूको नगर्नु भर
तरल भइ बगिरहे
देवल धाम मृगसरी
मोहर बास्नाले भौतारिएर
छटपटिएर यो मन
नअटेर भित्र यो थप्तैमा
निमिषै नरहेर आँतैमा
धाइ रहेँ मूर्तिमा खोज्दै
अदृश्य ईश्वर त्यो
छ कता भन्दै
ललाटै सकेँ रगटेर मूर्तिमा
पूजा र पाठ अझ झनै पाएँ
बाहृय मान्छ लासै रहेछ
भित्रको मान्छे बासैमा रहेछ
ध्यानैले सम्झेर मैले
रहँदो पो रहेछ पवित्र दिलमा
मनैलाई रोजेर
त्यो भित्रको मान्छे
छमछम नाची हाँस्दो पो रहेछ
करुणाभरि मृदुलै दिल भरी
दिपज्योति झल्झली झल्काउँदै
प्रकृतिको यो जीवन
पराइको घर
पलमै हर्ने नियति
अरूको नगर्नु भर ।
-स्वामी ध्यान सर्वदानन्द, नैकाप